समाचार

    Showing ११-२० of ६,२६९ items.
  • नेपालीको औसत आयु, पुग्यो ७३.५ वर्ष

    काठमाडौं । विगत तीन दशकको अवधिमा नेपालीको औसत आयुमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नोभेम्बर २०२६ मा सार्वजनिक गरेको प्राविधिक प्रतिवेदनअनुसार सन् १९९० देखि २०२३ सम्मको ३३ वर्षमा नेपालीको औसत आयु १५.४ वर्षले बढेको हो।नर्वेको युनिभर्सिटी अफ बर्गनस्थित ‘बर्गन सेन्टर फर एथिक्स एन्ड प्रायोरिटी सेटिङ इन हेल्थ’ (बीसीईपीएस) सँगको सहकार्य र नेपाल हेल्थ इकोनोमिक्स एसोसिएसन (एनएचईए) को प्राविधिक सहयोगमा तयार पारिएको बेसिक हेल्थ सर्भिसेज इन नेपाल : प्रायोरिटी सेटिङ एन्ड इसेन्सियल हेल्थ इन्टरभेन्सन्स’ प्रतिवेदनमा नेपालको जनस्वास्थ्य अवस्था र औसत आयुको विस्तृत तथ्याङ्क समे

    • प्रकाशित मितिः मंसिर १०, २०८३
    • ३८ पटक पढिएको
  • बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्यको ‘भोटेकोशीको सुसाहट’ पहिलो

    काठमाडौं । बाह्रखरी मिडियाले आयोजना गरेको आठौँ संस्करणको ‘डिगो १२ खरी कथा प्रतियोगिता, २०८३’ को नतिजा सार्वजनिक भएको छ ।प्रतियोगितामा चेतनाथ आचार्यको ‘भोटेकोशीको सुसाहट’ कथा पहिलो भएको छ । आइतबार काठमाडौंमा आयोजित समारोहमा प्रथम भएका आचार्यले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।मधुर भट्टराईको ‘सपनाको अर्को रङ्ग’ प्रतियोगितामा दोस्रो हुँदै एक लाख रुपैयाँ र सरस्वती सरसको ‘अस्तित्वको अल्गोरिदम’ तेस्रो हुँदै ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।प्रतियोगितामा नेपालसहित विभिन्न देशबाट प्राप्त १ हजार २२९ कथामध्ये उत्कृष्ट २५ कथाको छनोट गरिएको थियो । उत्कृष्ट २५ कथाको संग्रह ‘बाह्रखरी उत्कृष्ट कथा,

    • प्रकाशित मितिः मंसिर १०, २०८३
    • ८४ पटक पढिएको
  • लेटाङका साहित्यकार, कलाकार र समाजसेवी गरी ९ जना सम्मानित

    लेटाङ । मोरङको लेटाङमा प्राज्ञ लक्ष्मी उप्रेतीसहित स्थानीय स्रष्टा, साहित्यकार तथा कलाकार गरी ९ जनालाई विशेष सम्मान गरिएको छ ।लिटिल फ्लावर्स बोर्डिङ स्कुलको आयोजना तथा लेटाङ साहित्य कला संगमको सहकार्यमा आयोजित विशेष समारोहमा साहित्य, कला र समाजसेवाको क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।लिटिल फ्लावर्स बोर्डिङ स्कुलकी संस्थापक सिर्जना देवकोटाको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य गुरुप्रसाद बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विराटनगर निवासी प्राज्ञ लक्ष्मी उप्रेतीलाई दोसल्ला र सम्मानपत्रसहित विशेष सम्मान गरिएको थियो । कार्यक्रममा लेटाङ साहित्य कला संगमका सल

    • प्रकाशित मितिः मंसिर ९, २०८३
    • ७४ पटक पढिएको
  • विराटनगर जेसीजको अध्यक्षमा रञ्जनकुमार शाही

    विराटनगर । विराटनगर जेसीजको अध्यक्षमा रञ्जनकुमार शाही निर्विरोध निर्वाचित भएका छन् । संस्थाको सचिवालयमा सम्पन्न निर्वाचनबाट शाही अध्यक्षमा चयन भएका हुन् ।निर्वाचनबाट वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा प्रवेश दुलाल तथा कार्यकारिणी उपाध्यक्षमा सिर्जना थापा र गौरव कर्ण निर्वाचित भएका छन् । त्यस्तै, तालिम निर्देशकमा सबिन अधिकारी चयन भएका छन् ।उपाध्यक्षमा हेमन्त रजक, रोशनी प्रधान, पंकज मेहता र प्रवीण दाहाल चयन भएका छन् भने जनसम्पर्क अधिकारीमा निर्मल सापकोटा निर्वाचित भएका छन् ।

    • प्रकाशित मितिः मंसिर ९, २०८३
    • ५८ पटक पढिएको
  • यी हुन् सरुवा भएका एसपी

    इटहरी । प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार भएको सरुवामा १७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।यी हुन् फेरिएका १७ जिल्लाका प्रहरी प्रमुखमोरङ दिलीपकुमार गिरीसुनसरी पुष्पराज मल्लउदयपुर धर्मराज भण्डारीसप्तरी रुपक खड्काबारा कुमारविक्रम थापापर्सा पवनकुमार भट्टराईसिन्धुपाल्चोक निरञ्जनदत्त भट्टभक्तपुर रुकेश तण्डुकारधादिङ सुमित खड्काको स्थानमा भरत लामाकास्की मोहनबहादुर खाणतनहुँ नरेशराज सुवेदीपूर्वी नवलपरासी निर्मल बुढाथोकीपाल्पा रविन श्रेष्ठदाङ श्यामु अर्यालबाँके नवराज मल्लबर्दिया बाल नरसिंह राणाकैलाली यादव ढकालसरुवा भए

    • प्रकाशित मितिः मंसिर ९, २०८३
    • ५८ पटक पढिएको
  • लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि

    इटहरी । महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्ने उद्देश्यसहित आज (नोभेम्बर २५) देखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ ।‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ नारासहित नेपालमा पनि अभियानअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिँदैछन् ।संयुक्त राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो । यो दैनिक औसत १३७ जनाको हत्या हो ।हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रियस्तरमा कानुनी तथा नीतिगत प्रयास हुँदै आए

    • प्रकाशित मितिः मंसिर ९, २०८३
    • ७९ पटक पढिएको
  • एकैपटक फेरिए १७ जिल्लाका प्रहरी प्रमुख, जम्मा ६० एसपीको सरुवा

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार भएको सरुवामा १७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।सरुवाअनुसार कोशी प्रदेशका मोरङ, सुनसरी र उदयपुरका प्रहरी प्रमुख परिवर्तन भएका छन् । मोरङमा दिलीपकुमार गिरी, सुनसरीमा पुष्पराज मल्ल र उदयपुरमा धर्मराज भण्डारीलाई पठाइएको छ ।मोरङका प्रहरी प्रमुख कवित कटवाललाई प्रहरी महानिरीक्षकको सचिवालय, सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबेलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, भैरहवा र उदयपुरका प्रहरी प्रमुख राजन चापागाईंलाई नेपाल प्रहरी अस्पताल, महाराजगन्

    • प्रकाशित मितिः मंसिर ९, २०८३
    • ५० पटक पढिएको
  • ‘नझरेका फूलहरू’को ७३ औँ शृङ्खलामा कवि मुकुन्द प्रयासका कविता र भूमा अधिकारीका गीत

    विराटचोकः ‘नझरेका फूलहरू’को आयोजनामा शनिबार सुन्दरहरैंचाको विराटचोकमा भएको कार्यक्रममा कवि मुकुन्द प्रयासले आफ्ना १० वटा कविता सुनाएर साहित्यानुरागीलाई मुग्ध बनाउनुभयो ।गायक भूमा अधिकारीले नारायणगोपालका दुई वटा गीत कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम नै नारायणगोपालको स्मृतिमा गरिएको हुनाले कार्यक्रमको नाम राखिएको थियो शब्दाञ्जलि ।कवि प्रयासले आमालाई सम्झिएर ‘आमाको तस्बिर’ शीर्षकको कविता वाचन गरेर आफ्नो वाचन शुरु गर्नुभएको थियो ।त्यसपछि कवि प्रयासले प्रवासी नेपालीमा समर्पित कविता, शास्वत प्रेम, पहिरोमा हामी, प्रेमी अर्थात् हनुमान, भेट अनुभूति, जीतको चक्रव्यूह, म गन्धर्व, भ्रमको महाक

    • प्रकाशित मितिः मंसिर ८, २०८३
    • ६४ पटक पढिएको
  • ४७.१ मेगावाटको गुराँस हाइड्रो आयोजना ५० प्रतिशतभन्दा बढी सम्पन्न

    खाँदबारीः संखुवासभा र भोजपुर जिल्लामा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको गुराँस हाइड्रो आयोजना निर्माणको काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । ८ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाले निर्माणलाई तीव्रता दिएको छ ।सङ्खुवा खोलाको पानी उपयोग गरी निर्माण भइरहेको आयोजनाको हेडवक्र्स संखुवासभाको साल्पासिलिचोङ गाउँपालिका–१, २ र ३ अन्तर्गत बुधबारे क्षेत्रमा निर्माण भइरहेको छ । सङ्खुवा र सिसुवा खोलाको संगमस्थलमा बाँध निर्माण गरी करिब ६ हजार ४०० मिटर लामो सुरुङमार्फत् पानी विद्युत् गृहमा पुर्याउने आयोजना संरचना रहेको छ ।विद्युत् गृह भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ र २ अन्तर्गत बेखुवा क्षेत्

    • प्रकाशित मितिः मंसिर ८, २०८३
    • ५६ पटक पढिएको
  • दुई वटा स्कुल बसको बीचमा च्यापिएर सहचालकको मृत्यु

    बेलबारी । मोरङको बेलबारीमा दुई स्कुल बसबीच च्यापिएर सहचालकको मृत्यु भएको छ ।आज बिहान करिब ९ बजे बेलबारी नगरपालिका–२ स्थित शिक्षा सन्देश इङ्लिस स्कुलको गेटमा सोही विद्यालयको को १ ख ५२७९ नम्बरको बस र को १ ज १२६९ नम्बरको बसको बीचमा च्यापिएर सहचालकको मृत्यु भएको थियो ।दुई बसबीच च्यापिएर घाइते भएका को १ ख ५२७९ नम्बरको बसका सहचालक बेलबारी नगरपालिका–४ का करिब ४५ वर्षीय देवी खतिवडालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।प्रहरीले दुवै बस र चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले

    • प्रकाशित मितिः मंसिर ७, २०८३
    • ३२४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल