राजनीति

    Showing १८१-१९० of ८५६ items.
  • आन्दोलनमा एमालेले माग्यो अन्य दल र नागरिक समाजको समर्थन

    काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एमालेले अन्य दल र नागरिक समाजको सहयोग र समर्थनका लागि अपिल गरेको छ ।आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सरकारविरुद्धको विरोधलाई थप व्यापक बनाउन सहकार्यको रणनीति अघि सारेको हो । ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भएको ‘असंवैधानिक, गैरकानुनी र प्रतिशोधपूर्ण’ गिरफ्तारीको विरोधमा देशव्यापी आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।सो आन्दोलनलाई प्रभावकारी बनाउन सबै राजनीतिक शक्ति र नागरिक समाजलाई एकताबद्ध हुन एमाल

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १५५ पटक पढिएको
  • मोरङ ३ का सांसद गणेश कार्कीको प्रस्तावः भूमि समस्या समाधान गर्न ‘पाइलट प्रोजेक्ट’ आवश्यक

    विराटचोकः मोरङ क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी सांसद गणेश कार्कीले भूमि र सुकुम्बासीसँग जोडिएका समस्या समाधान गर्न ‘पाइलट प्रोजेक्ट’का रूपमा काम गर्नुपर्ने प्रस्ताव गरेका छन् ।कोशी प्रदेशका प्रत्यक्षतर्फका सांसदहरूको प्रधानमन्त्रीसँगको छलफलमा कार्कीले उक्त प्रस्ताव राखेका हुन् ।भूमि र सुकुम्बासीसँग जोडिएका समस्या देशभर भए पनि मोरङ क्षेत्र नम्बर ३ मा धेरै जटिल र विशेष समस्या भएको हुनाले ती समस्या समाधान गर्न ‘पाइलट प्रोजेक्ट’का रूपमा काम गरेर नयाँ सिकाइ देशभर फैलाउनुपर्ने उनको भनाइ छ ।

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १३९ पटक पढिएको
  • काठमाडौंमा शुरु भयो एमालेको प्रदर्शन

    काठमाडौंः पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा एमालेका नेता कार्यकर्ताहरूले काठमाडौंको माइतीघरमा जम्मा भएर बबरमहलतर्फ विरोध र्याली शुरु गरेका छन् । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै माइतीघरमा प्रदर्शन गरेको आज तेस्रो दिन हो । एमालेका सचिव महेश बस्नेतले माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन नेता कार्यकर्तालाई अपिल गर्दै वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् । 

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १५९ पटक पढिएको
  • ३० सार्वजनिक निकाय खारेज गर्दै सरकार

    काठमाडौंः यसअघि राजनीतिक भर्ती केन्द्र बनाइएका ३० वटा सार्वजनिक निकायहरूलाई सरकारले खारेज, समायोजन (गाभ्ने) र हस्तान्तरण गर्ने प्रक्रिया थाल्ने भएको छ ।यसअघिका चार वटा अध्ययन कार्यदलको सुझाव र ‘सुशासन मार्गचित्र २०८२’ लाई आधार मानेर सरकारले तत्काल यी निकायहरूको खारेजी, हस्तान्तरण र समायोजन प्रक्रिया अघि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।सरकारले विभिन्न समिति, कोष, आयोजना, परियोजना, केन्द्र, कार्यक्रम र बोर्ड गठन गरी दल तथा प्रभावशाली व्यक्तिनिकटलाई राजनीतिक नियुक्ति दिने यस्ता सार्वजनिक निकाय खारेजीलगायतका प्रक्रियाबाट बर्सेनि अर्बौं रुपैयाँ बचत हुने सरकारको भन

    • प्रकाशित मितिः चैत १६, २०८२
    • २७१ पटक पढिएको
  • २०६२–६३ पछि को–को भए प्रधानमन्त्री, २० वर्षमा १८ जना प्रधानमन्त्री

    इटहरी ।  प्रतिनिधिसभा सदस्य चयनका लागि फागुन २१ गते भएको निर्वाचनबाट झण्डै दुई तिहाइ सिटसहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन १३ गते नयाँ सरकार गठन गरी शपथ ग्रहण भएको छ ।२०६२\०६३ को जनआन्दोलनपछिको यो २० वर्षमा धेरै सरकार बने । सामान्यतः एउटा सरकार ५ वर्ष चल्नुपर्ने हो । तर बहुमतको सरकार बन्न नसक्दा र बन्दा पनि सत्ता सञ्चालन सजिलो गरी सञ्चालन गर्न नजान्दा बनेका सरकार ढल्ने गरेका छन् । हालको सरकार झण्डै दुई तिहाइ जनादेशसहितको भएकाले पूरा अवधि टिक्ने विश्वास गर्न सकिने ठाउँ छ ।२० वर्षमा १८ सरकार२०६३ बैशाखदेखि २०८२ चैतसम्मको २० वर्षको अवधिमा १८ ओटा सरकार बनेका छन् । २०६२

    • प्रकाशित मितिः चैत १६, २०८२
    • २०१ पटक पढिएको
  • पूर्व श्रममन्त्रीलाई पराजित गरेका दीपक साह बने श्रममन्त्री

    बर्दिबासः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । उनले पूर्व श्रम मन्त्री शरतसिंह भण्डारीलाई पराजित गरेका थिए । भण्डारी १९ पटक मन्त्री भइसकेका व्यक्ति हुन् ।साहले लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’, लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन् ।महोत्तरी–२ बाट निर्वाचित नवनियुक्त मन्त्री साहले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन् ।नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्

    • प्रकाशित मितिः चैत १५, २०८२
    • २७३ पटक पढिएको
  • पूर्व सञ्चारकर्मी विक्रम तिमल्सिना बने सूचना तथा सञ्चार मन्त्री

    इटहरी ।  रेडियो सगरमाथामा सञ्चारकर्मीको रुपमा काम गरेका विक्रम तिमल्सिना सूचना तथा सञ्चारमन्त्री बनेका छन् ।नुवाकोट क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरी प्रतिनिधि सभा सांसद भएका तिमल्सिना रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा कार्यरत छन् ।नुवाकोटको पञ्चकन्या गाउँपालिका बानियाटारका ४३ वर्षीय तिमल्सिनाले अस्ट्रेलियाको ग्रेफथ विश्वविद्यालयको स्कुल अफ गभर्मेन्ट एन्ड इन्टरनेसनल रिलेशनबाट राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी गरेका छन् ।त्यस्तै, क्विन्सल्यान्ड विश्वविद्यालयबाट पनि उनले अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन् । त्रिभुवन विश्

    • प्रकाशित मितिः चैत १५, २०८२
    • २१८ पटक पढिएको
  • पूर्व ऊर्जामन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

    काठमाडौंः नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको बताइएको छ ।खड्का लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका व्यक्ति छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी स्रोतले पूर्वमन्त्री खड्का पक्राउ परेको जनाएको छ ।सरकारले हिजो नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • २०४ पटक पढिएको
  • ओली पक्राउको विरोधमा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने

    विराटचोकः पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा उत्रिएका एमालेका नेता–कार्यकर्ताहरूले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएका छन् । हिजो पनि एमाले कार्यकर्ताले देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा एक जना घाइते भएका थिए भने ७ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो ।एमाले सचिवालय बैठकको निर्णयअनुसार आज एमालेले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने र आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।शनिबार बिहान ओली पक्राउ परेपछि एमाले आन्दोलित बनेको छ ।पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले कार्यान्वयन

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १४९ पटक पढिएको
  • एमाले, नागरिक उन्मुक्ति पार्टी हुँदै रास्वपामा आबद्ध भएकी गीता चौधरी बनिन् कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री

    कञ्चनपुरः ३३ वर्षीया गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री बनेकी छिन् । कञ्चनपुरको साधारण थारू परिवारमा जन्मिएकी गीताको जीवनी सङ्घर्षले भरिएको छ ।बाल्यकाल आर्थिक अभावमा बिताएकी उनले कानुन सङ्कायमा स्नातकोत्तर गरेकी छिन् । कानुनवेत्ताका रूपमा आफ्नो छवि बनाएकी उनी दीनहीनहरूको अधिवक्तासमेत थिइन् ।आफ्नो क्षेत्रका १५० भन्दा बढी गरिब, दलित र सीमान्तकृत नागरिकलाई आइपरेको कानुनी झमेलामा उनले परामर्श दिएकी छिन् । आर्थिक रूपमा कमजोर रहेका व्यक्तिले भोगिरहेको जग्गा विवाद र घरेलु हिंसाका मुद्दामा उनले कानुनी सहायता प्रदान गरेकी थिइन् ।२०६२–०६३ को आन्दोलपछि उनी नेकपा एमालेमा आबद्

    • प्रकाशित मितिः चैत १५, २०८२
    • ३११ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल