विराटचोकः मोरङको सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा स्थापना हुने “यमबुद्ध छात्रवृत्ति कोष” मा मोरङ क्षेत्र नं.३ का पूर्व सांसद डा.सुनिल शर्माले १० लाख रुपैयाँ प्रदान गर्नुभएको छ ।यम बुद्ध फाउन्डेसनद्वारा मोरङ जिल्लाको सुकुना बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको अभियानमा उक्त सहयोग प्रदान गरिएको हो । फाउन्डेसनका अनुसार सो अक्षयकोष सुकुना बहुमुखी क्याम्पसमा स्थापना गरिनेछ ।फाउन्डेसनको सिफारिसमा नोबेल मेडिकल कलेजबाट ५ जनालाई शतप्रतिशत निःशुल्क उपचार तथा ५० जनालाई ५० प्रतिशत छुटमा उपचार प्रदान गर्ने घोषणा पनि शर्माले गर्नुभएको छ । त्यस्तै काठमाडौं मेडिकल कलेजबाट १० जनालाई शतप्रतिशत न
लेटाङः लेटाङ नगरपालिका वडा नम्बर ६ अन्तर्गत रहेको महाभारत माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ ।चालु आर्थिक वर्षका लागि वडा नम्बर ६ को विनियोजित बजेटअन्तर्गत ‘शैक्षिक अभिवृद्धि’ शीर्षकमा छुट्याइएको १ लाख ५० हजार रुपैयाँबाट स्मार्ट बोर्ड खरिद गरी विद्यालयमा जडान गरिएको हो ।सो स्मार्ट बोर्ड उद्घाटन कार्यक्रममा बोल्नुहुँदै वडा अध्यक्ष जङ्गवीर तामाङले समयसापेक्ष शिक्षाका लागि आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो ।
लेटाङः विगत ५ वर्षदेखि निरन्तर सञ्चालित ‘छात्रासँग उपमेयर’ कार्यक्रमलाई मोरङको लेटाङ नगरपालिकाले यस वर्ष पनि निरन्तरता दिएको छ ।लेटाङ–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयबाट यस वर्षको कार्यक्रमको औपचारिक माघ ११ गते शुभारम्भ गरिएको हो । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरूलाई लक्षित गरी विद्यालयस्तरीय रूपमा सञ्चालन गरिएको यो कार्यक्रम माघ २५ गतेसम्म सञ्चालन हुने शिक्षा तथा सामाजिक विकास शाखाले जनाएको छ ।यो कार्यक्रमले छात्राहरूको क्षमता अभिवृद्धि र उज्ज्वल भविष्य निर्माणका लागि प्रभावकारी र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरिएको छ । कार्यक्रम अन्तर्गत छात्राहरूको समग्र व्यक्तित्व विका
काठमाडौंः पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना सिद्धान्तमा आधारित रहेर शोध गर्ने सानुमैयाँ खड्कालाई नेपाल संस्कृत विश्वविद्यालयले विद्यावारिधि उपाधि प्रदान गरेको छ ।खड्काको शोधले ओलीका अभिव्यक्तिमा उखान–टुक्कामा सीमित नभई गहिरा दार्शनिक अर्थ रहेको निष्कर्ष निकालेको छ । शोधमा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा दर्शनको रूपमा विकसित भएको भनी विश्व अन्य नेताहरूको भाषणसँग तुलना गरिएको छ । उक्त आकांक्षा अब आत्मसम्मान र सामाजिक न्यायको समिश्रित आयामहरूमा आधारित दर्शन रहेको शोधको निचोड रहेको छ ।नेपालको राजनीतिक वक्तृत्व परम्परामा पूर्वीय चिन्तनको प्रयोग गरिएको पहिलो विद्य
इटहरी ।यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ।राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो।यस पटक एसइई परीक्षाको लागि ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन्।२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारेको हो। राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैतको पहिलो साता सञ्चालन गर्दै आएको छ। निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले परीक्षाको तालिकामा परिमार्जन गरिएको बोर्डले जनाएको छ।
विराटचोकः ‘पेशागत सुरक्षा र आत्मसम्मान, अनुसन्धानमूलक तथा गुणस्तरीय शिक्षा हाम्रो अभियान’ भन्ने नारासहित नेपाल प्रगतिशील प्राध्यापक संगठन, कोशी प्रदेशको तेस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ ।सुकुना बहुमुखी क्याम्पसमा भएको अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष सह–प्रा. डा. पदमप्रसाद खतिवडाले गर्नुभएको थियो । अधिवेशनका अवसरमा सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।अधिवेशनमा वर्तमान शैक्षिक अवस्थाबारे ‘कोशी संवाद’ शीर्षकमा विश्लेषणात्मक छलफल भएको थियो । सो संवादमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति बिजुकुमार थपलिया र
विराटचोकः विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षामा सहज होस् भनेर र्याप गायक यमबुद्ध (स्व. अनिल अधिकारी)को नाममा मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गरिने भएको छ ।मङ्गलबार यमबुद्ध फाउन्डेशनले सुकुना बहुमुखी क्याम्पसका पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी अक्षयकोष स्थापना हुन लागेको जानकारी दिएको हो । फाउण्डेसनका अनुसार यमबुुद्धको सपना पूरा गर्न अक्षयकोष स्थापना गर्न यमबुद्धको स्मृति दिवसको अवसर पारेर श्रद्धाञ्जली कार्यक्रमका साथमा साङ्गीतिक कार्यक्रम हुन लागेको हो ।साङ्गीतिक कार्यक्र
विराटनगरः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले उत्कृष्ट नतिजा ल्याउने १३ जना विद्यार्थी र उत्कृष्ट १५ जना शिक्षकलाई सम्मान गरेको छ ।विराटनगरमा सोमबार आयोजित प्याब्सन मोरङको दोस्रो जिल्ला परिषद भेलामा १५ जना शिक्षक र १३ जना विद्यार्थीहरू सम्मानित भएका हुन् । गत वर्षको एसइईको परीक्षामा मोरङका संस्थागत विद्यालयहरूबाट ४ जीपीए ल्याउने १३ जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको हो ।प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार सम्मानित हुनेमा विराटनगरका ११ जना र पथरीका २ जना विद्यार्थी रहेका छन् । विराटनगरका अभिनास राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पोदार, प
विराटचोकः यम बुद्ध फाउन्डेशनको आयोजनामा मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसमा स्वर्गीय ¥यापर यम बुद्धको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना हुने भएको छ ।माघ १ गते हुने कार्यक्रम यम बुद्धको कला, विचार र सामाजिक योगदानको सम्मान स्वरूप आयोजना गर्न लागिएको जनाइएको छ । कार्यक्रममा चर्चित कलाकारहरू भिटेन, मिस्टर डि, टुकी र रैला रोकाको विशेष प्रस्तुति रहने भएको छ । कार्यक्रममा सङ्गीतमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुका साथै युवामाझ सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य लिइएको आयोजकले जनाएको छ ।सुकुना बहुमुखी क्याम्पसमा अध्ययनरत आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई सहयोग गर्न ‘यम ब
पनौती, काभ्रेपलाञ्चोक ।मिति २०८२ पौष २५ गते शुक्रबार पनौती नगरपालिका–३ स्थित विहावर आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि न्यानो स्वेटर र टोपी ५० सेट वितरण कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।कार्यक्रम सार्वजनिक सरोकार (Public Concern) का संयोजक तथा विद्यालयका प्रधानाध्यापक गणेश सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णुप्रसाद सापकोटा रहनुभएको थियो।कार्यक्रममा Devine Youth Club का अध्यक्ष सुशील जी.सी. सभापति रहनुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश सापकोटा, सार्वजनिक सरोकार काभ्रेक