-    प्रदीप चापागाईं 

विराटनगर  - महिला उद्यमी महासंघ नेपालले आफ्नो सेवा विस्तार र संगठनलाई थप सशक्त बनाउने उद्देश्यसहित प्रदेशस्तरीय संरचना निर्माण सुरु गरेको छ। यस क्रममा सोमबार कोशी प्रदेश कमिटीको औपचारिक गठन गरिएको छ।

कृति श्रेष्ठ उपाध्यायको अध्यक्षतामा ९ सदस्यीय महिला उद्यमी महासंघ कोशी गठन भएको छ। नवगठित कमिटीमा उपाध्यक्ष सुशीला सापकोटा, सचिव सपना रिजाल, कोषाध्यक्ष श्रद्धा तामाङ रहेका छन्। त्यस्तै सदस्यमा सुस्मा पौडेल, तारा बास्कोटा, चन्दा लिम्बू, माया गुरूङ र नीलम भट्टराई चयन भएका छन्।

महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले नव निर्वाचित पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको शपथ गराउँदै प्रमाणपत्र वितरण गरिन्। कार्यक्रममा उनले महिला उद्यमशीलता प्रवर्द्धन, क्षमता अभिवृद्धि र प्रदेशस्तरमै सक्रिय कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिन्।

महिला उद्यमी महासंघ नेपालले देशभरका महिला उद्यमीलाई व्यवसायिक अवसर, तालिम तथा नेटवर्किङका माध्यमबाट सशक्त बनाउन विभिन्न गतिविधि गर्दै आएको छ।