झापाको भद्रपुर नगरपालिका–३ स्थित देउनिया पुलमुनि मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार प्रदेश १–०१–०१३ प २५७९ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल अनियन्त्रित भई पुलबाट करिब ३० मिटर तल खसेको थियो। दुर्घटनापछि मोटरसाइकल चालक पुलमुनि घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए।
मृतक अन्दाजी ३५ देखि ४० वर्ष उमेरका पुरुष रहेको र पहाडे मूलका जस्तो देखिने प्रहरीले जनाएको छ। उनको नाम, थर र ठेगाना खुल्न सकेको छैन।


















