स्वास्थ्य

    Showing १-१० of १२८ items.
  • केराबारीमा ९ जना क्षयरोगीलाई पौष्टिक आहार प्याकेज वितरण

    केराबारीः पालिका अस्पताल परिसरमा आयोजित कार्यक्रममा केराबारी गाउँपालिका भित्रका ९ जना क्षयरोगीहरूलाई पौष्टिक आहार प्याकेज वितरण गरिएको छ ।केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङको अध्यक्षतामा भएको उक्त प्याकेजमा चामल ५० देखि १०० केजी, तेल २ लिटर, दाल २ केजी, बदाम १ केजी, अण्डा २ क्यारेट तथा सर्वोत्तम पिठो २ प्याकेट समावेश गरिएको छ ।पौष्टिक आहार प्याकेज वितरण कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगर, प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, प्रवक्ता नारायणप्रसाद भुजेल, स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चौलागाईँलगायत उपस्थित हुनुहुन्थ्यो ।

    • प्रकाशित मितिः माघ १४, २०८२
    • ७९ पटक पढिएको
  • सर्लाहीका सात जनामा दादुरा संक्रमण पुष्टि

    सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकामा ७ जनामा दादुरा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले मलंगवा नगरपालिको वडा नं. ३ मा ७ जनामा दादुरा संक्रमण पुष्टि भएको जनाएको हो। महाशाखाले शंकास्पद १६ बिरामीमध्ये प्रयोगशाला परीक्षणका क्रममा १० देखि १४ वर्ष उमेरका ७ जनामा दादुरा संक्रमण पुष्टि भएको जानकारी दिएको छ। सर्लाहीमा पुस २२ गते पहिलो पटक शंकास्पद बिरामी भेटिएका थिए। प्रयोगशाला परीक्षणका क्रममा माघ ११ मा दादुरा पुष्टि भएको हो।दादुरा नियन्त्रणका लागि महाशाखाले मलंगवा नगरपालिका–३ सहित वडा नं. २, ४, ८ र ९ का ६ महिनादेखि १४ वर्ष उमेरका बालबालिकालाई माघ १२ ग

    • प्रकाशित मितिः माघ ११, २०८२
    • ६५ पटक पढिएको
  • परिवार नियोजन: महिलालाईभन्दा पुरुषलाई सम्झाउन गाह्रो

    जनकपुरधाम ।  पछिल्ला वर्षहरूमा धनुषाका अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन्।  पायक पर्ने स्थानमा परिवार योजनाको सेवा उपलब्ध हुन थालेपछि ती समुदायले परिवार योजनाको स्थायी र अस्थायी साधन निर्धक्क उपयोग गर्न थालेका हुन्।परिवार योजनाका स्थायी माध्यम ‘मिनील्याप’ (महिला बन्ध्याकरण), ‘भ्यासेक्टोमी’ (पुरुष बन्ध्याकरण) पर्दछन् । त्यसैगरी महिलाका लागि परिवार योजनाका लामो अवधि काम गर्ने आइयुसिडी, इम्प्लान्ट र छोटो अवधि काम गर्ने (तीनमहिने सुई डिपो, खानेचक्की पिल्स) र पुरुषका लागि कण्डम पर्छन्।जिल्लास्थित दलित समुदाय (मण्डल, खत्वे, महरा, सदा, दास, रजक लगायत

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • ९८ पटक पढिएको
  • ज्योति विकास बैंकले दियो कोशीका दुर्गम स्वास्थ्य चौकीलाई ‘बेबी वार्मर’

    इटहरी । सामाजिक उत्तरदायित्वअन्तर्गत ज्योति विकास बैंकले कोशी प्रदेशका विभिन्न दुर्गम जिल्लाका स्वास्थ्य चौकीहरूलाई नवजात शिशुको जीवन रक्षाका लागि उपयोगी ‘बेबी वार्मर’ मेसिन हस्तान्तरण गरेको छ ।नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मियाबाट जोगाउन बैंकले संखुवासभाको सिसुवाखोला हेल्थ पोस्ट र नुम प्राथमिक स्वास्थ्य केन्द्र, खोटाङको पुजन सेवा नगर अस्पताल तथा पाँचथरको एकतीन हेल्थ पोस्टमा उक्त उपकरण प्रदान गरेको हो ।आफ्नो शाखा नभएका स्थानमा समेत पुगेर यी उपकरण उपलब्ध गराउँदै सुरक्षित प्रसूति सेवामा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ । उपकरण हस्तान्तरणसँगै बैंकले सम्

    • प्रकाशित मितिः पुस २५, २०८२
    • १०२ पटक पढिएको
  • विराट नर्सिङ होमको प्राविधिक सहयोगमा ७३ पत्रकारको स्वास्थ्य परीक्षण

    विराटनगर, ११ पुस — नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा आज सम्पन्न स्वास्थ्य शिविरमा ७३ जना पत्रकारहरूले स्वास्थ्य परीक्षण गराएका छन्। विराट नर्सिङ होमको प्राविधिक सहयोगमा आयोजित शिविरमा मुटु, आँखा र कानसम्बन्धी परीक्षण गरिएको हो।स्वास्थ्य परीक्षणका क्रममा पत्रकारहरूमा उच्च रक्तचाप र आँखासम्बन्धी समस्या बढी देखिएको चिकित्सकहरूले जानकारी दिएका छन्। शिविरमा ७ जना विशेषज्ञ चिकित्सकसहित १४ जनाको स्वास्थ्यकर्मी टोलीले सेवा प्रदान गरेको थियो। स्वास्थ्य समस्या देखिएका पत्रकारहरूलाई ओपीडी कार्ड प्रदान गर्दै ७ दिनभित्र अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ।स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा नेपाल पत्र

    • प्रकाशित मितिः पुस १२, २०८२
    • १७८ पटक पढिएको
  • पूर्वाञ्चल विश्वविद्यालयको प्राविधिक सहयोगमा गणेशपुर र बेलगाछी टोल विकास संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

    बेलगाछीः पूर्वाञ्चल विश्वविद्यालयको ३२ औं वार्षिकोत्सवको अवसरमा गणेशपुर टोल विकास संस्था र बेलगाछी टोल विकास संस्थाको संयुक्त आयोजनामा सुन्दरहरैंचा–७ स्थित शिशिर एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।सो शिविरमा ३ सय भन्दा बढी स्थानीयले जनरल फिजिसियन नाक, कान, घाँटी, दन्त, स्त्री तथा प्रसुती, बाल, हाडजोर्नी तथा नशा, ब्लड प्रेसर सुगर जाँच जनरल सर्जरी तथा चर्म रोग जाँचको सेवा लिएको आयोजकले जनएको छ ।पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलियाको प्रमुख आतिथ्यता तथा पूर्वाञ्चल विश्वविद्यालयका डिन शैलेशमणि पोख्रेल र रजिस्ट्रार प्रा.डा.कल्याणी त्रिपाठीको आतिथ्यतामा

    • प्रकाशित मितिः पुस ११, २०८२
    • १४७ पटक पढिएको
  • लेटाङ एड्भान्स हस्पिटलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

    लेटाङः सामाजिक उत्तरदायित्वअन्तर्गत लेटाङ एड्भान्स हस्पिटलले चौथो वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ ।लेटाङ– ४ स्थित हस्पिटल परिसरमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा २ सय ९२ जनाले विभिन्न स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए । शिविरमा एक्स–रे, ल्याब परीक्षण, आँखा जाँच, हाडजोर्नी, बालरोग तथा सुगर–प्रेसर सम्बन्धी सेवा प्रदान गरिएको थियो ।आयोजकका अनुसार सेवा लिनेहरूमध्ये एक्स–रे सेवा ५३ जना, ल्याब १ सय ३ जना, आँखा जाँचसेवा ९७ जनाले लिएका थिए । हाडजोर्नीका ६३ जना, बालरोग २२ जना तथा सुगर–प्रेसर परीक्षण सेवा लिने १ सय १० जना र

    • प्रकाशित मितिः पुस ११, २०८२
    • १४१ पटक पढिएको
  • लेटाङमा सर्पदंशको निःशुल्क उपचार

    लेटाङः २०६७ सालमा नै सर्पदंश उपचार केन्द्र स्थापना गरिएको भए पनि गत वर्षदेखि निःशुल्क रुपमा सर्पदशंको उपचार सेवा लेटाङ नगरपालिकाले दिइरहेको छ ।सर्पदंश उपचार केन्द्र सञ्चालनका क्रममा समस्या आएपछि नगरपालिकाले गत वर्ष मंसिरमा आधिकारिक रुपमा सामुदायिक सर्पदंश तथा प्राथमिक उपचार सेवा केन्द्र लेटाङ नाममा दर्ता गरी सुविधा सम्पन्न भवनबाट २४ घण्टे सेवा शुरु गरेको हो ।सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि नेपाली सेनाको शिक्षालयले २ जना विज्ञ स्वास्थ्यकर्मी उपलब्ध गराएको छ भने नगरपालिकाले चिकित्सकको सेवा उपलब्ध गराएको छ । उपचारका क्रममा आवश्यक औषधि समेत नगरपालिकाले व्यवस्थापन गरी निःशुल्क रुपमा उपलब्

    • प्रकाशित मितिः पुस ७, २०८२
    • १५० पटक पढिएको
  • नोबेल अस्पतालको ५ तलामाथिबाट खसेर डाक्टरको मृत्यु

    इटहरी । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज अस्पताल भवनको पाँचौँ तलाबाट खसेर एक चिकित्सकको मृत्यु भएको छ।नोबेल मेडिकल कलेजमा कार्यरत सप्तरी निवासी इन्टर्न डाक्टर अमित यादवको आज बिहान ६ बजेतिर अस्पतालको भवनबाट खसेर मृत्यु भएको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।उनले अस्पतालको पाँचौं तलाबाट हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।अस्पतालको पाँचौँ तलाबाट खसेका यादव मेन गेट अगाडि भेटिएका थिए । टाउकोमा गम्भीर चोट लागेका यादवलाई तत्कालै आकस्मिक कक्षमा लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुडालले जानकारी दिइन्।सप्तरीको राजवि

    • प्रकाशित मितिः पुस ६, २०८२
    • १९७ पटक पढिएको
  • बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र पारस हस्पिटलबीच सहकार्य सम्झौता

    विराटनगर-बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र विराटनगरस्थित पारस मल्टिस्पेशालिटी हस्पिटलबीच सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ। मिति २०८२ पौष ३ गते बिहीबार बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजित कार्यक्रमबीच दुवै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।सम्झौता पत्रमा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका तर्फबाट हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डिनिश कार्की र हस्पिटल कोर्डिनेटर सुनिल देवले हस्ताक्षर गर्नुभयो। त्यस्तै, पारस मल्टिस्पेशालिटी हस्पिटलका तर्फबाट अध्यक्ष डा. सफिउर रहमान, सीईओ हेम नारायण मेहता तथा हस्पिटल म्यानेजर मो. सिफ्तैन रेजा अन्सारीले सम्झौतामा हस्ताक्षर गर्नुभएको ह

    • प्रकाशित मितिः पुस ४, २०८२
    • १४७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल
  • निर्देशक तथा सह-सम्पादक : भोजराज घिमिरे