राजनीति

    Showing ६०१-६१० of ७८० items.
  • केराबारीका पूर्व वडाध्यक्ष तथा एमाले नेता जङ्गराज खवासको निधन

    केराबारीः मोरङको केराबारी गाउँपालिका वडा नम्बर १० का पूर्व वडाध्यक्ष तथा नेकपा एमाले मोरङ जिल्ला कमिटीका निवर्तमान सदस्य जङ्गराज खवासको असामयिक निधन भएको छ ।वामपन्थी आन्दोलनका पुराना होनाहार र सक्रिय नेताको रूपमा परिचित खवासको निधनले गाउँ, समाज र पार्टी परिवारमा शोक छाएको छ । पार्टीका नेताहरूले स्वर्गीय खवासलाई निष्ठावान, इमानदार र जनपक्षीय नेताको रूपमा स्मरण गरेका छन् ।वडाध्यक्ष रहँदा उहाँले स्थानीय विकास, पूर्वाधार निर्माण र जनजीवनका विषयमा उल्लेखनीय योगदान दिएका थिए । 

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • २५७ पटक पढिएको
  • मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा

    काठमाडौंः मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । व्यवस्था परिवर्तनको माग राख्दै देशव्यापी आन्दोलन गर्न लागिएको उनले बताए ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँले आन्दोलनमा कुनै पनि प्रकारको तोडफाड, आगजनी तथा अराजकता नहुने दाबी गरेका छन् । दिल्लीमा भएको १२ बुँदे सहमतिपश्चात देशमा राजसंस्था र हिन्दू राज्यको अन्त्य भएको र एनजीओ र आईएनजीओका सरकारहरू चलेको आरोप उनको छ ।विदेश गएकाको फिर्ती र धर्म जोगाउने उद्देश्यस्वरुप आन्दोलन गर्न लागिएको उनले स्पष्ट पारे । उनले आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • २४९ पटक पढिएको
  • असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता - मुख्यमन्त्री कँडेल

    कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ ।अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा र परिवर्तनको नेतृत्व नेकपा (एमाले) ले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आजको अवस्था सामान्य छैन । संविधानमाथि आक्रमण भइरहेको छ । यसको बचाउ र देशको स्थायित्वको जिम्मा एमालेले लिनुपर्छ ।” उहाँले पार्टी केन्द्रको निर्देशन पर्खिनु नपर्ने बताउँदै सिर्जनात्मकरुपमा जनताबीच पुग्न ने

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ३६७ पटक पढिएको
  • प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखको बैठक

    काठमाडौँ । मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू हुनुहुन्थ्यो । बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे जानकारी दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भन्नुभयो, “सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेका जानकारी प्राप्त भएको छ । आफ्ना राजनीतिक माग जिम्मेवार ढङ्गले राख्न सबै स्

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • २७८ पटक पढिएको
  • निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

    काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ । सामान्यतः आयोगमा दल दर्ताका लागि जहिले पनि निवेदन दिन सकिने भए पनि जेनजी आन्दोलनपश्चात नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको परिवेशमा युवा पुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ । आयोगले प्रक्रिया पुग्नेहरुलाई आवेदन स्वीकृत हुने आयोगका प्रवक्ता नारायणप्रसाद

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ३१५ पटक पढिएको
  • प्रधानमन्त्री कार्कीद्वारा सात राजनीतिक दललाई निर्वाचनमा छलफल गर्न वोलावट

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सात राजनीतिक दललाई आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न आमन्त्रण गर्नुभएको छ ।प्रधानमन्त्री कार्कीले यही कात्तिक ४ गते साँझ ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचनका सम्बन्धमा छलफल गर्न दलहरुलाई पत्र पठाउनुभएको उहाँका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो ।छलफलका लागि तत्कालीन संसद्मा मान्यता प्राप्त सात राजनीतिक दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन आग्रह गरिएको छ ।छलफलमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, र

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • ४४१ पटक पढिएको
  • प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने

    काठमाडौँ । ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ ।     नयाँ बानेश्वरमा आज पत्रकार सम्मेलनमार्फत आफ्ना ‘एजेण्डा’ सार्वजनिक गर्दै ‘जेनजी’ पुस्तालाई गोलबन्द गर्न राजनीतिक दल गठन गरे पनि प्रत्यक्ष कार्यकारी शासकीय स्वरुप र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था हुने पर्ने आफ्नो ‘बटमलाइन’ पूरा नभएसम्म चुनावमा सहभागी नहुने बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरीय छानबिन समिति गठन र आर्थिक रुपान्तरणको स्पष्ट नीति अख्तियार गरिनुपर्नेमा जोड दिनुभयो ।     ‘जेनजी’ प

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • ३३३ पटक पढिएको
  • ओलीलाई उषाकिरणले भनिन् : एकजनाको महत्वाकांक्षा पूरा गर्न पार्टीको प्रगति रोक्न पाइँदैन

    इटहरी । नेकपा (एमाले) का केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । ललितपुरमा जारी नेकपा एमालेको १०औँ केन्द्रीय कमिटीका बैठकमा धारणा राख्दै उनले अहिलेकै नेतृत्व लिएर चुनाव वा आन्दोलनमा जान नसकिने बताएकी छन् ।बैठकको तेस्रो दिन शुक्रबार दशबुँदे सुझाव र प्रश्न प्रस्तुत गर्दै उनले जेनजी आन्दोलनको एउटा मुख्य माग पार्टीहरूको पुनर्गठन पनि भएकाले एमालेमा नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गरेकी हुन्।‘हरेक समयमा देशको एउटा कार्यभार हुन्छ। आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन हो। त्यसका लागि एमालेको पुनर्गठन महत्त्वपूर्ण छ। कांग्रेसमा त्यो सुर

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ३९२ पटक पढिएको
  • ओलीप्रति प्रचण्डको टिप्पणी : उनकै कारण यत्रो विध्वंस भयो, रतिभर पश्चाताप छैन

    इटहरी डेस्क । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण भदौ २३ गतेको नरसंहार र २४ गतेको विध्वंस भएको बताएका छन् ।चितवनमा आयोजित एक कार्यक्रममा उनले यति ठूलो जनधनको क्षति हुँदासमेत ओलीले पश्चातापसमेत नगरेको बताए ।अरुतिर दोष देखाउने ओलीको प्रवृति घातक भएको प्रचण्डको टिप्पणी छ ।‘यत्रो विध्वंस भयो । उनकै नालायकीका कारणले यति ठूलो जनधनको क्षति भयो तर रतिभर पनि पश्चाताप छैन । आत्माआलोचना छैन । आत्मसमीक्षा छैन’ प्रचण्डले प्रश्न गरे, ‘मैले त केही गरेकै थिइनँ भनेर अन्यत्र दोष देखाउने ?’जेनजी आन्दोलन हुनुपूर्व नै सरकारलाई बारम्बार खबरदारी गरे

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ४०७ पटक पढिएको
  • देउवाले सभापतिको कार्यकारी भूमिका त्यागेपछि पहिलो कांग्रेस बैठक आज

    इटहरी डेस्क । सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका त्याग्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि पहिलोपटक आज नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै छ। यसअघि मंगलबार सभापति देउवाको अध्यक्षतामा सुरु केन्द्रीय समिति बैठकलाई नै आज निरन्तरता दिन लागिएको हो। तर आजदेखि बैठकको अध्यक्षता कार्यवाहक सभापति खड्काले गर्नेछन्। बैठक ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सुरु हुने नेताहरूले बताएका छन्। खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि बुधबार एक दिन स्थगन गरिएको कांग्रेस केन्द्रीय समितिको बैठकलाई आजदेखि पुन: निरन्तरता दिन

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ४४० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल