इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्य टुटेपछि उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक बसेको छ।त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले यसअघि पार्टी संरक्षक रहेका घिसिङलाई अध्यक्षमा नियुक्त गर्ने औपचारिक निर्णय गरेको छ।

उक्त निर्णयपछि उज्यालो नेपालको केन्द्रीय समितिको बैठकको अध्यक्षता घिसिङले गरेका छन्। बैठक अहिले पनि जारी छ।बैठक सकिएपछि उनलाई पत्रकार सम्मेलनमार्फत औपचारिक रुपमा पार्टी अध्यक्ष घोषणा गरिँदै छ।