सुनसरी - इटहरीमा जारी टिभिएस मोटरसाइकल तथा स्कुटरको एक्सचेञ्ज मेला उत्साहजनक बनेको छ। मेलाको तेस्रो दिनसम्म ४५ भन्दा बढी मोटरसाइकल र स्कुटर बिक्री भएका छन्।
जगदम्बा मोटर्सको आयोजनामा इटहरी राजस्वढाट स्थित पारस अटोमोवाइल्समा सञ्चालन भइरहेको मेलामा लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट र विशेष छुटको व्यवस्था गरिएको छ।
साथै, जुनसुकै ब्रान्डका पुराना सवारी साटफेर गरी नयाँ टिभिएस खरिद गर्ने सुविधा समेत रहेकाले ग्राहकको आकर्षण बढेको आयोजकले जनाएको छ।


















