सलकपुरः मोरङको सुन्दरहरैंचा–८ सलकपुरमा आजदेखि सोमबारसम्म ‘सलकपुर कला उत्सव २०८३’ आयोजना हुने भएको छ ।

शिल्पी नाट्य केन्द्रको आयोजनामा हुने उत्सवमा नाटक, कविता, गजल, रेडियो नाटक तथा सांगीतिक प्रस्तुतिलगायतका कार्यक्रम हुने भएका हुन् ।

उत्सवअन्तर्गत आज बिहान ८ बजे ११ बजे र २ बजे ‘चचहुई’ शीर्षकको रेडियो नाटक प्रस्तुत गरिने भएको छ । विद्यार्थीकेन्द्रित ती नाटक हेर्न विद्यालयका विद्यार्थीको उल्लेख्य सहभागिता हुने जनाइएको छ ।

आज बेलुका ४ बजे उद्घाटन समारोह हुने र साढे ४ बजे ‘म कहाँ हराएँ’ नाटक मञ्चन हुने आयोजकले जनाएको छ ।

भोलि असोज १७ गते शनिबार दिउँसो ३ बजे ‘भुल्ेकमा कविता’ अन्तर्गत १० जना कविका कविता वाचन हुने र साँझ साढे ४ बजे ‘म कहाँ हराएँ’ नाटक प्रस्तुत गरिने भएको छ ।

भोलि साँझ ४ बजे ‘म कहाँ हराएँ’ नाटक प्रस्तुत हुने र ५ बजे ‘जंगलमा गजल’ कार्यक्रम आयोजना हुने जनाइएको छ ।

उत्सवको अन्तिम दिन सोमबार बिहान ८ र ११ बजे तथा दिउँसो २ बजे विद्यार्थीलक्षित ‘चचहुई’ नाटक मञ्चन हुने भएको छ ।

साँझ ५ बजे झुमा लिम्बू एन्ड रैथाने ब्यान्डको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

सबै कार्यक्रम शिल्पी नाट्य केन्द्र, सुन्दरहरैंचा–८, सलकपुरमा आयोजना हुने शिल्पी नाट्य केन्द्रका निर्देशक घिमिरे युवराजले बताउनुभयो ।

नाटक, कविता, गीत, गजल तथा चित्रकलासहितका विभिन्न प्रस्तुति रहने उत्सवमा विदेशी कलाकारसमेत सहभागी हुने उहाँले जानकारी दिनुभयो ।