इटहरी - तिहारको अवसर पारेर इटहरीमा टीभीएसको विशेष सवारी मेला आयोजना गरिएको छ । जगदम्बा मोटर्सको आधिकारिक विक्रेता पारस अटोमोबाइल्सले ‘अचम्मैको महाएक्सचेञ्ज’ नाम दिएर सञ्चालन गरेको मेला कात्तिक १६ देखि सुरु भइ कात्तिक २३ गतेसम्म चल्नेछ ।इटहरीको राजस्व ढाटमा सञ्चालन भइरहेको मेलामा टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद, पुराना सवारीसाधनको सट्टापट्टा र परीक्षण सवारीको सुविधा उपलब्ध रहेको आयोजकले जनाएको छ ।मेलाका अवसरमा टीभीएसका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट पाउन सक्नेछन् । यसका साथै विभिन्न योजनाअन्तर्गत ‘गोल्डेन की’ जित्ने र शतप्रतिशतस
इटहरी - किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३१औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ। स्थापना दिवसका अवसरमा संस्थाले सहकारी, सञ्चार, कृषि, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्ति, सदस्य, कर्मचारी र संस्थाहरूलाई २३ विधामा नगद पुरस्कारसहित सम्मान तथा पुरस्कृत गरेको छ।कार्तिक १३ गते आयोजित समारोह संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता तथा नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न विधामा १०० जनाभन्दा बढी सदस्य, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू सम
काठमाडौं - महिला हिंसा, बालबालिकामाथि हुने दुर्व्यवहार तथा विभिन्न प्रकारका अपराध नियन्त्रणमा नेपाल प्रहरीले खेलेको भूमिकाको सरकारले प्रशंसा गरेको छ। सरकारसँगको समन्वय र सहकार्यमा महिला, बालबालिका तथा सीमान्तकृत समुदायको अधिकार संरक्षण, सुरक्षा र न्यायमा पहुँच अभिवृद्धि गर्न प्रहरीले गरिरहेका कामलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच बुधबार मन्त्रालयमा भएको भेटवार्तामा अपराध नियन्त्रण, पीडितको संरक्षण र कानुनी न्याय सुनिश्चित गर्ने विषयमा छलफल भए
सोलुखुम्बु - प्रदेश लेखा इकाई कार्यालय ओखलढुंगाका कार्यालय प्रमुख तथा वरिष्ठ लेखा अधिकृत आठौँ तहका पृथ्वीमान लिम्बुले मेरापिक हिमालको सफल आरोहण गरेका छन्। निजी प्रयासमा मेरापिक आरोहण गर्ने नेपालकै पहिलो अधिकृत कर्मचारीका रूपमा उनले यो उपलब्धि हासिल गरेका हुन्।लिम्बु सन् २०२६ अक्टोबर १८ आइतबार बिहान ७:१० बजे ६ हजार ४७० मिटर उचाइको मेरापिक हिमालको चुचुरोमा पुगेका हुन्। उनी बिहान ३:०५ बजे ५ हजार ८०० मिटर उचाइमा रहेको उच्च शिविरबाट आरोहणमा निस्किएका थिए। करिब चार घण्टामा चुचुरो पुगेका उनले आरोहणका लागि व्यक्तिगत रूपमा करिब १० लाख रुपैयाँ खर्च गरेका छन्। आरोहण व्यवस्थापनमा एटलस अल्पाइन एक्सपि
इटहरी - इटहरीको राजस्व ढाटमा सञ्चालन भइरहेको टीभीएसको ‘अचम्मैको महाएक्सचेञ्ज’ मेला भोलि असोज ३१ गते समापन हुँदैछ । मेलामा हालसम्म ७५ वटाभन्दा बढी बाइक तथा स्कुटी बिक्री तथा साटिएका छन् ।पारस अटोमोबाइल्सका सञ्चालक लीलानाथ लुइँटेलका अनुसार हालसम्म ४५ वटा बाइक तथा स्कुटी नगदमा बिक्री भएका छन् भने ३० वटा पुराना सवारीसाधनसँग साटिएका छन् । उनले मेलामा ग्राहकको उत्साहजनक सहभागिता रहेको बताए ।असोज २१ गतेदेखि सञ्चालन भइरहेको मेलामा टीभीएसका विभिन्नमोडलका बाइक तथा स्कुटी खरिदमा १० लाख रुपैयाँसम्म नगद छुट, ‘गोल्डेन की’, क्यासब्याक तथा अन्य उपहारको अवसर उपलब्ध छ । विद्युतीय स्कुटी खरिदमा १० हजार रुप
इटहरी - दशैंको चहलपहलसँगै नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै इटहरीमा सञ्चालन भइरहेको टीभीएसको ‘अचम्मैको महाएक्सचेञ्ज’ मेलामा ग्राहकको उत्साहजनक सहभागिता देखिएको छ ।पारस अटोमोबाइल्सले आयोजना गरेको मेलामा आज असोज २४ गते एकै दिन २० वटा बाइक तथा स्कुटी एक्सचेञ्ज तथा बिक्री भएका छन् ।पारस अटोमोबाइल्सका सञ्चालक लीलानाथ लुइँटेलका अनुसार दशैंको अवसरमा सञ्चालन गरिएको मेलामा ग्राहकको उत्साहजनक सहभागिता देखिएको छ । ग्राहकले नयाँ सवारीसाधन खरिद गर्नुका साथै पुराना बाइक तथा स्कुटी साटेर नयाँ सवारीसाधन लैजाने क्रम पनि बढेको उनले बताए ।इटहरीको राजस्व ढाटमा असोज २१ गतेदेखि सुरु भएको मेला असोज ३१
इटहरी । इटहरीमा रहेको भरोसा एजुकेसन कन्सल्टेन्सीमा अध्ययन गरी जापानको भिसा प्राप्त गरेका ८ जना विद्यार्थीलाई आज एक कार्यक्रमबीच बिदाइ गरिएको छ। विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आयोजित कार्यक्रममा उनीहरूलाई सफलताको शुभकामना दिइएको हो।कार्यक्रममा सीबी कलेज इटहरीका अध्यक्ष देशबन्धु कार्की प्रमुख अतिथि थिए। आफू पनि लामो समय अस्ट्रेलियामा बसेर नेपाल फर्किएको अनुभव सुनाउँदै कार्कीले विदेशमा अध्ययन तथा काम गर्दा मेहनत, अनुशासन र सीपलाई प्राथमिकता दिन विद्यार्थीहरूलाई सुझाव दिए। अहिले आफू इटहरीमै व्यवसायमा सक्रिय रहेको बताउँदै उनले विदेशमा सिकेको ज्ञान र अनुभवलाई भविष्यमा आफ्नै देशमा उपयोग
इटहरी । नेपाली कांग्रेसको संगठनभित्र नयाँ पुस्ताको सहभागिता र नेतृत्व हस्तान्तरणको बहस तीव्र भइरहेका बेला सुनसरीमा २५ वर्षीय युवा नेता सुमन रेग्मीले आफूलाई पुस्तान्तरणको अभियानसँग जोड्दै सक्रिय राजनीतिक यात्रा अघि बढाएका छन्। युवा पुस्ताको आवाज पार्टीको निर्णय प्रक्रियामा स्थापित हुनुपर्ने धारणा राख्दै रेग्मीले सुनसरी क्षेत्र नं. २ को सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।सानै उमेरमा पार्टी संगठन र लोकतान्त्रिक गतिविधिमा सक्रिय हुँदै आएका रेग्मी पछिल्लो समय सुनसरी कांग्रेसमा नयाँ पुस्ताको प्रतिनिधिका रूपमा चर्चामा छन्। उनी डेमोक्रेटिक जेन्जी सुनसरी क्षेत्र नं. २(क) का संयोजक समेत हुन्। जेन्जी प
इटहरी - युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीमा आगामी असोज १४ देखि २० गतेसम्म ‘सीप तथा रोजगार मेला–२०८३’ आयोजना हुने भएको छ।‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नारासहित आयोजना हुने मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत १० वटा विधाका ६५ वटा स्टल रहनेछन्। मेलामार्फत सीपयुक्त जनशक्ति र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।यसैबीच, सुन्दरहरैँचा नगरपालिकाले नगर क्षेत्रका सीप तथा रोजगारीको खोजीमा रहेका युवा तथा रोजगारदातालाई मेलामा सहभागी हुन आग्रह गरेको छ। नगरपालिकाका रोजगार संयोजक दिनेश घिमिरेले मेलामा सहभागी भई उपलब्ध रोजग
इटहरी - नेपाल भ्रमणमा रहनुभएका जापानको Chiyoda International Language Academy का प्राध्यापक ओहाता रियोन (Ohata Rion) लाई इटहरीस्थित भरोसा एजुकेसन कन्सल्टेन्सीले विशेष स्वागत तथा सम्मान गरेको छ। उहाँ सँगै अनुपा खवासलाइ समेत कन्सल्टेन्सीमा स्वागत गरिएको हो भरोसा एजुकेसन कन्सल्टेन्सीका सञ्चालक धनबहादुर पुरीले प्राध्यापक ओहाता रियोनलाई स्वागत गर्दै नेपाल र जापानबीचको शैक्षिक सम्बन्धलाई थप मजबुत बनाउन यस्ता भेटघाट र सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो।जापानमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई जापानी भाषा, उच्च शिक्षा तथा करियरका अवसरबारे सही परामर्श र मार्गदर्शन प्रदान गर्दै आएको भरो