इटहरी । लामो समय देखि इटहरीमा संगीतको कक्षा सञ्चालन गर्दै आएको निषाद संगीत पाठशालाले तिहार विशेष सांगीतिक तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
वरिष्ठ गायक रामा मण्डल लगायतको प्रस्तुति रहेको तिहार विशेष सांगीतिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । निषाद संगीत पाठशालाकी अध्यक्ष सुनिता कटुवालको अध्यक्षता तथा साहित्यकार मनु मञ्जीलको प्रमुख आतिथ्यमा भएको सांगीतिक कार्यक्रम निषाद संगीत पाठशालाका विद्यार्थीहरुले प्रत्यक्ष संगीत सहितको गायन प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा शास्त्रीय संगीतका प्रशिक्षक कुशेश्वर प्रसाद राई, हालै एक्जिटो इभेन्ट्स अष्टेलियाले प्रदान गरेको इन्टरनेशसनल एक्सिलेन्स अवार्ड प्राप्त मोरङको बेलवारी नगरपालिका वडा नम्बर ४ मा रहेको डेल्टा इंग्लिस स्कुल प्रिन्सिपल पर्वत राई लगायतलाई सम्मान गरियो । गायक रामा मण्डल, कुशेश्वर प्रसाद राई, रेमन पुन मगर, पवलदिप विश्रास, सुनिता कटुवाल लगायतले गीत संगीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा अल्टीट्युट कलव इटहरीका अध्यक्ष पिताम्बर तिम्सिना, मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल, पुर्वेली क्लवका अध्यक्ष झलक वन लगायतको आतिथ्य रहेको थियो ।


















