राजनीति

    Showing ७१-८० of ८५४ items.
  • कोशीमा कांग्रेसका मन्त्रीले दिए मुख्यमन्त्री कार्कीसमक्ष सामुहिक राजीनामा

    विराटनगरः कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामुहिक राजीनामा दिएका छन् ।राजीनामा बुझाउनेमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वा रहेका छन् ।यससँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारको आगामी स्वरूप र नयाँ राजनीतिक समीकरणबारे चासो बढेको छ । राजीनामापछि मुख्यमन्त्री कार्कीले सरकार पुनर्गठन तथा आगामी राजनीतिक सहकार्यबारे आवश्यक निर्णय लिने

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २४७ पटक पढिएको
  • सुन्दरहरैंचाको प्रशासकीय भवन केन्द्र सार्न प्रदेश सरकारले दियो स्वीकृति

    इटहरी ।  शुक्रबार बसेको कोशी प्रदेश मन्त्रीपरिषदको बैठकले मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवनको केन्द्र सार्न स्वीकृति प्रदान गरेको छ ।‘सुन्दरहरैँचा नगरपालिका मोरङको हाल रहेको केन्द्र १२ नम्बर वडामा छ । त्यसलाई ८ नम्बर वडामा लैजाने नगरपालिकाको सभाको सिफारिशलाई स्वीकृत गर्ने निर्णय भएको छ । साविक मृगौलिया ९ र हालको सुन्दरहरैंचा ८ मा प्रशासकीय भवनको केन्द्र बनाउन सहमति दिइएको कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः साउन २३, २०८३
    • १३१ पटक पढिएको
  • दुर्गा प्रसाईँ र धवल शमसेरले खोले नयाँ पार्टी, साउन २८ गते दर्ता गर्ने

    काठमाडौंः राप्रपा छोडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डा. धवल शमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गरेका छन् ।उनीहरूले पार्टीको नाम जय नेपाल पार्टी तय गरेका छन् । पार्टीको सभापति धवल शमशेर जबरा र सर्वोच्च नेता दुर्गा प्रसाईं रहने भएका छन् ।दल दर्ताका लागि उनीहरू साउन २८ गते निर्वाचन आयोग जाने बताइएको छ ।चुनाव चिह्नबारे भने विभिन्न विकल्पमा छलफल भइरहेकोले टुंगिन बाँकी रहेको बताइएको छ ।राणाले जेठ १७ गते राप्रपा परित्याग गरेका थिए । उनले राप्रपाका विभिन्न तहका १८५ जना नेताहरूलाई पनि सँगै लगेका छन् ।राणालाई नयाँ पार्टी खोल्न मेडिकल व्यवसायी तथा केही वर्षदेखि राष्ट्र, राष्ट्रियता

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २३७ पटक पढिएको
  • आजको मन्त्रिपरिषद् बैठकका यी हुन् ७ निर्णय

    काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ निर्णय गरेको छ । यस्ता छन् ती निर्णयहरु तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति गर्ने ।नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने।पशु बधशाला र मासु जाँच ऐन, २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने।बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।विश्वविद्यालय अनुदान आयोगमा रिक्त र

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २५९ पटक पढिएको
  • नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन

    काठमाडौंः जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ ।श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।त्यसपछि शवयात्रा सहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने बताइएको छ ।यही साउन ७ गते नेता श्रेष्ठलाई नेपाली कांग्रेस सभापति गगन थापाले पार्टीको वरिष्ठ नेता मनोनित गरिएको घोषणा गर्नुभएको थियो ।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २३२ पटक पढिएको
  • बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा

    इटहरी ।  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मंगलबार राजीनामा बुझाउँदै एमालेले सरकारलाई दिएको समर्थन पनि औपचारिक रूपमा फिर्ता लिएको छ ।एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत् संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पार्टीको निर्णय तथा विकसित राजनीतिक परिस्थितिका आधारमा सरकारमा सहभागी सबै मन्त्रीले तत्काल प्रभावबाट राजीनामा दिएको जानकारी गराएका छन् । पत्रमा राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन आग्रह गर

    • प्रकाशित मितिः साउन ६, २०८३
    • २५० पटक पढिएको
  • धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता

    जनकपुरः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न जनकपुरधामको जानकी मन्दिरमा पुगेका नेता तथा कार्यकर्तालाई हिन्दू सम्राट सेनाले लखेटेका छन् । साम्पाङको विगतको गाईसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै उनलाई जनकपुरमा प्रवेश निषेध गर्ने चेतावनी दिइएको छ ।घटनापछि श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा घटनाको निन्दा गर्दै गृहमन्त्रीको फोन अफ भएको गुनासो गर्दै कार्यकर्तालाई संयमित हुन आग्रह गर्नुभएको छ ।साम्पाङ आज जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने र जनकपुरमा श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेशको कार्यक्रम रहेको थियो ।हर्क साम्पाङले फेसबुकमा ‘गाई

    • प्रकाशित मितिः साउन ५, २०८३
    • १७६ पटक पढिएको
  • साउन १४ सम्म प्रतिनिधिसभा बैठक स्थगित, सांसदहरूलाई सभामुखले गरे यस्तो आग्रह

    इटहरी ।  प्रतिनिधिसभा बैठक साउन १४ सम्मका लागि स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकको अन्तिममा सभामुख डिपी अर्यालले बैठक साउन १४ गतेसम्म स्थगित भएको बताउनुभएको हो ।संसदीय बैठकको यो विश्रामलाई जनतासँगको विमर्शमा रूपान्तरण गर्न सभामुख अर्यालले सांसदहरूलाई आग्रह गर्नुभएको छ ।यस्तो छ बैठकमा सभामुख अर्यालले गरेको सम्बोधनको पूर्ण पाठःमाननीय सदस्यहरू,प्रतिनिधिसभा, २०८२ को दोस्रो अधिवेशनमा हामीले केही महत्त्वपूर्ण विधेयकहरू पारित गरेका छौं । यही चालु अधिवेशनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सहित विनियोजन विधेयक २०८३, आर्थिक विधेयक २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ समेत

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १९९ पटक पढिएको
  • अर्जेन्टिनालाई फिफाले कारबाही गर्ने जोखिम बढेको बीबीसीको दाबी

    इटहरी ।  आज बिहान एटलान्टा स्टेडियममा इंग्ल्याण्डलाई २–० गोलले पराजित गरेपछि अर्जेन्टिनाले गरेको क्रियाकलापका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनको कारबाही गर्ने जोखिम बढेको बीबीसी स्पोट्र्सले लेखेको छ ।अर्जेन्टिनी खेलाडीहरूले फकल्याण्ड टापु आफ्नो देशको रहेको दाबी गरिएको नारा उल्लखित ब्यानर प्रदर्शन गरेका थिए । अर्जेन्टिनाले सो टापुलाई माल्भिनास भन्छ । टापुमाथिको दाबीलाई समर्थन गर्दै ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ अर्थात् माल्भिनास अर्जेन्टिनाकै हो लेखिएको ब्यानर प्रदर्शन गरेपछि विवाद चुलिएको हो ।खेलाडीहरूले मैदानमै उक्त राजनीतिक सन्देशसहितको ब्यानर बोकेर उत्सव मनाएका थिए । फकल्याण

    • प्रकाशित मितिः असार ३२, २०८३
    • २०६ पटक पढिएको
  • फिल्डमा दशकौंदेखि वन नभएका क्षेत्रलाई वनक्षेत्रको परिभाषाबाट हटाइयोस्ः सांसद गणेश कार्की

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले कतिपय वन नभएका क्षेत्रलाई समेत वनक्षेत्रका रूपमा परिभाषित गरिँदा जनताले दुःख पाइरहेको उल्लेख गर्दै त्यसमा संशोधनको माग गर्नुभएको छ ।बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै फिल्डमा दशकौंदेखि वन नभएका कतिपय भूभागलाई कागजमा वनक्षेत्रका रूपमा परिभाषित गरिएको भन्दै केही क्षेत्रमा यस्तो समस्या रहेको उहाँले बताउनुभयो ।‘मोरङ–३ को कानेपोखरी बजार स्थापना भएको ६० वर्ष पूरा भयो । आजसम्म त्यो बजार कागजी रूपमा वनक्षेत्रमा पर्छ । १९८३ असार १५ गते दही चिउरा खाएर शुरू भएको बयरवन बजार आज ठ्याक्कै १०० वर्ष १० दिनको भयो । त्यहाँ पनि भूमिको समस्या

    • प्रकाशित मितिः असार २६, २०८३
    • १७३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल