इटहरीः आज दुई घण्टाको अवधिमा १ अर्ब ३६ करोड ७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । बजार खुलेको शुरुको १५ मिनेट अर्थात् सवा ११ बजेसम्म रातो रङले पोतिएको बजार त्यसपछि हरियो रङले पोतिएको छ । 

अहिले बजार झण्डै ९ अंक बढेर २५७५ बिन्दुको आसपासमा रहेर बजारमा शेयर किनबेच भइरहेको छ । 


२ घण्टाको अवधिमा आज पनि घलेम्दी हाइड्रो उच्च कारोबार भएको छ । त्यसपछि उच्च कारोबार गर्नेमा लिबर्टी इनर्जी र हिमाल दोलखा हाइड्रोपावर रहेका छन् । 


सिक्लेस हाइड्रोपावर, लिबर्टी इनर्जी, भगवती हाइड्रो उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् । 


सिवाइसी नेपाल लघुवित्त उच्च मूल्य घट्ने कम्पनीमा परेको छ ।