काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले किसानका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । बैठकमा विभिन्न दलका सांसदहरूले समयमा भुक्तानी नपाउनु, मल नपाउने तथा अनुदान कटौती, उत्पादन भएका वस्तुले उचित बजार नपाउनुलगायत समस्याले किसानलाई निराशा बढाएको भन्दै समाधान गर्न सरकारलाई आग्रह गरेका हुन् ।सांसद रामप्रकाश चौधरीले सङ्घ तथा प्रदेशले मधेसलाई विपद् सङ्कटग्रस्त क्षेत्र र प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरे पनि जनताले केही पाउन नसकेका भन्दै आपत्ति जनाए । “मधेसका जिल्लाहरूमा यस वर्ष पर्याप्त मात्रामा वर्षा हुन नसक्दा धान उत्पादनसमेत घट्ने देखिन्छ । किसानले ट्युबवेल प्रयोग गर्दा व
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले अविरल वर्षाका कारण जाजरकोटमा भएको पहिरोबाट प्रभावितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै सांसद शर्माले गत भदौ १५ गते अविरल वर्षाका कारण जाजरकोटको छेडागाड नगरपालिका–१ स्थित पहिरो गई प्रभावित भएका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सभाअध्यक्षमार्फत सरकारसँग माग गरे । सांसद शर्माले कर्णाली राजमार्गको जुम्ला–सुर्खेत खण्डको गगनेखोलामा गएको पहिरोका कारण जुम्लाको स्याउ बोकेका २० ट्रक बाटोमै थन्किएका भन्दै तत्काल सडक खुलाउनसमेत ध्यानार्कषण
काठमाडौँ । नेपाल बार एसोसिएसन र गैरसरकारी संस्था (गैसस) महासङ्घका साथै नागरिक समाजका प्रतिनिधिहरूले सरकारले तयार गरेको सङ्घ संस्थासम्बन्धी विधेयक, २०८२ को मस्यौदा सच्याउन माग गरेका छन् । नेपाल बार र गैसस महासङ्घले संयुक्त रूपमा शुक्रबार राजधानीमा आयोजना गरेको छलफलका वक्ताहरूले सो विधेयकको मस्यौदाले नागरिक सङ्घ संस्थाको अधिकार हनन गर्ने भएकाले यसका कमजोरी सच्याएर मात्रै अघि बढाउनुपर्नेमा जोड दिएका हुन् । सरकारले हालै राष्ट्रिय निर्देशन ऐन, २०१८, सङ्घ संस्था ऐन, २०३४, र समाज कल्याण ऐन, २०४९ लाई एकीकृत गरी सङ्घ संस्था दर्ता नियमन तथा व्यवस्थापनसम्बन्धी कानुनल
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश तथ्याङ्कसम्बन्धी व्यवस्थित गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले ‘विधेयक पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो ।यसअघि विधेयकको दफावार छलफलमा कोशी प्रदेशसभा सदस्य निरन राई, कमला दर्नाल र छविलाल चुँडालले धारणा राख्नुभएको थियो । विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुभएका सदस्य रमेशकुमार बस्नेतले प्रस्ताव फिर्ता लिनुभएको थियो ।मन्त्री मगरले सरकारले बनाउने योजना, नीति, नियम एवं कानुनलाई कार्यान्वयन तहस
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्रबहादुर शाहीले उखु किसानको पैसा दिन सरकारलाई आग्रह गरेका छन् ।आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रश्न गरे, ‘उखु किसानको पैसा दिन सक्दैन भने यो सरकार कसरी दुई तिहाइ ?’ उखु किसान भुक्तानी मागेर काठमाडौंको माइतीघरमा प्रदर्शनमा छन् । नेताहरू माइतीघर जाने गरेको तर, उनीहरूलाई पैसा दिन सरकारलाई दबाव दिनेमा कमैको मात्र ध्यान पुगेको उनले बताएका छन्।
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सीमा विवादबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाहरुले लिपुलेक मार्ग प्रयोग गर्न भारत र चीनबीच भएको सम्झौता गलत रहेको उल्लेख गर्दै यस विषयमा कूटनीतिक संवाद गर्न सरकारसँग आग्रह गर्नुभयो ।शून्य समयमा आफ्ना धारणा राख्दै सांसदहरुले एक हप्तादेखि आन्दोलनरत उखु किसानहरुको माग जायज रहेको र सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । उहाँहरुले आन्दोलनरत उखु किसानहरुले पाउँदै आएको अनुदान र बाँकी बक्यौता रकम तत्काल भुक्तानी गर्न शीघ्र पहल गर्नुपर्नेमा जोड दिनुभयो । सांसद महिन्द्रकुमार रायले किसानको जायज माग सम्बोधन गर्न र बाँकी बक्यौता रकम द
इटहरी । आजदेखि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालयलाई विधिवत् रुपमा सञ्चालनमा हुने भएको छ । काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा स्थापित सम्पर्क कार्यालय भण्डारीले सम्पर्क कार्यालय आज उदघाटन गर्दैछिन् ।‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयको रुपमा प्रयोग हुने भण्डारीले आफ्नो सम्पर्क कार्यालयको रुपमा उपयोग गर्नेछिन् ।छोरी उषाकिरण भण्डारी अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको हीरक जन्म जयन्ती मनाउन भन्दै डोरमणि पौडेलको संयोजकत्वमा ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’बनाएको छ । मूल व्यवस्थापन समितिकी सं
इटहरी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेताबाट गंगाराम चौधरीलाई बर्खास्त गरेकी छन्। उनले चौधरीलाई बर्खास्त गरेको जानकारीसहितको पत्र संघीय संसद् सचिवालयमा पठाएकी छन्। श्रेष्ठले सभामुख देवराज घिमिरेलाई जानकारी गराउँदै पठाएको पत्रमा दलको नेता हेरफेरबारे जानकारी गराएकी छन्। 'यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनु भएका गंगाराम चौधरीलाई पार्टीको हितविपरीत कार्य गरे उपर पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएकोमा तथ्यपरक एवम् सन्तोषजनक जवाफ प्राप्त नभएको हुदा निज गंगाराम चौधरी पार्टीको केन्द्रीय कार्यसमिति पदाधि
इटहरी । सत्ता साझेदार दुई दलका सांसदहरूलाई आज (मंगलबार) अकस्मात सिंहदरबार बोलाइएको छ । सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका सांसदलाई संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको छ ।दोस्रो ठूलो तथा सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) का सांसदलाई पनि मंगलबारै सिंहदरबारमा बोलाइएको छ । उनीहरूलाई पनि संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको हो । दुवै दलका सांसदले आफूहरूलाई सिंहदरबारमा बोलाइएको बताएका छन् । यसबारे विस्तृत जानकारी गराइएको छैन । दुवै दलका कार्यालयबाट कारण नखुलाई दुई–तीन घण्टाभित्र संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्देशनसहित फोन गरिएको हो ।कांग्रेस र एमालेका सांसदले आफूहरूला
इटहरी डेस्क । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रस्तुत गरेका सकारात्मक तथ्याङ्कहरू अघिल्लो सरकारले गरेको कामको परिणाम भएको दावी गरेका छन् ।आज (बिहीबार) को संसद् बैठकमा बोल्दै पुनले यस्तो बताएका हुन् । ‘जनताको स्वास्थ्यलाई बिचौलिया र दुई दलको भागबण्डाको बन्दकी बनाएर तपाईंले प्रस्तुत गर्ने तथ्याङ्कले के अर्थ राख्छ ? तपाईंले बिर्सिनु भएको छ, तपाईंले प्रस्तुत गरेका तथ्याङ्कहरू अघिल्लो सरकारले नै अघि सारेका कार्यक्रम र बजेटका प्रतिफलहरू हुन्,’ उनले भने ।उनले प्रधानमन्त्रीको भाषण सुन्दा देशमा कुनै समस्या नै छ