इटहरी । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम भएको छ।काठमाडौंमा तीन दिनदेखि जारी विधान महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्दा ४६ सय ३८ जना प्रतिनिधि कायम भएका हुन्। निर्वाचन समितिका अनुसार चौधौँ महाधिवेशनयता देशभरबाट ६१ जना महाधिवेशन प्रतिनिधिले पार्टी छाडेर अन्यत्र गएका छन् ।

यसअवधिमा ४४ जना महाधिवेशन प्रतिनिधिको निधन भएको निर्वाचन समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । पार्टी छाडेका र मृत्यु भएका घटाउँदा अब कांग्रेसका महाधिवेशन प्रतिनिधि ४६ सय ३८ कायम भएका हुन् ।