केराबारीः केराबारी गाउँपालिकामा अन्य पालिकाबाट विद्यालय बस आएर विद्यार्थी लाने गरेकाले त्यस्ता विद्यालय बसलाई केराबारी प्रवेशमा रोक लगाउन स्थानीयले माग गरेका छन् ।

केराबारी गाउँपालिकाका सार्वजनिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सरोकारवालाहरू एकजुट भएर गाउँपालिकामा ज्ञापनपत्र बुझाएर बाहिरी पालिकाका विद्यालय बस केराबारी प्रवेशमा रोक लगाउन माग गरेका हुन् ।

केराबारीबाट छिमेकीहरु सुनसरीको धरान उपमहानगरपालिका तथा मोरङको सुन्दरहरैंचा नगरपालिकामा सञ्चालित विद्यालयले विद्यार्थी ओसार्ने गरेका छन् ।

केराबारीको शैक्षिक स्तर सुधार गर्न यस्तो पहल आवश्यक भएको हुनाले ज्ञापनपत्र बुझाइएको बताइएको छ ।

केराबारी गाउँपालिकाले भने सबै पक्षसँग छलफल गरेर मात्रै निर्णय गरिने जनाएको छ ।