श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति (राजकुमार तामाङ लामा) पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोले धनकुटा घर भई कपन बस्ने ५० वर्षीय राजकुमार तामाङ लामालाई पक्राउ गरेको हो ।

उनका अनुसार लामाका तीन वटा उपनाम छन्। उनी कुमार, विश्वक्रान्ति र देवराज लामाका उपनामबाट चिनिन्छन्।

उनी हालै धरान उपमहानगरका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा उपाध्यक्ष भएका  छन् ।