इटहरी । भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले ३०० रुपैयाँको सामान खरिद गरेर १० लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

श्रेष्ठले श्री च्युरा तथा राइस मिलबाट सामान खरिद गरेका थिए । सरकारले गत कात्तिक १६ देखि मसान्तसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत उनी विजेता बनेका हुन् ।

राष्ट्रिय कर दिवसका अवसरमा नयाँ विजेता घोषणा गरिएको हो । कार्यक्रममा यसअघिका विजेता सन्चमाया तामाङ र गौरीशंकर पण्डितलाई पनि सम्मान गरिएको थियो ।