All Posts By इटहरी खबर संवाददाता

    Showing १२१-१३० of ३,०८० items.
  • विश्वभर आज १३ औँ विश्व रेडियो दिवस मनाइँदै

     ‘रेडियोले बदलिँदो विश्वलाई जोड्दै’ नाराका साथ आज विश्वभर १३औँ विश्व रेडियो दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा जलवायु परिवर्तनका असरबारे सचेतना फैलाउने उद्देश्यले यो दिवस विशेष कार्यक्रमसहित मनाइँदैछ।सन् २०११ मा युनेस्कोका सदस्य राष्ट्रहरूले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय रेडियो दिवसका रूपमा मनाउने प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले २०१२ मा अनुमोदन गरेपछि औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।रेडियो आमसञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ, जसले समाजका विविधतासहित एकता कायम गर्न,

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ३८६ पटक पढिएको
  • गृह मन्त्रालयद्वारा ‘नो केबलकार’ आन्दोलनरत पक्षलाई वार्ताको आह्वान

    गृह मन्त्रालयले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङमा निर्माणाधीन केबलकार परियोजनाविरुद्ध आन्दोलनरत पक्षलाई पुन: वार्तामा आउन आह्वान गरेको छ।बुधबार वार्ता समिति संयोजक तथा गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै संघर्षरत समूहलाई वार्तामा बस्न अनुरोध गरेका हुन्।पाथिभरा केवलकार विवाद: सरकारद्वारा वार्ता टोली गठन, समाधानका लागि आग्रह पाथिभरा क्षेत्रको केवलकार निर्माण क्रममा देखिएको समस्या समाधानका लागि सरकारद्वारा गठित वार्ता टोलीले आन्दोलनरत पक्षलाई संवादमार्फत समाधान खोज्न आग्रह गरेको छ।गृह मन्त्रालयद्वारा गठन गरिएको वार्ता टोली र आन्दोलनरत पक्षबीच गत माघ २२ गते छलफ

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ३६१ पटक पढिएको
  • कोशी प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुली भ्रष्टाचारी ठहर, ६ वर्ष कैद र एक करोड २२ लाख जरिवाना

     कोशी प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। सर्वोच्च अदालतले पशुपतिको जग्गामा अवैध रूपमा बालुवाखानी सञ्चालन गर्न अनुमति दिएको अभियोगमा उनलाई दोषी ठहर गर्दै ६ वर्ष कैद सजाय र ६२ लाख ३७ हजार रुपैयाँ बिगो कायम गरेको छ। साथै, सोही रकम दोब्बर जरिवाना हुने गरी एक करोड २२ लाख रुपैयाँ जरिवाना तोकिएको छ।उक्त मुद्दामा नेकपा एमालेका नेता निर्मल कुइँकेलसहित ९ जनालाई पनि सर्वोच्च अदालतले दोषी ठहर गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलाशले विशेष अदालतको निर्णय उल्ट्याउँदै पराजुलीसहित सबै अभियुक्तलाई दोषी ठहर गरेको हो।के थियो मुद्दा?पराजुली

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • ४५२ पटक पढिएको
  • प्रेस चौतारी नेपाल कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी, ४९ सदस्यीय कार्यसमिति निर्वाचित

    मोरङ - विराटनगरमा बुधबार सम्पन्न प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोश्रो प्रदेश अधिवेशनले सुमन पुरीलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ। उनीसँगै ४९ सदस्यीय कार्यसमितिको चयन पनि निर्विरोध सम्पन्न भएको छ। कार्यसमितिमा उपाध्यक्ष युवराज विवश, महिला उपाध्यक्ष ज्योति चौहान, महासचिव बाबुराम भण्डारी र कोषाध्यक्ष विशाल नेम्वाङ निर्वाचित भएका छन्। सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती चयन भएका छन्।

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • ५०२ पटक पढिएको
  • शंखरापुरमा स्कुल बस दुर्घटना : ३ को मृत्यु, ४० घाइते

    काठमाडौ– काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।चाबहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा विद्यार्थी, शिक्षक र अभिभावक सवार थिए।प्रहरीका अनुसार नगरकोटमा बनभोज खाएर साँखुतर्फ फर्किंदै गरेको बस साँझ ४:५० बजे दुर्घटनामा परेको हो। दुर्घटनाका कारण बस सडकबाट खस्दा गम्भीर क्षति भएको छ।घटनापछि स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य जारी छ। घाइतेलाई काठमाडौंका विभिन्न अस्पत

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • ३३४ पटक पढिएको
  • नेपाल हिन्दुराष्ट्र बन्न सक्छ वा सक्दैन : देउवा

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल हिन्दु राष्ट्र बन्न सक्ने वा नसक्नेबारे निश्चित नभएको बताएका छन्। पूर्वमन्त्री एवं विश्व हिन्दु महासंघका पूर्वअध्यक्ष डा. रामचन्द्र अधिकारीको आत्मवृत्तान्त पुस्तक विमोचन गर्दै देउवाले अधिकारीलाई हिन्दु राष्ट्र बनाउने अभियानमा साथ दिन आग्रह गरे। उनले अधिकारीको अनुभव देशका लागि उपयोगी हुने बताए।

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • २७८ पटक पढिएको
  • मेईटु पेन्ट्स नेपालद्वारा दुई जना पेन्टरलाई स्कुटर र वासिङ मेसिन प्रदान

    पथरी शनिश्चरे - मेइटु पेन्ट्सको डिलर्स खुशी श्री ट्रेडर्स पथरी शनिश्चरे १ मोरङले पुरस्कार प्रदान गरेकोे हो । पथरी शनिश्चरे १ फुलबारी चोकका पेन्टर्स हिमाल लिम्बुलाई स्कुटर र पथरी शनिश्चरे -२ सिर्जना चोकका बिरेन मगरलाई वासिङ मेसिन प्राप्त गरेका छन् । बिगत ४ वर्षदेखि  पेन्टरको काम गरिरहेका लिम्बु र मगरलाई मेंइटु पेन्ट्सका सय बढी डिलरहरूमध्ये  गोलाप्रथाद्वारा  छनौट भएका पेन्ट्सहरू दुई जनालाई  स्कुटर र वासिङ मेसिन प्रदान गरिएको खुशी श्री ट्रेडर्सका संचालक ऋषि चाैलागाई बताएका छन् ।Meitu paints  नेपालको मोरङ पथरी शनिश्चरेको लागि आधिकारिक विक्रेता खुशी श्री ट्रेडर्सक

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • ४५२ पटक पढिएको
  • पतञ्जलि योग शिक्षक प्रशिक्षणको दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न

     मोरङ –"गरौँ योग, रहौँ निरोग" भन्ने नाराका साथ पतञ्जलि योग महानगर समिति बिराटनगर र महेन्द्रेश्वर शिवालय योग साधना केन्द्र, बिराटनगर वडा नं. १ को संयुक्त आयोजनामा २२औं सह-योग शिक्षक प्रशिक्षण तालिमको दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ।समारोहमा पतञ्जलि योग पीठ नेपालकी आजीवन सदस्य तथा महानगर समिति बिराटनगरकी अध्यक्ष शिल्पा प्याकुरेलको सभापतित्व रहेको थियो। प्रमुख अतिथि बिराटनगर महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष काजी बहादुर बस्नेत रहनुभएको थियो भने कार्यक्रमको सहजीकरण महामन्त्री प्रलाद प्रसाद दङाल ले गर्नुभएको थियो।३४ जना नयाँ योग शिक्षक तयार२२ दिनसम्म चलेको प्रशिक्षण कार्यक्रमबाट

    • प्रकाशित मितिः माघ २८, २०८१
    • २८५ पटक पढिएको
  • हसन्दहमा सार्वजनिक सुनुवाई कार्यक्रम

    पथरी शनिश्चरे - पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा सार्वजानिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आज वडा नं. ५ र ६ को पायक पर्ने स्थान हसन्दह बजारमा आयोजना गरिएको सार्वजानिक सुनुवाई कार्यक्रममा विशेषतः नगरको विकास निर्माण, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्वन्धित सवालहरु उठेका थिए । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरवासीको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । इङ्घङ मिडिया प्रा.लि.को सहकार्यमा भएको सो कार्यक्रममा उठेका सवालहरु जवाफ नगर प्रमुख मोहनप्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई र स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले दिनुभएको थियो । प्रमु

    • प्रकाशित मितिः माघ २८, २०८१
    • ४३४ पटक पढिएको
  • छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०८१ सम्पन्न

    पथरी शनिश्चरे -  पथरी शनिश्चरे नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१  सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ वडा नं. १ को सुनाखरी माध्यमिक विद्यालयमा तीन दिवसीय प्रतियोगिता आयोजना भएको हो। पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले एक समारोहका बीच नगरभित्रका विभिन्न विद्यालयहरुबाट विभिन्न विधाहरूमा विजयी छात्र छात्राहरूलाई पुरस्कृत गर्नुभएको थियो। पथरिशनिश्चरे वडा नं ८ को बुद्ध मावि पुनः नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन बनेको छ।गत वर्ष नगरस्तरीय राष्ट्रप

    • प्रकाशित मितिः माघ २८, २०८१
    • ५५२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल