इटहरी । आज बजार खुलेदेखि नै शेयर बजार नकारात्मक देखिएको छ । प्रि ओपनदेखि नै घटेको बजार कारोबार हुने आधा समय बित्दा पनि हरियो हुन नसकेको हो । दुई घण्टाको अवधिमा बजार साढे १३ अंक घटेर २५७४ को आसापासमा रहेर कारोबार भइरहेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार २ घण्टाको अवधिमा १ अर्ब २१ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावरको ११ करोड २१ लाख ११ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।
घटेको बजारमा सामुहिक लगानी कोष र डिबेञ्चर उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् ।
सिन्धु विकास बैंकको सर्वाधिक ४ दशमलव ८९ प्रतिशत शेयरमूल्य घटेको छ ।


















