इटहरी - नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. द्वारा आयोजित “टिभिएस एक्सचेञ्ज म्यानिया” मेला भोलि (शुक्रबार) सम्पन्न हुने भएको छ।

इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा चैत १ गतेदेखि सञ्चालनमा रहेको उक्त मेलामा पाँचौँ दिनसम्म ९० भन्दा बढी सवारीसाधन बिक्री भइसकेका छन्। पुराना सवारीसाधन साटेर नयाँ खरिद गर्ने ग्राहकको उल्लेख्य सहभागिता देखिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार, जुनसुकै कम्पनीका पुराना बाइक ल्याउने ग्राहकले उच्चतम मूल्याङ्कन, विशेष छुट, सहज किस्ताबन्दी सुविधा तथा इन्जिनमा आजीवन वारेन्टी पाउने व्यवस्था गरिएको छ। पुराना सवारीको मूल्याङ्कनका लागि अनुभवी भ्यालुएटर परिचालन गरिएको छ, जसबाट पारदर्शी तथा विश्वसनीय मूल्य निर्धारण भइरहेको बताइएको छ।

IMG-20260319-WA0002

मेलामा सहभागी ग्राहकहरूले बजार मूल्यभन्दा सहुलियत दरमा नयाँ सवारीसाधन खरिद गर्न पाउँदा सन्तुष्टि व्यक्त गरेका छन्। साथै, आकर्षक उपहार प्याकेजले समेत ग्राहकको आकर्षण बढाएको छ।

इटहरी, धरान, इनरुवा र दुहबी लगायत पूर्वी क्षेत्रका ग्राहकका लागि उक्त मेला विशेष अवसरका रूपमा देखिएको छ। आयोजकले भोलि अन्तिम दिन भएकाले इच्छुक ग्राहकलाई समयमै उपस्थित भई उपलब्ध सुविधाको लाभ लिन आग्रह गरेको छ।