खेलकुद

    Showing २१-३० of ५६० items.
  • ७९ औँ मिनेटसम्म २ गोलले पछि परेको अर्जेन्टिना ११ मिनेटमा ३ गोल गर्दै पुग्यो क्वार्टरफाइनलमा

    इटहरी ।  खेलको ७९ औँ मिनेटसम्म २ गोलले पछि परेको अर्जेन्टिना त्यसपछिको ११ मिनेटमा ३ गोल गरी इजिप्टलाई ३–२ गोलले पछि पार्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा ७९ मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल फर्काएको हो । खेलको ७९ मिनेटमा कप्तान लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरोले हेडर गोल गरेका थिए ।त्यसको ५ मिनेटपछि मेसीले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काएका थिए । मध्यान्तरपछिको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जीत दिलाएका हुन् ।इजिप्टले खेलको १५ औं मिनेटमा नै

    • प्रकाशित मितिः असार २४, २०८३
    • ७४ पटक पढिएको
  • सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम पुग्यो क्वार्टरफाइनलमा

    इटहरी ।  फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा पुगेको छ ।बेल्जियको जीतमा चाल्र्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले एकएक गोल गरेका थिए ।खेलको नवौं मिनेटमा चाल्र्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३१ औं मिनेटमा मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै अमेरिकालाई बराबरीमा फर्काएका थिए ।पुनः दुई मिनेटमै बेल्जियमका केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए । खेलको ५७ औं मिनेटमा भानकेनले तेस्रो गोल गरेका थिए

    • प्रकाशित मितिः असार २३, २०८३
    • १०३ पटक पढिएको
  • पोर्चुगललाई हराउँदै १६ वर्षपछि स्पेन विश्कप फुटबलको क्वार्टरफाइनलमा

    इटहरी । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।मध्यान्तरपछिको अतिरिक्त समयको पहिलो मिनेटमा स्पेनका मिकेल मेरिनोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो हारसँगै पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको छ ।यसअघि सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो । स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २०१० मा विश्व च्याम्पियन बनेको स्पेन त्यसयता क्वार्टरफाइनलमा पुग्न सकेको थिएन ।सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ को विश्वक

    • प्रकाशित मितिः असार २३, २०८३
    • १४३ पटक पढिएको
  • आयोजक मेक्सिको बाहिरियो विश्वकपको उपाधि होडबाट, १० खेलाडीमा सीमित हुँदा पनि इंग्ल्यान्ड पुग्यो क्वाटरफाइनलमा

    इटहरी ।  विश्वकप फुटबल २०२६ मा राउण्ड अफ ३२ सम्म कुनै गोल नखाएको आयोजक मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक राष्ट्र बनेको बनेको छ ।१० खेलाडीमा समेटिएको इंग्ल्यान्ड सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग प्रतिष्पर्धा गर्नेछ ।मेक्सिकोको अज्टेका स्टेडियममा आज बिहान सम्पन्न खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरेका थिए ।मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले १–१ गोल गरेका थिए ।आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिइसकेको छ ।

    • प्रकाशित मितिः असार २२, २०८३
    • १२७ पटक पढिएको
  • पाँच पटकको विजेता ब्राजिललाई पराजित गर्दै नर्वे पहिलो पटक क्वार्टरफाइनलमा

    इटहरी ।  पाँच पटक विश्वकप फुटबल जितिसकेको ब्राजिललाई पराजित गर्र्दै एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनसँगै नर्वे क्वार्टरफाइनलमा पुगेको छ ।नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गरेको हो । खेलको ८० औं मिनेटमा आन्द्रेयास स्केल्डेरुपको सटीक क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै नर्वेका हालाण्डले आफ्नो टिमलाई १–० को अग्रता दिलाए ।खेलको ९० औँ मिनेटमा हालान्डले थप गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाए । योसँगै हालान्डले यस विश्वकपमा आफ्नो गोल संख्या सात पुर्याएर सर्वाधिक गोलकर्तामध्ये एक बनेका छन् । अर्जेन्टिनाका लिओनल मेसी र फ्रान्सका केलियन एमबाप्पेले पनि जारी विश्वकपमा सम

    • प्रकाशित मितिः असार २२, २०८३
    • १२३ पटक पढिएको
  • पाराग्वेलाई हराउँदै साबिक उपविजेता फ्रान्स पुग्यो क्वार्टरफाइनलमा

    विराटचोकः अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले क्वार्टरफाइनलमा स्थान सुरक्षित बनााएको छ ।कप्तान किलियन एम्बाप्पेले खेलको ७० औं मिनेटमा गरेको एक मात्र गोल नै खेलको निर्णायक गोल बनेको थियो । एम्बाप्पेले पेनाल्टीमार्फत् गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । डिजायर डुएलाई पाराग्वेका खेलाडीले पेनाल्टी बक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।जारी विश्वकपमा एम्बाप्पेको सातौं गोल हो । उनी अर्जेन्टिनाका लियोनल मेसीसँगै जारी विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा शीर्ष स्थानमा छन् । एम्बाप्पे मेसीको विश्वकपको सर्वकालीन २० गोलको

    • प्रकाशित मितिः असार २१, २०८३
    • १२६ पटक पढिएको
  • सहआयोजक क्यानडालाई हराउँदै मोरक्को पुग्यो क्वार्टरफाइनलमा

    इटहरी ।  अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा प्रतियोगिताको सहआयोजक क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।मोरक्कोको जीतमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । खेलको ५० औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए । कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गरेका थिए ।खेलको ८२ औं मिनेटमा ओउनाहीले अर्काे गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाएका थिए ।मध्यान्तरपछिको अतिरिक्त समयको अन्तिम मिनेटमा रहिमीले अर्काे गोल गर्दै मोरक्कोलाई ३–० को सहज जीतमा पुर्याएका हुन् ।सातौंपटक विश्वकप खेलिरहेको मोरक्को दोस

    • प्रकाशित मितिः असार २१, २०८३
    • १५९ पटक पढिएको
  • विश्वकपमा अब बाँकी १६ टोली, शुरु भो प्रि–क्वाटरफाइनलको रोमाञ्च

    इटहरी ।  फिफा विश्वकप २०२६ को प्रि–क्वाटरफाइनल (राउन्ड अफ १६) को समीकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सम्पन्न भएसँगै विश्वकप उपाधि दौडमा अब १६ टोली मात्र बाँकी रहेका छन् ।राउन्ड अफ ३२ मा केही ठूला टोली अप्रत्याशित रूपमा बाहिरिएका छन् । चार पटकको विश्वविजेता जर्मनी, गत विश्वकपमा तेस्रो बनेको क्रोएसिया, दाबेदार नेदरल्यान्ड्स, एशियाली शक्ति जापान तथा अफ्रिकाको बलियो टोली सेनेगल अन्तिम १६ मा पुग्न असफल भए ।साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, गत संस्करणमा चौथो बनेको मोरक्को, युरोपेली महारथी स्पेन, इंग्ल्यान्ड, बेल्जियम, ब्राजिल, पोर्चुगल, अमेरिका लगायतका टोलील

    • प्रकाशित मितिः असार २१, २०८३
    • ११५ पटक पढिएको
  • कोलम्बिया पुग्यो अन्तिम १६ मा

    इटहरी ।  फिफा विश्वकप २०२६ को अन्तिम १६ मा कोलम्बिया पुगेको छ । आज बिहान भएको खेलमा घानालाई १–० ले पराजित कोलम्बिया अन्तिम १६ मा पुगेको हो ।अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा कोलम्बियाको जीतमा जोन एरियासले खेलको १४ औं मिनेटमा लुइस स्वारेजको पासमा गरेको गोल नै निर्णायक भएको थियो ।सातौं पटक विश्वकप खेलिरहेको कोलम्बियाले दोस्रोपटक नकआउट चरणमा जीत निकालेको छ । यसअघि सन् २०१४ को विश्वकपमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो ।कोलम्बियाले समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ७ अंकका साथ समूह ‘के’ को विजेता बन्दै राउन्ड अफ ३२ मा प्रवेश गरेको थियो ।अब कोलम्बियाले क्वार्टरफाइनल

    • प्रकाशित मितिः असार २०, २०८३
    • ११२ पटक पढिएको
  • मध्यान्तरअघि कोलम्बिया एक गोलले अघि

    इटहरी । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को अन्तिम खेलमा कोलम्बियाले घानाविरुद्ध एक गोलको अग्रता लिएको छ ।कन्सास स्टेडियममा जारी खेलको मध्यान्तरअघि कोलम्बियाले एक गोलको अग्रता लिएको हो ।खेलको १४ औं मिनेटमा जोन एरियासले कोलम्बियालाई अग्रता दिलाएका थिए ।

    • प्रकाशित मितिः असार २०, २०८३
    • १०४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल