इटहरी ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए।

उनको सचिवालय स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहितले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेपछि फिर्ता लिने निर्णय भएको हो ।

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले भट्टराईसँग उम्मेदवारी फिर्ता लिन आग्रहका गरेका हुन् ।

रास्वपाले यो क्षेत्रका लागि महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ। बुर्लाकोटी यसअघि पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए, तर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पराजित भएका थिए। यस पटक प्रचण्डले भने चुनावी क्षेत्र परिवर्तन गरेका छन्।

त्यस्तै, प्रचण्डले पनि भट्टराईलाई फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । यस क्षेत्रबाट नेकपा का उम्मेदवार लेखनाथ न्यौपाने रहेका छन्।

उनले आफूले उम्मेदवारी फिर्ता लिएर कसलाई समर्थन गर्ने भन्नेबारे भने खुलाएका छैनन् ।