समाचार

    Showing १७१-१८० of ६,२६९ items.
  • मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभयो मुन्दुम क्षेत्रमा चार किलोमिटर पदयात्रा

    भोजपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोजपुरस्थित मुन्दुम क्षेत्रमा चार किलोमिटर पदयात्रा गर्नुभएको छ । परिवारसहित आफ्नो पैतृक जिल्ला भोजपुर पुगेका कार्कीले टेम्केमैयुङ गाउँपालिकास्थित टेम्के डाँडाको आधार शिविरदेखि चखेवा भञ्ज्याङ क्षेत्रसम्म पदयात्रा गर्नुभएको हो ।भ्रमणका क्रममा मुख्यमन्त्री कार्कीले मुन्दुम क्षेत्रको प्राकृतिक आकर्षण, किरात समुदायको मौलिक संस्कृति र परम्पराले भोजपुरको पर्यटन विकासमा योगदान पुर्याउन सक्ने बताउनुभयो ।उहाँले मुन्दुम क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्न सके भोजपुरलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्

    • प्रकाशित मितिः कार्तिक ३, २०८३
    • २४९ पटक पढिएको
  • इटहरी–२० का विपन्न परिवारलाई दशैंमा खाद्यान्न वितरण

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २० ले आर्थिक अवस्था कमजोर भएका परिवारलाई दशैं पर्वलाई लक्षित गर्दै खाद्यान्न वितरण गरेको छ ।खाद्यान्न सहयोग पाएपछि स्थानीयवासीले खुसी व्यक्त गर्दै पर्वका बेला प्राप्त सहयोगले आफूहरूलाई ठूलो राहत मिलेको बताएका छन् ।वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार वडाले प्रत्येक वर्षझैँ यस वर्ष पनि आर्थिक अवस्था कमजोर भएका परिवारलाई दशैंमा मिठोमसिनो खान सहज होस् भन्ने उद्देश्यले खाद्यान्न सहयोग गरेको हो । वडाले २० भन्दा बढी परिवारलाई दशैंका लागि चामल र मासु वितरण गरेको उहाँले बताउनुभयो ।दशैंजस्तो महान् पर्वमा आर्थिक अभावका कारण खानपिनमा समस्या नहोस् र विपन्न परिवारले पनि

    • प्रकाशित मितिः कार्तिक ३, २०८३
    • १४९ पटक पढिएको
  • आज महानवमी

    इटहरी । नेपालीहरुको महान् चाड बडादशैंअन्तर्गत आज महानवमी पर्व परेको छ । आज देवीको नवौँ रूप सिद्धिदात्रीको पूजा आराधना गरिँदैछ ।सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवतलगायत ग्रन्थमा उल्लेख छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी नवौँ देवी हुन् ।देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको पौराणिक कथन छ । ती नाम स्मरण मात्र गर्नाले मनुष्य जुनसुकै कष्ट वा सङ्कटबाट सजिलैसँग छुट्न सक्छ भन्ने धार्मिक विश्वास छ ।नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तश

    • प्रकाशित मितिः कार्तिक ३, २०८३
    • १९६ पटक पढिएको
  • गाईवस्तुको दाना प्रयोग भएको पाइएपछि ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्धित

    काठमाडौं । सरकारले भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’ आयात र बिक्री वितरणमा तत्काल रोक लगाउँदै बजारबाट सम्पूर्ण उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ ।बिस्कुट उत्पादनमा मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर प्रयोग गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।भारतीय नियामक निकाय ‘भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण’ ले अक्टोबर १७ मा जारी गरेको सूचना आधार मान्दै नेपालले यो निर्णय गरेको हो ।भारतमा उपभोक्ताको उजुरीपछि त्यहाँको मानक प्राधिकरणले प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनी ‘सूर्या फुड एन्ड एग्रो लिमिटेड’ को

    • प्रकाशित मितिः कार्तिक २, २०८३
    • २०३ पटक पढिएको
  • सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार

    काभ्रेपलाञ्चोक । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस राति करिब २ बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको हो ।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा चालक इलाम नगरपालिका ६ बस्ने ३७ वर्षीय लोक बहादुर सेन्चुरी, काभ्रेको भुम्लु –७ बस्ने २६ वर्षीया रिता आपागाई र उनका छोरा ९ वर्षीय रितिक घाइते भएको छन् ।अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्याङका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार गाडीमा सवार चालकसहित तीन जनालाई नेपाली सेना, नेपाल प्रहर

    • प्रकाशित मितिः कार्तिक २, २०८३
    • १९५ पटक पढिएको
  • जनचेतना सामुदायिक वनको २० औँ वार्षिक साधारणसभा सम्पन्न

    विराटचोकः मोरङको सुन्दरहरैँचास्थित जनचेतना सामुदायिक वन उपभोक्ता समूहको २० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।बिहीबार सुन्दरहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा समूहका अध्यक्ष सीताराम पाण्डेको अध्यक्षता तथा सुन्दरहरैँचा नगरपालिका–९ का वडाध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । २०६० सालमा स्थापना भएको समूहले १५०.५५ क्षेत्रफलमा फैलिएको वनबाट सुन्दरहरैँचा–९ र ११ का करिब एक हजार घरधुरीलाई काठ तथा दाउरा उपलब्ध गराउँदै आएको जनाएको छ ।सो साधारणसभामा अध्यक्ष पाण्डेले आर्थिक वर्ष २०८२\०८३ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८३\०८४ को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । प

    • प्रकाशित मितिः कार्तिक २, २०८३
    • ८३ पटक पढिएको
  • सुनकोशीमा भएको सुमो दुर्घटनामा मृतक तीनै जनाको पहिचान खुल्यो, बेपत्ताको खोजी जारी

    खोटाङ । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा सुमो खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ ।दुर्घटनामा घाइते भएका चार जनाको उपचार भइरहेको छ । बेपत्ता भएका तीन जनाको खोजी जारी छ ।काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो शनिबार राति करिब साढे २ बजे मध्यपहाडी लोकमार्गबाट झन्डै १५० मिटर तल सुनकोशी नदीमा खसेको थियो ।दुर्घटनामा मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दुभेकी २१ वर्षीया युपना राई, १८ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी घर भई दिक्तेलमा बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा रहेका छन् । उनीहरू द

    • प्रकाशित मितिः कार्तिक १, २०८३
    • ९३ पटक पढिएको
  • ९१५ किलोभन्दा बढी गाँजासहित चार जना पक्राउ

    इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित एक घरबाट प्रहरीले ९१५ किलोभन्दा बढी गाँजासहित चार जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार राति हनुमान मन्दिर नजिक बुलबुल यादवको घरमा गाँजा बिक्री भइरहेको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोलीले घरमा खानतलासी गरेको थियो।खानतलासीका क्रममा घरको कोठामा लुकाएर राखिएको ९१५ किलो ६८० ग्राम र प्रदेश १–०२–००१ प ९१९९ नम्बरको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादव रहेका छन्।

    • प्रकाशित मितिः कार्तिक १, २०८३
    • १६० पटक पढिएको
  • लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट ललितपुरको सानेपाबाट पक्राउ

    काठमाडौँ:  लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।परिसरका प्रमुख (एसएसपी) दिलीप घिमिरेका अनुसार सम्पत्ति शुद्धीकरण तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरसम्बन्धी विषयमा अनुसन्धानका लागि भट्टलाई नियन्त्रणमा लिइएको हो।प्रहरीले भट्टलाई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। यसबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने काठमाडौँ प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १, २०८३
    • ९६ पटक पढिएको
  • दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

    मोरङ :  मोरङको सुनवर्षी नगरपालिका–५ झुङ्गी टोलस्थित हुलाकी सडकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।निबार राति करिब ८ः४५ बजे रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ३८ एच ३५०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४५ प ८९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।दुर्घटनामा भारतीय नम्बर प्लेटको मोटरसाइकल चालक सुनवर्षी–९ डाइनियाका ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। टाउको र दुवै खुट्टामा चोट लागेका उनलाई रंगेली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थ

    • प्रकाशित मितिः कार्तिक १, २०८३
    • ३५२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल