काठमाडौं । नेकपा (एमाले) का नेता ठाकुर गैरे प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । पाल्पा क्षेत्र नम्बर २ बाट उनी चुनाव लड्ने पक्का भएको हो ।

यसअघि गत शनिबार बेलुका पाल्पा २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेद्वार बन्ने निर्णय भएको थियो । आइतबार एकल सिफारिस भएको रूपन्देही २ बाटै पौडेललाई उम्मेदवार बनाउने निर्णय भएपछि पाल्पा २ मा राम बहादुर राउतले टिकट पाएका थिए । तर यसको तिव्र बिरोध र आलोचना भएपछि गैरले टिकट पाएका हुन् ।

गैरेको नाममा टिकट आएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले बताए। 'पाल्पाको क्षेत्र नं २ मा ठाकुर गैरे टिकट दिने भन्ने निर्णय आएको छ। टिकट लिएर जाँदै छु। अब उहाँ नै उम्मेदवार हो,' उनले भने।