काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार भएको सरुवामा १७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
सरुवाअनुसार कोशी प्रदेशका मोरङ, सुनसरी र उदयपुरका प्रहरी प्रमुख परिवर्तन भएका छन् । मोरङमा दिलीपकुमार गिरी, सुनसरीमा पुष्पराज मल्ल र उदयपुरमा धर्मराज भण्डारीलाई पठाइएको छ ।
मोरङका प्रहरी प्रमुख कवित कटवाललाई प्रहरी महानिरीक्षकको सचिवालय, सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबेलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, भैरहवा र उदयपुरका प्रहरी प्रमुख राजन चापागाईंलाई नेपाल प्रहरी अस्पताल, महाराजगन्जमा सरुवा गरिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा शालिग्राम शर्मालाई पठाइएको छ । इटहरीमा कार्यरत दीपक गिरीको नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारा, तनहुँमा सरुवा भएको छ ।
कोशी प्रदेश प्रहरी गण विराटनगरमा मानबहादुर राई र नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीमा बुद्ध श्रेष्ठलाई पठाइएको छ ।
प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), साइबर ब्युरो, प्रदेश प्रहरी कार्यालय, प्रहरी विशेष सुरक्षा गण, ट्राफिक प्रहरी कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखामा कार्यरत एसपीहरूको पनि जिम्मेवारी हेरफेर गरेको छ ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले जारी गरेको पत्रअनुसार सरुवा भएका प्रहरी उपरीक्षकले २०८३ साल मङ्सिर महिनादेखिको तलब तथा भत्ता सरुवा भएको दरबन्दीबाट पाउनेछन् ।


















