इटहरी ।  फागुन २१ गते भएको निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा बाजुराबाट नेपाली कांग्रेसका जनकराज गिरी १७ हजार १७३ मत ल्याएर विजयी हुनुभएको छ ।

अन्तिम मत परिणामअनुसार गिरीका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजा ६३३ मत ल्याउनुभएको छ ।

रास्वपाका हेमराज थापाले ६ हजार ३५ र नेपाली कम्युनिष्ट पार्टीका प्रकाशबहादुर शाहले ३ हजार ४२८ मत ल्याउनुभएको छ ।

बाँकी उम्मेद्वारले ३३५ भन्दा कम मत ल्याउनुभएको छ ।

गत निर्वाचनमा सो बाजुराबाट नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे ३१ हजार ७८६ मत ल्याएर विजयी हुनुभएको थियो ।