इटहरी डेस्क । राजसंस्था फर्काउन गठित संयुक्त जनआन्दोलन समितिले आन्दोलनका कार्यक्रमलाई जिल्लाकेन्द्रित गर्ने भएको छ ।संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको बुधबार बसेको संयुक्त बैठकले पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरुप परिमार्जन गरेको हो ।बैठकपछि संयोजक नवराज सुवेदीले विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको बैठक आज सम्पन्न भयो । उक्त बैठकमा गत एक हप्तादेखि सञ्चालन हुँदै आएको जनआन्दोलनको समीक्षा गरिनुको साथै भावी कार्य योजनाका बारेमा समेत छलफल भयो ।आगामी आन्दोलनका कार्यक्रममा समेत विभिन्न वर्ग,
इटहरी डेस्क । गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूका लागि खटाइएका सुरक्षाकर्मी राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने बताएका छन्। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो ? भन्दै प्रश्न गरेका थिए। सरकारले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका राप्रपा नेताहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको थियो। उक्त प्रश्नको जवाफ दिँदै
इटहरी डेस्क । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन्।आज (बुधबार) सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्रीको राजीनामा माग गरेकी हुन्। उनले गृहमन्त्री लेखकको भिजिट भिसामा संलग्नता रहेको देखिएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिन्।उनले देशमा मानव तस्करी जस्तो गम्भीर विषयमा गृहमन्त्रीमाथि आरोप लागिरहेको भन्दै १५ दिन भए पनि राजीनामा दिन र अनुसन्धानमा सघाउन माग गरिन् । छानविनबाट निर्दोष भए त्यसपछि आएर पुनः मन्त्री हुन कसैले नछेक्ने उनको भनाइ छ। सांसद कार्कीले सरकारले आफ्न
इटहरी डेस्क । प्रधानमन्त्री केपी शर्मा ओलीले केही आधार र प्रमाणबिनै गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको बताएका छन्।सोमबार एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै तथ्य, प्रमाण केहीले पनि गृहमन्त्रीलाई नछुने दाबी गरे।ओलीले भने, ‘अहिले केही नपाएर गृहमन्त्रीको राजीनामा। केही तथ्य, केही प्रमाणले गृहमन्त्रीलाई छुनुपर्यो।’ अख्तियारले एउटा कर्मचारीको बयान लिएको आधारमा गृहमन्त्रीको राजीनामा माग गरिएको समेत उनले टिप्पणी गरे।‘केहीले छोएको छैन, केही भएको छैन,’ ओलीले भने, ‘एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्योअरे भनेका भरमा, के सोधेको पनि थाहा छैन। बयान लिएको छैन। त्यस्तो अव
इटहरी डेस्क । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रका पक्षमा पैसा खुवाएर मान्छे उतारेको अनुभवका आधारमा आफूहरुलाई पनि त्यस्तै आरोप लगाएको बताएका छन्। प्रचण्डले शनिबार नुवाकोटमा आयोजित कार्यक्रममा राजावादीहरूले भाडामा मान्छे ल्याएर चुरीफुरी देखाएको टिप्पणी गरेका थिए। बालुवाटारमा आयोजित प्रदर्शनबाट त्यसको जवाफ दिँदै लिङ्देनले गणतन्त्र हल्लिँदा पिर परेकाले बर्बराएको समेत आरोप लगाए।‘प्रचण्डजी राम्रो भए पनि नभए पनि उहाँ गणतन्त्रको संस्थापक हो,’ उनले भने, ‘उहाँको नेतृत्वमा नेपालमा गणतन्त्रको मुद्दा उठेको हो। त्यसैले ग
इटहरी डेस्क । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले माओवादी अहिले खुकुरीको धारमा हिँड्नु परेको बताएका छन्। शनिबार धनकुटामा माओवादीको छथर गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विरोध गर्न संसद्मा राजावादीसँगै उभिनुपर्दा पीडा हुने गरेको बताए।‘भष्ट्राचारको विरोध गर्न संसद्मा राजावादीसंग उभिनु पर्दा पीडा हुन्छ,’ किरातीँले भने, ‘कथित राजावादीको विरोध गर्दा भष्ट्राचारीहरुसंग उभिनु पर्दा झन पीडा हुन्छ। राजनैतिक र नैतिक रूपमा हामी माओवादीलाई निक्कै संकटछ। किनभने हामी माओवादी गणतन्त्रको जनानी हौ। भष्ट्राचार हाम्रो शत्रु हो। त्यसैले भष्ट्राचार हामी सहन सक्दैनौँ।’फरक
इटहरी डेस्क । सत्ता साझेदार नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवा निवासमा भएको पदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रित भएको सुन्दा अचम्म लागेको बताएका छन्।मोरङको विराटनगरमा आयोजित कार्यक्रममा उनले भने, ‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला। भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला। तर, कुरा त मेरैबारेमा मात्रै भएछ।’नेता कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैरराजनीति र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिकरूपमा कहीँ कतै नबोलेकोमा आफू छक्क परे
इटहरी डेस्क । सत्ता साझेदार नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नरहेको निष्कर्ष निकालेको छ। आज (सोमबार) देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले गृहमन्त्री संलग्न नरहेको निष्कर्ष निकालेको हो।बैठक गृहमन्त्रीको राजीनामामा प्रवेश नगरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महले जानकारी दिए । उनको भनाइ छ। ‘छानबिनको दायरामा गृहमन्त्री हुनु हुन्नु, उहाँमाथि उजुरी छैन। उहाँ दोषी भन्न मिल्दैन’ जो संलग्न छन् तिनीहरुमाथि कारवाही हुनुुपर्छ, बैठकपछि प्रवक्ता महतले भने । उनले लेखकलाई जब्बरजस्त जोडेर अफवाह फैलाइएको समेत बताएका छन्।
इटहरी डेस्क । सत्तारुढ नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिने पार्टीका तीन नेतालाई स्पष्टीकरण सोध्न प्रस्ताव गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकमा उनले डा. शेखर कोइराला, राजेन्द्र बजगाईं र सुनील शर्मालाई स्पष्टीकरण सोध्नुको विकल्प नभएको बताएका हुन्।‘नेताहरूलाई बोलाउनुस्, समाधान निकाल्नुस् र उहाँहरूलाई के–के कुरा भएको हो सोध्नुस्,’ उनले भने, ‘शेखर, सुनील शर्मा र राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोध्नुस् भनेर प्रस्ताव गरें । सभापत
इटहरी डेस्क । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ ।आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।श्रेष्ठले गत ४ वैशाखमा राजीनामा बुझाएकी थिइन् ।एक व्यक्ति दुई पदमा बस्न नहुने भन्दै श्रेष्ठले राजीनामा दिएकी थिइन् । उनी प्रतिनिधिसभा सांसद पनि हुन् ।श्रेष्ठले राजीनामामार्फत आफू सांसदले सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरूलाई दिन चाहेको लगायत बताएकी थिइन् ।