काठमाडौंः एघारौं महाधिवेशनमार्फत् नेकपा एमालेको नयाँ नेतृत्व चयन भएको छ । महाधिवेशनमार्फत् अध्यक्ष पदमा केपी शर्मा ओली प्यानलका अधिकांश उम्मेद्वार निर्वाचित भएका छन् ।

नवनिर्वाचित केन्द्रीय पदाधिकारीमा कोशी प्रदेशको वर्चस्व देखिएको छ । १९ पदाधिकारीमध्ये अध्यक्षसहित ५ जना प्रतिनिधि कोशी प्रदेशबाट निर्वाचित भएका छन् । मधेसबाट १ जना, बाग्मतीबाट ४ जना, गण्डकीबाट ३ जना, लुम्बिनीबाट ४ जना, कर्णालीबाट १ जना र सुदूर पश्चिमबाट १ जना निर्वाचित भएका छन् ।

यस्तो छ निर्वाचित पदाधिकारीको प्रदेशगत अवस्था
कोशी प्रदेश
१. केपी शर्मा ओली (अध्यक्ष)– झापा
२. योगेश भट्टराई (उपमहासचिव)– ताप्लेजुङ
३. शेरधन राई (सचिव)– भोजपुर
४. हिक्मतकुमार कार्की (सचिव)– झापा
५. भानुभक्त ढकाल (सचिव)– मोरङ

मधेस प्रदेश
१. रघुवीर महासेठ (उपमहासचिव)– धनुषा

बाग्मती प्रदेश
१. रामबहादुर थापा बादल (उपाध्यक्ष)– चितवन
२. रघुजी पन्त (उपाध्यक्ष)– काठमाडौं
३. महेश बस्नेत (सचिव)– भक्तपुर
४. राजन भट्टराई (सचिव)– काठमाडौं

गण्डकी प्रदेश
१.पृथ्वीसुब्बा गुरुङ (उपाध्यक्ष)– लमजुङ
२. पद्माकुमारी अर्याल (सचिव)– स्याङ्जा
३. खगराज अधिकारी (सचिव)– कास्की

लुम्बिनी प्रदेश
१. विष्णुप्रसाद पौडेल (उपाध्यक्ष)– रुपन्देही
२. गोकर्णराज विष्ट (उपाध्यक्ष)– गुल्मी
३. शंकर पोख्रेल (महासचिव)– दाङ
४. छविलाल विश्वकर्मा (सचिव)– रुपन्देही

कर्णाली प्रदेश
१. यामलाल कँडेल (सचिव)– सुर्खेत

सुदूर पश्चिम प्रदेश
१. लेखराज भट्ट (उपमहासचिव)– कैलाली