विराटनगर - विराटनगरको सहिद रंगशालामा जारी नवौँ संस्करणको विराट गोल्डकपमा आज सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। विभागीय टोलीहरूबीचको यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल साँझ ६:३० बजे सुरु हुने आयोजकले जनाएको छ।मंगलबार राति सम्पन्न खेलमा एपीएफले भारतको शुभेदा दिल्ली फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनल यात्रा तय गरेको थियो। एपीएफको शानदार जितपछि टोली उच्च मनोबलका साथ मैदानमा उत्रनेछ।यसअघि, बुधबार राति सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले आयोजक मोरङ एफएलाई १–० गोल अन्तरले पराजित गरेको थियो।विराट गोल्डकपमा देश तथा विदेशका विभ
विराटनगर - विराटनगरमा जारी ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक मोरङ एफएबीच प्रतिस्पर्धा हुँदैछ। सहिद रंगशालामा साँझ ६:३० बजे खेल सुरु हुनेछ।मोरङ एफएले सोमबार सम्पन्न उद्घाटन खेलमा भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ। घरेलु मैदानमा आज विभागीय टोली आर्मीको सामना गर्नुपर्ने भएकाले मोरङका समर्थकहरू उत्साहित देखिएका छन्।दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। मंगलबार राति सम्पन्न खेलमा भारतको शुभेदा दिल्ली फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले स्तब्ध पा
विराटनगर– महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित हलेसी महिला सशक्तिकरण सेवा केन्द्र, विराटनगर-८ द्वारा आयोजित बेहुली जुत्ता-चप्पल बनाउने २० दिने तालिम विराटनगरमा सुरु भएको छ। उक्त तालिम २०८१ फागुन २० गतेदेखि चैत ९ गतेसम्म सञ्चालन हुनेछ।विशेष अतिथिहरूको उपस्थितितालिमको उद्घाटन समारोहमा विराटनगर महानगर प्रमुख नागेश कोइराला प्रमुख अतिथि रहेका थिए। विशिष्ट अतिथिका रूपमा न्यायधिवक्ता रूपेश कोईराला, समाजसेवी महिला नेतृहरू अमरटोल टोल विकास संस्थाकी अध्यक्ष बिन्दा कुमारी नेपाल, हाम्रो प्रयासकी अध्यक्ष सावित्रा ढकाल, उर्मिला रुपाखेती, कल्पना राउत लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।कार्यक्रमको अध
मोरङ - विराटनगरस्थित शहीद मैदानमा जारी रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङ ले संघर्षपूर्ण जित निकालेको छ। भारतको साउर्थन समिति फुटबल क्लब, कोलकाता लाई ३-२ गोल अन्तरले पराजित गर्दै मोरङ अन्तिम आठमा प्रवेश गरेको हो।रोमाञ्चक खेलको सम्पूर्ण विवरणखेलको ११औं मिनेटमा मोरङका अभिषेक गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर, चार मिनेटमै कोलकाताका सुदिप्त हाल्डेनले बराबरी गोल फर्काए। ३८औं मिनेटमा कोलकाताका अनिमेसले हेडर गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए।मोरङ पहिलो हाफमा पछि परे पनि अतिरिक्त १२औं मिनेटमा दोर्जे तामाङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा
विराटनगर – विराटनगरको साथ फुटबलको विकास" भन्ने नाराका साथ रमपम विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१ को नवौं संस्करण विराटनगरको शहीद रंगशालामा फागुन १९ गतेदेखि २८ गतेसम्म आयोजना गरिने भएको छ। आयोजक समितिले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराएको छ।१० टिमको प्रतिस्पर्धाप्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने छन्, जसमा भारतका २ टिम तथा नेपालका विभागीय टिमहरू सहित ८ टिम सहभागी हुनेछन्। खेल तालिका सार्वजनिक भइसकेको छ।१ करोड ३५ लाख खर्चको अनुमानप्रतियोगिता सम्पन्न गर्न रु. १ करोड ३५ लाख खर्च हुने अनुमान गरिएको छ। यस प्रतियोगितालाई सफल बनाउन कोशी प्रदेश सरक
पथरी शनिश्चरे– पथरी शनिश्चरे–१ स्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयले आफ्नो ३४औँ अभिभावक दिवस तथा वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा वडा अध्यक्ष भीम कुमार राई प्रमुख अतिथि र निर्देशक मदन बहादुर थापा अध्यक्ष रहेका थिए। प्रधानाध्यापक वीरेन्द्र गुरुङले शैक्षिक योजनाबारे जानकारी गराउँदा, विभिन्न तहका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरे।कार्यक्रममा दुई दशकभन्दा बढी शिक्षण सेवा गरेका पूर्व शिक्षक तुलसीराम तिम्सिनालाई सम्मान गरियो। विजयी विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरियो। शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकील
बिराटनगर – नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा.लि. को बिराटनगर शाखाले सोमबार निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ। यो नयाँ संस्करण अझ 'बोल्डर' डिजाइन, उत्कृष्ट सुरक्षा सुविधाहरू, तथा अत्याधुनिक प्रविधिसहित प्रस्तुत गरिएको छ।नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य रू. ३४.७५ लाख तोकिएको छ भने यसको उच्च भेरियन्टको मूल्य रू. ५२.९९ लाखसम्म पर्न जान्छ। यस संस्करणमा 'भिजिया', 'एक्सेन्टा', 'एन-कनेक्टा', र 'टेक्ना-प्लस' गरी चार भेरियन्ट उपलब्ध छन्। गाडीमा कुल १३ प्रकारका कन्फिगरेसनहरू रहेका छन्, जसमा 'टर्बो-पेट्रोल' र 'नेचुरली एस्पिरेटेड इञ्जिन' विकल्प उपलब
पथरी शनिश्चरे – मोरङको पञ्चायत मावि, पथरीशनिश्चरे-१ का कक्षा ११/१२ का कानुन समूहका विद्यार्थीहरूले लेटाङ नगरपालिकाको न्यायिक समितिसँग अन्तरक्रिया गरेका छन्।विद्यार्थीहरूले प्रमुख भुपेन्द्र कुमार लावती, उपप्रमुख एवं न्यायिक समितिकी संयोजक कृष्ण कुमारी निरौला पोख्रेललगायत जनप्रतिनिधिहरूसँग न्याय सम्पादन प्रक्रिया, विवाद निरूपण विधि, र कानुनी जटिलताका विषयमा जिज्ञासा राखेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदी, संयोजक जितबहादुर लामा, सदस्य पर्शुराम निरौला, योजना प्रमुख चेतनाथ गौतम, शिक्षक द्वय भूमिप्रसाद पाठक र केशव निरौला लगायतको उपस्थिति रहेको थियो।
विराटनगर, – सहकारी क्षेत्रमा देखिएको हालको संकटबारे प्रभावकारी समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई आवश्यक ज्ञान प्रदान गर्ने उद्देश्यले बिहीबार एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ विराटनगरमा आयोजित उक्त कार्यक्रममा सहकारीको सैद्धान्तिक तथा दार्शनिक अवधारणा, वित्तीय व्यवस्थापन, र यसको मूल उद्देश्यबारे जानकारी दिइएको थियो।कार्यक्रममा सहकारीका राष्ट्रिय प्रशिक्षक केशवप्रसाद पोखरेलले प्रशिक्षण प्रदान गर्दै सहकारी संस्था वचत तथा ऋण कारोबारमा मात्र सीमित नरहेको बताउँदै यसको मूल उद्देश्य सदस्यहरूलाई स्वावलम्बी बनाउनु रहेको स्पष्ट पारे। उनले सहकारीको पारदर्शिता, वित्
विराटनगर - वातावरण संरक्षण र स्वावलम्बन प्रवर्द्धन गर्ने उद्देश्यले हाम्रो प्रयास, विराटनगर-७ द्वारा आयोजित कपडाको झोला बनाउने तालिम आज सम्पन्न भएको छ। विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयको सहयोगमा फागुन ३ गतेदेखि ७ गतेसम्म साकम्बरी भवन, विराटनगर-७ मा तालिम सञ्चालन गरिएको थियो।तालिम उद्घाटन समारोहमा वडा नं. ७ का अध्यक्ष मधुबाबु तिवारी प्रमुख अतिथि रहनुभएको थियो। हाम्रो प्रयासकी अध्यक्ष सावित्री ढकाल सभापति रहनुभएको उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा पूर्व प्रमुख न्यायाधिवक्ता अधिवक्ता रुपेश कोइराला, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, नेपाल पत