इटहरी - इटहरीमा सञ्चालन भइरहेको मोटरसाइकल तथा स्कुटी साटफेर मेलाको पहिलो दिनमै १७ बाइक र स्कुटी बिक्री भएका छन्। जगदम्बा मोटर्सको आयोजनामा इटहरी पश्चिम लाइन, राजस्व ढाँट स्थित पारस अटोमोवाइल्समा मेला सुरु भएको हो।

IMG-20260315-WA0011

मेलामा लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट, विशेष छुट र पुराना सवारीसाधन साटफेरको सुविधा उपलब्ध गराइएको आयोजकले जनाएको छ। आकर्षक अफरका कारण मेलामा ग्राहकको उत्साहजनक सहभागिता देखिएको छ।