काठमाडौंः एघारौं महाधिवेशनमार्फत् नेकपा एमालेको नयाँ नेतृत्व चयन भएको छ । महाधिवेशनमार्फत् अध्यक्ष पदमा केपी शर्मा ओली प्यानलका अधिकांश उम्मेद्वार निर्वाचित भएका छन् ।नवनिर्वाचित केन्द्रीय पदाधिकारीमा कोशी प्रदेशको वर्चस्व देखिएको छ । १९ पदाधिकारीमध्ये अध्यक्षसहित ५ जना प्रतिनिधि कोशी प्रदेशबाट निर्वाचित भएका छन् । मधेसबाट १ जना, बाग्मतीबाट ४ जना, गण्डकीबाट ३ जना, लुम्बिनीबाट ४ जना, कर्णालीबाट १ जना र सुदूर पश्चिमबाट १ जना निर्वाचित भएका छन् ।यस्तो छ निर्वाचित पदाधिकारीको प्रदेशगत अवस्थाकोशी प्रदेश१. केपी शर्मा ओली (अध्यक्ष)– झापा२. योगेश भट्टराई (उपमहासचिव)– ताप्लेजुङ३. शेरधन राई (सचिव)–
काठमाडौंः एघारौं महाधिवेशनमार्फत् चयन भएको नेकपा एमालेको नयाँ पदाधिकारी टिममा ८ जना पहिलो पटक निर्वाचित भएका छन् । एमालेको नेतृत्वका लागि दुई समूहबीच प्यानल नै बनाएर निर्वाचन भएको थियो ।अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा भएको थियो । अन्तिम मतपरिणाम अनुसार, एमाले नेतृत्वमा सबैजसो केपी शर्मा ओली प्यानलबाटै पदाधिकारीका उम्मेदवारहरू निर्वाचित भएका छन् । उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट बाहेक सबै ओली प्यानलबाट पदाधिकारी निर्वाचित भएका हुन् ।यसपटक एमालेको पदाधिकारीमा ८ जना पहिलो पटक निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित भएका रघुजी पन्त पदाधिकारीमा न
काठमाडौंः नेकपा एमालेको एघारौं महाधिवेशनमार्फत् भएको पदाधिकारी चयनअन्तर्गत सचिव पदमा ओली पक्षका सबै उम्मेद्वारले जितेका छन् ।एमाले महाधिवेशनमा भएको निर्वाचनमा सचिव पदमा अध्यक्ष केपी शर्मा ओली प्यानलले क्लिन स्वीप गरेको छ । ९ जना सचिव पदका लागि भएको निर्वाचनमा ओलीको प्यानलबाट उम्मेद्वार भएका सबै ९ जनाले नै निर्वाचन जितेका छन् ।एमालेको निर्वाचन आयोगका अनुसार महेश बस्नेत १५४४, पद्माकुमारी अर्याल १५३०, छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी, १२३१, यामलाल कँडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मत ल्याएर विजयी भएका छन् ।महाधिवेशनबाट अध्यक्षमा केपी
काठमाडौंः एघारौँ महाधिवेशनमार्फत् नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् ।नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणामअनुसार पोख्रेलले १ हजार २२८ मत पाउँदा प्रतिष्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् । पाण्डे ईश्वर पोख्रेल प्यानलका हुन् ।
काठमाडौंः नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी भएका छन् ।एघारौँ महाधिवेशनमा खसेको मतमध्ये ओलीले १ हजार ६ सय ६३ मत पाएका छन् ।उनका प्रतिष्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।
काठमाडौंः नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि चयन भएका थिए । तर २ हजार २२७ जनाले मात्र नेतृत्व चयन प्रक्रियामा भाग लिएका छन् ।नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।हिजो बिहान करिब सवा ९ बजे शुरु भएको मतदान आिज बिहान पौने ७ बजे सकिएको हो ।८० वटा इलेक्ट्रोनिक मेसिनबाट मतदानको मत परिणाम बिहान ११ बजे भृकुटीमण्डपमै सार्वजनिक गर्री, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम भएको बताइएको छ ।
काठमाडौंः नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया आज बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।भोटिङ मेसिनमा वर्णानुक्रममा उम्मेद्वारको नाम राख्न र फन्ट मिलाउन समय लागेको मतदान मिति सारिएको बताइएको छ । चिसो मौसममा राति बस्न अनुकूल नहुने भएकाले पनि मतदान प्रक्रिया रोकिएको बताइएको छ ।
श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति (राजकुमार तामाङ लामा) पक्राउ परेका छन्।केन्द्रीय अनुसन्धान ब्युरोले धनकुटा घर भई कपन बस्ने ५० वर्षीय राजकुमार तामाङ लामालाई पक्राउ गरेको हो ।उनका अनुसार लामाका तीन वटा उपनाम छन्। उनी कुमार, विश्वक्रान्ति र देवराज लामाका उपनामबाट चिनिन्छन्।उनी हालै धरान उपमहानगरका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा उपाध्यक्ष भएका छन् ।
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । नारायणदत्त पौडेलको मानव स्रोत विभागमा सरुवा गरिएको छ । यसअघि उनी कार्य विभागमा थिए । मानव स्रोतमा रहेका वंशी दाहालको सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।सीमा सुरक्षामा रहेका गणेश ठाडामगरको कार्य विभागमा सरुवा गरिएको छ ।
काठमाडौंः नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । बहुविवाह मुद्दामा दोषी ठहर भएका उनले ओली समूहबाट आदिवासी–जनजाति खुलातर्फ उम्मेद्वारी दर्ता गराएका थिए ।वहुविवाह मुद्दाका दोषी भएकाले उम्मेद्वार बन्न नपाउने भनी उजुरी दर्ता भएपछि शेर्पाको उमेद्वारी निर्वाचन आयोगले खारेज गर्दै अन्तिम उम्मेदवार सूचीबाट नाम हटाएको छ ।उनी १० औँ महाधिवेशनमा पनि केन्द्रीय केन्द्रीय सदस्य चुनिएका थिए ।त्यस्तै, केन्द्रीय सदस्यमा नै उम्मेदवारी दिएका धर्मलाल गिरीको पनि उम्मेद्वारी खारेज भएको छ ।