इटहरी ।  ५९ हजार २७७ मतसहित चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेद्वार सोविता गौतम विजयी भएकी छिन् । यो मत हालसम्मका विजयी उम्मेद्वारले पाएको मतमध्ये सबैभन्दा धेरै हो ।

यो अहिलेसम्मकै सर्वाधिक मतको जीत हो । गौतमकी निकटतम प्रतिष्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६६२ छ । बाँकी उम्मेद्वारको जमानत जफत भएको छ ।

पराजित भएपछि फेसबुकमा स्टाटस लेखेर सोवितालाई रेनुलाई बधाई दिँदै चितवनवासीको मन जिते पनि मत जित्न नसकेको बताएकी छिन् ।

नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३४४ र एमाले उम्मेद्वार शंकरराज थपलिया ५ हजार ४ मत ल्याएका छन् ।

गत निर्वाचनमा यो क्षेत्रबाट राप्रपाका विक्रम पाण्डे ३५ हजार ६० मत ल्याएर विजयी भएका थिए । यसपटक राप्रपाका उम्मेदवार दीपक थापा मगरले जम्मा १ हजार २२६ मत मात्रै ल्याए ।

बाँकी उम्मेद्वारले ७०० मत कटाउन सकेनन् ।