काठमाडौंः नेपाली कांग्रेसको सभापति पदमा काठमाडौंका श्यामकृष्ण खड्गीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
आज दिउँसो निर्वाचन समितिमा पुगेर खड्गीले सभापति पदमा उम्मेद्वारी दर्ता गराउनुभएको हो ।
सोमबार मात्रै सभापति पदमा उम्मेद्वारी घोषणा गरेका खड्गी काठमाडौं क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
पूर्व शिक्षक खड्गी ४ दशक अघिदेखि नेपाली कांग्रेसमा क्रियाशील छन् ।


















