इनरुवाः देवानगञ्ज गाउँपालिका, सुनसरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त साझेदारीमा सञ्चालित कृषि सिँचाइका लागि विद्युतीकरण कार्यक्रमको उद्घाटन समारोह शुक्रबार देवानगञ्जमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा मन्तव्य राख्दै प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले कृषि सिँचाइका लागि विद्युत् उपलब्ध हुनु किसानको जीवनमा प्रत्यक्ष आर्थिक परिवर्तन ल्याउने आधार भएको उल्लेख गर्नुभयो ।
देवानगञ्ज गाउँपालिकाले स्थानीय किसानको सिँचाइ समस्या समाधान गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरी कार्यक्रम अघि बढाएकोमा गाउँपालिका अध्यक्ष बेचन मेहतासहित गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा नेपाल विद्युत् प्राधिकरणका पदाधिकारी र प्राविधिक टोलीलाई उहाँले धन्यवाद दिनुभएको थियो ।


















