काठमाडौंः गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यस क्रममा उठेका मागलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ ।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको पृष्ठभूमिमा अन्तरिम सरकार बने पनि तीन महिनापछि आएर मात्र औपचारिक सम्झौता भएको हो ।सम्झौता नभए र सरकारले थप ढिलासुस्ती गरे फेरि सडकमा जाने चेतावनी जेनजीले दिएका थिए । उनीहरुले दबाबमात्र दिएनन्, आफ्ना तर्फबाट सम्झौताको मस्यौदा सरकारलाई बुझाए । सोही मस्यौदामा सरकार र जेनजी आन्दोलनकारीबीच पटकपटक छलफल भएर १० बुँदे निचोड निकालिएको हो ।शासकीय अव्यवस्थविरुद्ध जेनजीले असङ्गठित रूपमा गरेको आन्दोलनले तत्कालीन राजनीतिक दलको सत्ता बर
काठमाडौंः फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सुर्खेत क्षेत्र–१ बाट सिफारिश गरिएको छ ।क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिश गरेको हो । खड्का गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । सो क्षेत्रबाट समानुपातिकतर्फ नरबहादुर सोनी र भीमा मल्लको नाम सिफारिश भएको बताइएको छ ।नेपाली कांग्रेसले मोरङको क्षेत्र नम्बर ३ बाट डा. सुनिल शर्मा र मोरङ क्षेत्र नम्बर ६ बाट डा. शेखर कोइरालाको एकल नाम सिफारिश गरेको छ ।
काठमाडौंः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बन्नका लागि मोरङ–६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको एकल नाम सिफारिश भएको छ ।नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको आज बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेद्वारमा कोइरालाको एकल नाम सिफारिश गरेको हो । कोइराला २०७९ सालको निर्वाचनमा सो क्षेत्रबाट विजयी बनेका थिए ।यसअघि नै कांग्रेसले मोरङ–३ बाट डा. सुनिल शर्माको एकल नाम उम्मेद्वारका लागि सिफारिश गरेको थियो ।
काठमाडौंः निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ ।आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रुपमा चुनाव चिह्न प्रदान गरिएको छ ।१२ राजनीतिक दलले संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने भनी आवेदन दिएकाले संयुक्त चुनाव चिह्न प्रदान गरिएको हो । यस आधारमा आयोगले १०७ वटा चुनाव चिह्न प्रदान गरिएको जनाएको छ । आयोगमा १४३ राजनीतिक दल दर्ता कायम भएका छन् । निर्वाचनमा भाग लिने दलको सङ्ख्या ११४ छ । निर्वाचनका लागि १०७ चुनाव
इटहरी । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ ले डा. सुनिल शर्मालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा एकल सिफारिश गरेको छ । उहाँ सोही क्षेत्रको निवर्तमान सांसद हुन् । नेपाली कांग्रेसले प्रत्यक्षतर्फ एक महिलासहित ३ जनाको नाम सिफारिश गर्न मातहतका कमिटीलाई परिपत्र गरे पनि मोरङ क्षेत्र नम्बर ३ मा क्षेत्रीय कार्यसमितिले शर्माको मात्र नाम सिफारिश गरेको हो ।समानुपातिकतर्फ भने समितिले चार जनाको नाम सिफारिश गरेको छ । जसमा वसन्त भट्टराई, सूयर्माराज राई, रेखबहादुर तामाङ र बिन्दुकुमारी कार्की छन् । यस्तै, राष्ट्रिय सभा सदस्यका लागि लोकप्रसाद संग्रौला, राष्ट्रिय भूमि आयोगका पूर्व अध्यक्
काठमाडौंः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्लाएक्लै निर्वाचनमा जाने भएका छन् । १२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको लागि निवेदन दिएकोमध्ये १०२ वटा दलहरुले एक्लाएक्लै निर्वाचनमा जाने गरी निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।त्यसमध्ये १२ वटा राजनीतिक दलहरुले भने संयुक्त रुपमा चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा जाने गरी आयोगमा निवेदन दिएका छन् । ती दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिने भएका छन् ।निर्वाचनमा भाग लिन १२० वटा निवेदन प्राप्त भएकोमध्ये १०२ वटा दलले आफू मात्रै एक्लै चुनावमा जानेगरि निवेदन दिएका
जनकपुरः मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीन जना मन्त्री नियुक्त गरेका छन् ।मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गरेका हुन् ।जनमतका महेशप्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य दुई मन्त्रीको भने जिम्मेवारी तोकिएको छैन ।नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
जनकपुरः मंसिर १९ गते नियुक्त मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । मुख्यमन्त्री यादव यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् । ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।यादवलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदले समर्थन गरेका छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंसिर १७ गते राजीनामा
जनकपुरः मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् । आजै सानो आकारको मन्त्रिमण्डल बनाइने बताइएको छ ।सत्तापक्षीय सातदलीय गठबन्धनको आज बसेको बैठकले आगामी मंसिर २४ गते विश्वासको मत लिने निर्णय गरेको बताइएको छ ।यही मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा ‘ओली कुटी’को निर्माण सुरुवात गरिएको छ। एमाले नेता महेश बस्नेतका अनुसार ओली पत्नि राधिका शाक्यले शिलान्यास गरेकी हुन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओली गुन्डुमा बस्दै आएका छन्।बस्नेतले नै अध्यक्ष ओलीको लागि गुण्डुमा नै ‘ओलीकुटी’ निर्माण गर्ने घोषणा गरेका थिए।‘ओलीकुटी’ निर्माणको लागि उनले संयोजकको भूमिका निर्वाह गर्ने स्थानीयको पहलबाट निर्माण गरिने बताइएको छ। ओलीको बालकोटस्थित निवासमा जेनजी आन्दोलनका बेला आगजनी गरेर नस्ट गरिएको थियो।उक्त घरको अवलोकन गर्दै उनले सो घर राज्यको नाममा नामसारी गरिसकेकाले अब फेरि नबनाउने