सुनसरी -पत्रकार तथा लेखक विराट अनुपमद्वारा लिखित पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ राजधानीमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ। विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्।
प्रकाशक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले पुस्तकलाई ऐतिहासिक राजनीतिक दस्ताबेजको संज्ञा दिएका छन्। शिलापत्र डटकमका सम्पादक योगेश ढकालले विस्तृत तथ्यांक र नवीन सामग्री समेटिएको उल्लेख गर्दै यसलाई पठनयोग्य कृति बताएका छन्।
लेखक अनुपमका अनुसार पुस्तकमा १०९ वटै निर्वाचन क्षेत्रको नतिजा, राजनीतिक दलका घोषणापत्र तथा बीपी कोइराला र राजा महेन्द्रबीचको सम्बन्धलगायत विषय समावेश छन्।


















