स्वास्थ्य

    Showing १-१० of २१२ items.
  • इटहरीको कोशी डेन्टल हस्पिटलमा आगलागीबाट लाखौँको क्षति

    इटहरीः हिजो साँझ सुनसरीको इटहरीस्थित कोशी डेन्टल हस्पिटलमा भएका आगलागीमा जलेर अस्पताल पूर्ण रूपमा नष्ट भएको छ ।साँझपख भएको आगलागी तीव्र रूपमा फैलिँदा हस्पिटलको भवन तथा भित्र रहेका सामग्रीहरू जलेर नष्ट भएका छन् । आगलागीबाट लाखौँको क्षति भएको पूर्वानुमान गरिएको छ ।आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र इटहरी उपमहानगरपालिकाको नगर प्रहरी सक्रिय रूपमा परिचालित भएका थिए । आगलागी हुनुको कारण खुल्न सकेको छैन ।घटनाबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ । 

    • प्रकाशित मितिः मंसिर १३, २०८३
    • ४६ पटक पढिएको
  • पूर्वाञ्चल विश्वविद्यालयले मनायो विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह

    गोठगाउँः एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग नियन्त्रण गर्दै औषधिप्रति सूक्ष्मजीवमा बढ्दै गएको प्रतिरोध सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ मेडिसिनले विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह–२०२६ मनाएको छ ।नोभेम्बर १८ देखि २४ सम्म विश्वभर मनाइने उक्त सप्ताहका अवसरमा विश्वविद्यालयले विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरेको हो । कार्यक्रममा एमबीबीएसका विद्यार्थी, प्राध्यापक तथा विभिन्न शैक्षिक विभागका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ मेडिसिनअन्तर्गत क्लिनिकल फार्माकोलोजी एन्ड थेराप्युटिक्स विभाग र माइक्रोब

    • प्रकाशित मितिः मंसिर ११, २०८३
    • ३५ पटक पढिएको
  • नेपालीको औसत आयु, पुग्यो ७३.५ वर्ष

    काठमाडौं । विगत तीन दशकको अवधिमा नेपालीको औसत आयुमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नोभेम्बर २०२६ मा सार्वजनिक गरेको प्राविधिक प्रतिवेदनअनुसार सन् १९९० देखि २०२३ सम्मको ३३ वर्षमा नेपालीको औसत आयु १५.४ वर्षले बढेको हो।नर्वेको युनिभर्सिटी अफ बर्गनस्थित ‘बर्गन सेन्टर फर एथिक्स एन्ड प्रायोरिटी सेटिङ इन हेल्थ’ (बीसीईपीएस) सँगको सहकार्य र नेपाल हेल्थ इकोनोमिक्स एसोसिएसन (एनएचईए) को प्राविधिक सहयोगमा तयार पारिएको बेसिक हेल्थ सर्भिसेज इन नेपाल : प्रायोरिटी सेटिङ एन्ड इसेन्सियल हेल्थ इन्टरभेन्सन्स’ प्रतिवेदनमा नेपालको जनस्वास्थ्य अवस्था र औसत आयुको विस्तृत तथ्याङ्क समे

    • प्रकाशित मितिः मंसिर १०, २०८३
    • ३८ पटक पढिएको
  • आज विश्व शौचालय दिवस

    इटहरी । आज विश्वभर शौचालय दिवस मनाइँदैछ । विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । विश्वमा अझै पनि दुई अर्ब भन्दा बढी मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको छ ।सो सङ्गठनका अनुसार हरेक १० जनामध्ये १ जनाले खुला ठाउँमा दिसापिसाब गर्ने गरेका छन् । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष १ लाखभन्दा बढी बालबालिकाको मृत्यु हुने गरेको छ ।

    • प्रकाशित मितिः मंसिर ३, २०८३
    • ११९ पटक पढिएको
  • यी हुन् मधुमेहका लक्षण, कारक तत्व र रोकथामका उपाय

    विराटचोकः आज विश्वभर विश्व मधुमेह दिवस मनाइएको छ । मधुमेह रोग लागेको थाहा पाउन केही लक्षण, रोगका कारक तत्त्व र रोकथामका उपायका बारेमा यहाँ उल्लेख गरिएको छ । मधुमेहका लक्षणहरूः बारम्बार पिसाब लाग्नु, धेरै तिर्खा लाग्नु, धेरै भोक लाग्नु, घाउ खटिरा ढिलो निको हुनु, तौल घट्नु, थकान, र दृष्टि धमिलो हुनु आदि मधुमेहका प्रमुख लक्षणहरू हुन् । रगत परीक्षण गर्दा चिनीको मात्रा सामान्य भन्दा बढी देखिन्छ ।मधुमेहका जोखिम कारक तत्वहरूः परिवारमा मधुमेहको इतिहास, मोटोपन, शारीरिक निष्क्रियता, उच्च रक्तचाप, र असन्तुलित आहार यसका प्रमुख जोखिम कारक तत्वहरू हुन् ।मधुमेह रोकथामका उपायहरूः नियमित शारीरिक गतिविधि, व्याय

    • प्रकाशित मितिः कार्तिक २८, २०८३
    • ९२ पटक पढिएको
  • आज विश्व मधुमेह दिवस मनाइँदै

    इटहरी ।  हरेक वर्ष नोभेम्बर १४ का दिन विश्व मधुमेह दिवस मनाईन्छ । यो दिवसको प्रमुख उद्देश्य विश्वभर मधुमेह विरुद्ध सचेतना जगाउनु हो ।मधुमेह सचेतना भन्नाले मधुमेहसँग सम्बन्धित जोखिम कारक तत्वहरू, लक्षणहरू र रोकथामका उपायहरू बुझ्नु, बुझाउनु र यसको व्यवस्थापन तथा रोकथामका लागि आवश्यक उपायहरूसहित स्वस्थकर जीवनशैली अपनाउन प्रोत्साहित गर्नु हो ।सचेतना अभिवृद्धि अभियानले व्यक्ति, परिवार, समाज र समुदायलाई मधुमेहको प्रभाव बुझाउँदै शारीरिक एवं मानसिक स्वास्थ्यमा समेत ध्यान दिएर रोग रोकथाम तथा नियन्त्रणका लागि सक्रियतापुर्वक कदमहरु चाल्नको लागि प्रोत्साहित गर्दछ ।

    • प्रकाशित मितिः कार्तिक २८, २०८३
    • १०७ पटक पढिएको
  • लेगुवा बजारमा अनुगमन गरी ४७ हजारभन्दा बढीका म्याद गुज्रिएका खाद्यवस्तु गरियो नष्ट

    धनकुटा । बजार अनुगमन गरी धनकुटाको लेगुवा बजारबाट ४७ हजार ४४० रुपैयाँ मूल्य बराबरका म्याद गुज्रिएका खाद्यवस्तु बरामद गरी नष्ट गरिएको छ ।महालक्ष्मी नगरपालिका वडा नम्बर ५ स्थित लेगुवा बजारमा गरिएको आकस्मिक अनुगमन गर्दा विभिन्न पसलमा बिक्रीका लागि राखिएका उपभोग्य मिति समाप्त भएका खाद्यान्न, बेकरी सामग्री तथा पेय पदार्थ फेला परेको थियो । जिल्ला प्रशासन कार्यालयसहित सरोकारवाला निकायको संयुक्त टोलीले बरामद गरेका ती सामग्री नष्ट गरेको हो ।बजार अनुगमनका क्रममा केही पसलमा मूल्यसूची नराखिएको, ग्राहकलाई बिलबिजक नदिइएको तथा व्यवसाय दर्ताबिनै पसल सञ्चालन भइरहेको समेत भेटिएको थियो । अनुगमन टोलीले त्यस्ता व्य

    • प्रकाशित मितिः कार्तिक २१, २०८३
    • ९५ पटक पढिएको
  • सुकुना सामुदायिक अस्पताल विराटचोकमा शल्यक्रिया सेवा शुरु

    विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. १० मा रहेको सुकुना सामुदायिक अस्पताल प्रा.लि.ले शल्यक्रिया (अप्रेसन) सेवा सञ्चालनमा ल्याएको छ । असोज ३० गते सो अस्पतालले पहिलो शल्यक्रिया गरेको हो ।भोजपुर निवासी बिरामीको पहिलो सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । बिरामीको पूर्ण पहिचान भने अस्पतालले खुलाएको छैन ।संजोग घिमिरेको टिमले सो पहिलो शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।अस्पतालले आगामी दिनमा पनि बिरामीको आवश्यकता र मागअनुसार स्वास्थ्य सेवाको दायरा थप विस्तार गर्दै लैजाने सञ्चालक प्रमोद कोइरालाले जानकारी दिनुभयो ।सो अस्पतालले २०६६ सालदेखि २४ सै घण्टा स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको

    • प्रकाशित मितिः कार्तिक १७, २०८३
    • २३६ पटक पढिएको
  • इलाममा डा. केसीको २५ औँ सत्याग्रह तेस्रो दिनमा

    इलामः चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै इलाममा आमरण अनशनमा बसेका डा. गोविन्द केसीको २५ औँ सत्याग्रह तेस्रो दिनमा प्रवेश गरेको छ ।अनसन लम्बिँदै जाँदा उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको सचिवालयले जनाएको छ । डा. केसीले बिहीबार साँझ ५ बजेदेखि इलाम नगरपालिका–६ स्थित नारायणस्थान मन्दिरमा आमरण अनशन शुरु गरेका हुन् । यसअघि पनि इलाममा सत्याग्रह गरिसकेका केसीले यसपटक विभिन्न माग अघि सार्दै दोस्रो पटक इलामलाई सत्याग्रहस्थल बनाएका हुन् ।चिकित्सा शिक्षा आयोगका निर्णयमा स्वार्थको द्वन्द्व रहेको भन्दै उनले विवादित निर्णय खारेज गर्न माग गरेका छन् । न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जन

    • प्रकाशित मितिः कार्तिक १४, २०८३
    • १०९ पटक पढिएको
  • आज विश्व हात धुने दिवस

    इटहरी ।  विश्वभर आज विश्व हात धुने दिवस मनाइँदैछ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ ।साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् । चिकित्सकहरुका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी गर्नुपर्छ ।

    • प्रकाशित मितिः असोज २९, २०८३
    • २३८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल