इटहरी । लगातार छैटौँ दिन शेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२६ प्रतिशत अर्थात ७.२५ अंकले बढेर २ हजार ७२६.४९ विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३४३ स्टकको १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर ७५ हजार १० पटक किनबेच हुँदा ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँको शेयर किनबेच भएको हो । हिजो ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाउँदा व्यापार समूह सर्वाधिक अर्थात् २.८८ प्रतिशतले बढेको छ । सामूहिक लगानी कोष समूह सर्वाधिक अर्थात ०.७१ प्रतिशतले घटेको छ ।
उच्च कारोबार गर्ने रिडी, उच्च मूल्य बढ्ने एभरेष्ट कलर
कारोबार रकम बढेको बजारमा आज रिडी पावर कम्पनीको सर्वाधिक ५५ करोड ७७ लाख ५० हजार ७५४ रुपैयाँको शेयर किनबेच भएको छ । आँखुखोला जलविद्युत, रिलायन्स स्पीनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
हालै दोस्रो बजारमा सूचीकृत भएको एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य आज १५ प्रतिशतले बढेको छ । कालंगा हाईड्रोको शेयरमूल्य ७.५० प्रतिशत, बोटलर्स नेपाल बालाजुको ७.४२ र सानिगाड हाईड्रोको सेयरमूल्य ६.५६ प्रतिशतले बढेको छ ।
बजार बढे पनि कर्पोरेट डेभलपमेन्ट बैंकको सशयरमूल्य सर्वाधिक अर्थात ६.५४ प्रतिशतले घट्दा भुजुङ हाईड्रोको शेयरमूल्य ४.५८ प्रतिशत र चिरख्वा हाईड्रोको शेयरमूल्य ४.४४ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ८५ अर्ब ६७ करोड १३ लाख ३० हजार ८०१ रुपैयाँ कायम भएको छ ।


















