इटहरीः आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 


आज चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।