काठमाडौंः जारी ११ औँ महाधिवेशनमा नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेद्वारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा ओलीले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् ।ओलीको सचिवालयका अनुसार, रामबहादुर थापा बादल ओलीको प्रस्तावक रहेका छन् भने समर्थकमा विष्णुप्रसाद पौडेल रहेका छन् ।निर्वाचन कार्यतालिका अनुसार मतदान भोलि हुँदैछ । आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।अर्का अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । ओली र पोखरेल दुवै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । सबै उम्मेद्वारको नाम आइसक्न बाँकी छ ।
विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम सुन्दरहरैंचा नगर अधिवेशनले पुनः टेकमणि न्यौपाने (विवेक) लाई नगर सभापतिमा चयन गरेको छ ।शनिबार विराटचोकस्थित पानस पार्टी प्यालेसमा भएको अधिवेशनले उपसभापतिमा देवीचरण बन्जारा (उज्ज्वल), सचिवमा प्रकाशकुमार घिमिरे र सह–सचिवमा रमेश आचार्यलाई चयन गरेको छ ।नवनिर्वाचित नगर समितिका सदस्यहरूमा मन्दिरा उप्रेती, रीता चौहान, देवकुमारी बास्तोला, युवराज लामिछाने, भीमबहादुर जोगी, पीतराज घिमिरे, मित्रजंग थापा र प्रेमबहादुर भट्टराई चयन हुनुभएको छ । नगर समितिमा थप तीन जना सदस्य मनोनित गरिने जानकारी दिइएको छ ।अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व स
इटहरी । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधानअनुसार पार्टी चल्नुपर्ने बताएका छन्।आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले महासचिवले प्रस्तुत गरेको कार्यसूचीअनुसार अघि बढ्न आग्रह गरे ।पोखरेलले भने, ‘विधान अनुसार चलौँ। महासिचवले प्रस्तुत गर्नुभएको कार्यसूची अनुसार चलौँ । दायाँबायाँ नगरौँ।’उनले विधानको स्थायित्वमाथि प्रश्न उठाउँदै भने, ‘के हाम्रो विधान अस्थायी हुन् ? जे अनुकूल हुन्छ त्यही गर्दै जाने हो ? हिजो विधान अधिवेशन अगाडि संख्या घटाउ भन्ने तपाईँहरू नै होइन ?’बदलिएको परिस्थितिबारे चर्चा गर्दै उनले भने, ‘बदलिएको परिस्थितिले अंक बढाऊ भनेको होइन ? बदलिएको परिस्थितिले त हामीलाई बद
काठमाडौंः नेकपा एमालेको ११ औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा हिजो शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देशको पछिल्लो परिस्थिति, राजनीतिक घटनाक्रम, वर्तमान सरकार, पार्टीको आन्तरिक जीवन लगायतका विषयमा आफ्नो धारणा राख्नुभएको छ । यस्तो छ पार्टी अध्यक्ष ओलीको सम्बोधनको पूर्ण पाठःतपाईँहरुलाई सुन्दर नगरी भक्तपुरमा हार्दिक स्वागत गर्दछु । भक्तपुर– गौरवपूर्ण इतिहास र संस्कृति बोकेको विश्व सम्पदा, हरेक लोकतान्त्रिक आन्दोलनमा बलिदानको कीर्तिमान राखेको देशभक्त नागरिकहरुको बासस्थान, परिश्रमी र इमान्दार किसानहरुका पसिनाले सिँचित उर्बर भूमि । यस
इटहरी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको दाबी गरेका छन्। लामो समयदेखि पार्टीभित्र र बाहिरका छलफलमा युवा पुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने जोड दिइरहेको भए पनि सुनुवाइ नगरिएकाले पछिल्लो परिस्थिति निर्माण भएको टिप्पणी उनले गरे। आफूले कोरोना महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व माग गरेको स्मरण पनि कोइरालाले गराए। शनिबार विशालनगरस्थित आफ्नै सम्पर्क कार्यलयमा प्रजातन्त्र सेनानी संघ केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूसँग भएको भेटमा कांग्रेस नेता कोइरालाले
काठमाडौंः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् ।आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो । सो समयभित्र एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएको आयोगले जनाएको छ ।यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिह्न लिएका र एकल चुनाव चिह्न लिएका राजनीतिक दल छन् । प्राप्त भएको आवेदन माथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गरिने आयोगले उल्लेख गरेको छ ।आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस
काठमाडौंः बुधबार आफू र जेनजीहरूबीच भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय सरकारले गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलका अनुसार उक्त सम्झौतालाई राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ ।उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय समेत बैठकले गरेको खरेलको भनाइ छ ।
काठमाडौंः बुधबार साँझ सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।दुवै पक्षबीच बुधबार सिंहदरबारमा आन्दोलन संस्थागत गर्ने विषयलाई लिएर सम्झौता भएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको पृष्ठभूमिमा अन्तरिम सरकार बनेपनि तीन महिनापछि आएर मात्र औपचारिक सम्झौता भएको हो ।सम्झौतामा हस्ताक्षरपछि केही जेनजीहरूबीच विवाद पनि भएको थियो ।यस्तो छ सम्झौताको पूर्ण पाठःप्रस्तावनाःदेशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक–सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणहरूबाट सिर्जित द्वन्
काठमाडौंः नेकपा एमालेको ११ औं महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने भएको छ ।एमालेले १० औं महाधिवेशनमा पनि विद्युतीय मतदान गरेको थियो ।नेकपा एमालेका अनुसार निर्वाचन टोलीले आवश्यक भोटिङ मेसिन बुक गर्ने, प्रतिनिधिहरूको नाम इन्ट्री गर्ने काम शुरु गरिसकेको छ ।
काठमाडौंः निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार मङ्सिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटि सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरिएको छ ।फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्ति योग्य मतदाता मानिने आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक (दावी विरोध) कार्यक्रमअन्तर्गत सङ्कलित मतदाताको विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ । आयोगले सङ्कलित मतदाता नामावली आफ्नो वेबसाइटमा प्रकाशन गरेपछि मङ्सिर २६ गतेसम्म नाम, ठेगाना वा अन्य विवरणमा त्रुटी