इटहरी डेस्क । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले राजनीतिमा गरेको दुःख र अटल यात्राले सम्भावनाका ढोका खुल्दै जाने बताएका छन् । आज (शनिबार) नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले राजनीति गरेपछि त्यसको मूल्य खोज्नु गलत हुने बताएका हुन् ।उनले निरन्तर उतारचढावबीच पनि अविरल यात्राले सम्भावनाको ढोका खुल्दै जाने बताए । उपसभापति गुरूङले त्यसो भन्दै गर्दा पार्टी सभापति शेरबहादुर देउवाको उदाहरण दिएका छन् । ‘हाम्रो सभापति ज्यू, पूर्व प्रधानमन्त्री ज्यू, यो राजनीतिक यात्राको क्रममा अविरल ढंगबाट यात्र गर्दा उहाँले खप
इटहरी डेस्क । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणका सम्बन्धमा आफूमाथि लागेको आरोप बारे दुई–चार दिनमा बोल्ने बताएका छन्। आज (शनिबार) धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँगको छलफलका क्रममा उनले यस प्रकरणबारे मुख खोलेका हुन्।एक कार्यकताले तपाई चक्रब्यूमा त फसेको होइन भनेर साधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले भने, ‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ। दुई–तीन दिन चुप लागेर बसेकाे थिए। यो कहाँबाट, कसरी, किन भइरहेछ भने खोजीराखेको थिएँ। यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेका छु। आजै काठमाडौं गइसकेपछि मेरो मन्त्रा
इटहरी डेस्क । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आदेश सुनाएको हो। मंगलबार र बिहीबार पनि बहस भएको थियो। तर नसकिएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको थियो। मंगलबार रविका कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरुको बहस बिहीबार पनि भएको थियो। बिहीबार रविका तर्फबाट बहस सकिएपछि छविका वकिलले बहस गरेका थिए।छविका वकिलको बहस सकिएपछि सरकारी वकिलले पनि बिहीबार नै बहस सकेका थिए। जाहेरवालाको तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र
इटहरी डेस्क । गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ। अधिवक्ता मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन्। रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने सर्वोच्च प्रवक्ता अच्युत कुइकेलले जनाएका छन्।भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरु नै मुछिएको भनेर अनुसन्धानको माग उठेपछि गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने दबाब बढीरहेको बेला रिट पेश भएको हो। भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका व्यक्तिहरु गृहमन्त्री लेखककै सचिवालयका सदस्यहरु स
इटह्ररी डेस्क । सत्तारुढ नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले आउँदो महाधिवेशनमा सभापतिमा उठ्ने बताएका छन् । उनलाई भेट्न निवासमा पुगेको नेपाल प्रजातन्त्र सेनानी संघको टोलीसँग उनले १५ औं महाधिवेशनमा सभापति उठ्ने भन्दै साथ दिनका लागि आग्रह गरेका हुन् ।भेटका क्रममा प्रजातन्त्र सेनानीहरूले अहिले पार्टी बिग्रिएको गुनासो गर्दै पार्टी बचाउनका लागि अब सभापतिमा अघि बढ्न उनीसँग आग्रह गरेका थिए । ‘१५ औं महाधिवेशनमा सभापति उठ्छु । तपाईंहरूको दरिलो साथ चाहियो,’ जवाफमा उनले भने ।भेटका क्रममा उनले प्रजातन्त्र सेनानीहरूले देशमा लोकतन्त्र ल्याउनलाई ठुलो योगदान नै नेपाल प्रजातन्त्र सेनानी संघ
इटहरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई 'सबैभन्दा बुद्धि नभएका डाक्टर' भनी आलोचना गरेका छन्।बुधबार रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा उनले बाबुरामविरुद्ध त्यस्तो कडा आलोचना गरेका हुन्। पत्रकारहरूले बाबुराम भट्टराईसँग पार्टी एकता सम्भव छ भने सोध्दा जवाफमा प्रचण्डले आक्रोशित हुँदै भने, ‘सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने?’ पार्टी एकता गर्ने भनेरै गत निर्वाचनमा आफू बाबुरामको निर्वाचन क्षेत्र गोरखाबाट उठेको तर पछि भट्टराईले कम्युनिस्ट नाम सुन्नै नचाहे
पथरी – मोरङ क्षेत्र नं. ३ का संघीय सांसद डा. सुनिल शर्मा र प्रदेश सांसद मानबहादुर लिम्बुको संयुक्त सम्पर्क कार्यालय पथरी शनिश्चरे-२ बुद्धचोकमा उद्घाटन गरिएको छ।सांसद शर्माले स्वास्थ्य बीमासम्बन्धी विधेयक संघीय संसदबाट पारित भएको जानकारी दिँदै यसले ऐतिहासिक लाभ पुग्ने बताए। उनले पथरी शनिश्चरेदेखि सलकपुरसम्म २ अर्बभन्दा बढी बजेट प्राप्त भई विकास योजनाहरू अघि बढिरहेको उल्लेख गरे। कार्यक्रममा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरूले गठबन्धनका प्रतिबद्धता पूरा गर्न सांसदहरूलाई शुभकामना दिए। नेपाल विद्यार्थी संघका नेताहरूले एसियन हाइवे सहरी मापदण्डअनुसार निर्माण गर्न माग गर्दै ज्ञा
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन १९–२१ गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ। बैठकमा 'जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान' को समीक्षा गरिनेछ। साथै, पालिका समितिका केन्द्रीय अभियन्ताहरूले आफ्नो कार्यक्षेत्रको प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन्। बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक कार्ययोजनाबारे पनि छलफल हुने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
विराटनगर – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधान संशोधन नेपाली कांग्रेस वा नेकपा (एमाले) को मात्रै एजेन्डा नभई राष्ट्रिय मुद्दा भएको बताएका छन्।नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन र नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले बिहीबार विराटनगरमा आयोजना गरेको "संविधान संशोधन: आवश्यकता र चुनौती" विषयक अन्तरक्रियामा बोल्दै उनले संविधान संशोधनको आवश्यकता, प्रक्रिया र चुनौतिबारे गम्भीर छलफल हुनुपर्ने बताए। संविधान संशोधन सबै नेपाली नागरिकको साझा विषय भएकाले यसलाई कुनै एक पार्टीको एजेन्डा बनाएर अघि बढ्न नसकिने उनको भनाइ थियो।संविधान संशोधनको बहस सबैको सहभागितामा हुनुपर्छसंविधान सं
दाङ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनताका समस्या बुझ्न गाउँ-गाउँ पुग्दै जनताले माओवादीप्रति सकारात्मक धारणा राखेको बताएका छन्। दाङको घोराहीमा आयोजित पत्रकार भेटमा प्रचण्डले सरकार आगामी चुनावसम्म टिकेमा माओवादीलाई फाइदा हुने र पार्टी एक्लैले चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरे। पार्टीभित्रका त्रुटि सच्याएर अघि बढ्ने उनको प्रतिबद्धता छ।