काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ ।

 नारायणदत्त पौडेलको मानव स्रोत विभागमा सरुवा गरिएको छ । यसअघि उनी कार्य विभागमा थिए ।

मानव स्रोतमा रहेका वंशी दाहालको सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।

सीमा सुरक्षामा रहेका गणेश ठाडामगरको कार्य विभागमा सरुवा गरिएको छ ।