काठमाडौंः नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै लामिछानेले कांग्रेसले पार्टीप्रतिको निष्ठालाई महत्त्व दिएको भए, समानुपातिक प्रतिनिधित्वलाई व्यवहारमा उतारेको भए र युवा नेतृत्वलाई समयमै अवसर दिएको भए आफू पनि कांग्रेस हुन सक्ने बताएका छन्।


‘मै पनि कांग्रेस हुन्थेँ होला’, उनले भने, ‘यदि कांग्रेसले बेलैमा पार्टीको निष्ठालाई पुँजी मान्नेहरूलाई महत्त्व दिएको भए, न कि भौतिक पुँजी भएकाहरूलाई महत्त्व नदिएको भए, मै पनि कांग्रेस हुन्थेँ होला।’


कांग्रेसले दुर्गम र पिछडिएको क्षेत्रका मानिसलाई समानुपातिक प्रतिनिधित्वका नाममा अवसर दिने कुरा गरे पनि टिकट वितरणमा सबभन्दा अगाडि र धेरै अवसर पाएका मानिसलाई प्राथमिकता दिएको उनको टिप्पणी थियो।


‘मै पनि कांग्रेस हुन्थेँ होला यदि कांग्रेसले दुर्गमको दुरदराजको पिछडिएको क्षेत्रको मान्छेलाई समानुपातिक भनिरहँदा सबभन्दा अगाडि र सबभन्दा बढी अवसर पाएका मान्छेलाई टिकट वितरणमा प्राथमिकता नदिएको भए,’ उनले भने।