सलकपुरः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आज सुन्दरहरैंचाका प्याब्सन आबद्ध विद्यालयबीच लोकनृत्य प्रतियोगिता गर्ने भएको छ ।
प्रतियोगिताको बारेमा जानकारी दिन आयोजकले हिजो साँझ पत्रकार सम्मेलन गरेर जनाएअनुसार प्रतियोगितामा १२ विद्यालयका २३ टिम सहभागी छन् । जुनियरतर्फ १२ र सिनियरतर्फ ११ टिम रहेको प्याब्सनका नगर अध्यक्ष दीपक केसीले जानकारी दिनुभयो ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालय (प्रत्येक ४ विद्यालयबराबर १ विद्यालय) जिल्लास्तरीय प्रतियोगिताका लागि छनोट हुने आयोजकले जनाएको छ ।


















