समाचार

    Showing ८१-९० of ५,७१३ items.
  • टिपरको ठक्करबाट केराबारीमा ७० वर्षीया मगरको मृत्यु

    केराबारीः सडक पार गर्दै गरेकी महिलालाई आज टिपरले ठक्कर दिँदा मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा ७० वर्षीया विष्णुमाया मगरको ज्यान गएको छ ।केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएकी मगरको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।दुर्घटनामा संलग्न टिपर र चालक सङ्खुवासभाको चैनपुर नगरपालिका–११ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय विक्रम माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको सम्बन्धमा अनुसन्धान शुरु भएको छ ।

    • प्रकाशित मितिः साउन १, २०८३
    • १०९ पटक पढिएको
  • सुन्दरहरैंचा स्काउट कमिटीको आयोजनामा हिमालय माविमा आजदेखि मनसुन स्काउट क्याम्प २०८३ आयोजना हुने

    विराटचोकः आजदेखि तीन दिनसम्म स्थानीय स्काउट कमिटीको आयोजना तथा हिमालय इङ्लिस स्कुलको सह–आयोजनामा ‘हिमालय मनसुन स्काउट क्याम्प–२०८३’ सञ्चालन हुने भएको छ ।सो क्याम्पबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार तीन दिनसम्म चल्ने क्याम्पमा स्काउटका आधारभूत सिद्धान्त, नेतृत्व विकास, अनुशासन, टोलीगत कार्य, प्राथमिक उपचार, विपद् व्यवस्थापन, वातावरण संरक्षण, सामुदायिक सेवा तथा व्यवहारिक शिक्षासम्बन्धी विविध गतिविधि सञ्चालन गरिने भएको छ ।सो क्याम्पले विद्यार्थीमा आत्मविश्वास, जिम्मेवारीबोध, सहकार्यको भावना र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको सुन्दरहरै

    • प्रकाशित मितिः साउन १, २०८३
    • १०१ पटक पढिएको
  • उर्लाबारीमा ‘स्थानीय मिडिया प्रवद्र्धनमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

    उर्लाबारीः नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा ‘स्थानीय सञ्चारमाध्यमको सुदृढीकरण, दिगोपना तथा प्रभावकारी सञ्चालनका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार मोरङको उर्लाबारीमा सम्पन्न भएको छ ।सञ्चार क्लब नेपाल उर्लाबारीको समन्वय तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गौतमले कोशी प्रदेश सरकारले सञ्चारसम्बन्धी विधेयक ल्याएर पत्रकार तथा सञ्चार क्षेत्रको हितमा काम गरिरहेको बताउनुभयो ।अन्तरक्रिया कार्यक्रमलाई

    • प्रकाशित मितिः साउन १, २०८३
    • १०४ पटक पढिएको
  • आज साउन १ गते, ‘लुतो फाल्ने’ दिन

    इटहरी ।  आजदेखि साउन महिना शुरु भएको छ । साउन महिनादेखि दक्षिणायण शुरु हुन्छ । आज नेपाली समाजमा लुतो फाल्ने दिनका रुपमा पनि चिनिन्छ ।असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण छालामा देखिन सक्ने सम्भावित रोगबाट मुक्ति पाउनको लागि भनेर यो संस्कार चलेको हो । यो एकातिर सांस्कृतिक महत्वको पर्व हो भने अर्काेतिर मानव स्वास्थ्यको लागि महत्वपूर्ण वनस्पति रक्षा गर्ने एउटा माध्यम पनि हो । हिजोआज लुतो फल्ने चलन कम भएको छ ।साउन १ गते लुतो फालेपछि छालासम्बन्धी विभिन्न रोगबाट मुक्ति पाउने शास्त्रीय विश्वास छ । पछिल्लो समय यो संस्कारमा कमी आइरहेको भए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक

    • प्रकाशित मितिः साउन १, २०८३
    • १३२ पटक पढिएको
  • सूचनाको हक प्रयोग गरेर सूचना माग्दा पनि दिन मान्दैन इटहरी उपमहानगरपालिका

    इटहरीः नेपालको संविधान र सूचनाको हक सम्बन्धी ऐनले प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने तथा प्राप्त गर्ने अधिकार सुनिश्चित गरे पनि इटहरी उपमहानगरपालिकाले भने पटक–पटक माग गरिएका सूचनासमेत उपलब्ध नगराएको गुनासो बढ्दै गएको छ ।सूचनाको हक प्रयोग गर्दै योजना कार्यान्वयन, नगर अस्पतालको फार्मेसी ठेक्का, सवारीसाधन खरिद तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्बन्धी विवरण मागिएका निवेदनहरूमा उपमहानगरले समयमै सूचना नदिएको वा आंशिक मात्रै उपलब्ध गराएको सूचना मागकर्ताहरूको आरोप छ ।इटहरीका सुदीप पोखरेलले ११ फागुन २०८१ मा आर्थिक वर्ष २०८०÷८१ का योजना, सम्पन्न तथा सञ्चालनमा रहेका योजनाको

    • प्रकाशित मितिः साउन १, २०८३
    • ४०५ पटक पढिएको
  • विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

    इटहरी ।  सरकारले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै सूचना तथा सञ्चार मन्त्रालयले रिक्त रहेको विज्ञापन बोर्डको अध्यक्ष पद पूर्तिका लागि योग्य व्यक्तिहरूबाट आवेदन माग गरेको छ ।इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले २०८३ साल साउन ८ गते शुक्रबार कार्यालय समयभित्र आफ्नो दरखास्त पेश गर्नुपर्ने र तीमध्ये एक जनालाई छनोट गरेर अध्यक्ष पदको जिम्मेवारी दिइने सूचनामा उल्लेख छ । सो पदका लागि आवश्यक पर्ने कागजात तथा विस्तृत विवरणहरू सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १४१ पटक पढिएको
  • समाजसेवामा क्रियाशील लायन्स क्लब अफ इटहरी ग्रीन सिटी

    इटहरीः लायन्स वर्ष शुरु भएसँगै लायन्स क्लब अफ इटहरी ग्रीन सिटीले ‘ग्लोबल कज’ अभियानअन्तर्गत सामाजिक सेवाका कार्यक्रमलाई तीव्रता दिएको छ ।जुलाई १ देखि लायन्स वर्ष शुरु हुन्छ । लायन्स वर्ष शुरु हुनासाथ क्लबले रक्तदान, वृक्षरोपण, शैक्षिक सामग्री वितरण तथा खानेपानी व्यवस्थापनजस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिएको हो ।लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी अन्तर्गत एरिया–४ ले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा सक्रिय सहभागिता जनाएको क्लबले सोही दिन इटहरीस्थित डीभीएम स्कुल परिसरमा वृक्षरोपणसमेत गरेको थियो ।क्लबले उदयपुरको कटारीस्थित कालिका आधारभूत विद्यालयका ८५ जना विद्यार्थीलाई

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १३० पटक पढिएको
  • मादी माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा होमराज दाहाल

    इटहरीः संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको प्रथम अधिवेशनले होमराज दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राधिका कार्की (बस्नेत), सचिवमा रामकुमार दाहाल, सहसचिवमा राजेश दाहाल र कोषाध्यक्षमा रामबाबु दाहाल चयन हुनुभएको छ ।सदस्यहरूमा तोयानाथ दाहाल (बासु), टंक दाहाल, ओमनाथ निरौला, राजन केडी, विष्णुप्रसाद दाहाल, सुमन दाहाल र चन्द्रमणि सुवेदी चयन हुनुभएको छ ।कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री तथा मादी माविका पूर्व विद्यार्थी विदुर लिंथेपले मादी माध्यमिक विद्यालयको थप विकासका लागि प

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १०५ पटक पढिएको
  • कोशीमा ६ महिनामा ३३१ जना मानवअधिकार उल्लङ्घनका घटनाबाट पीडित

    धनकुटाः कोशी प्रदेशमा सन् २०२६ को पहिलो ६ महिनामा मानवअधिकार उल्लंघनका घटनाबाट ३३१ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्याङ्कले देखाएको छ ।मानव अधिकार एलाइन्सको २७ औँ स्थापना दिवसका अवसरमा धनकुटामा आयोजित अन्तरक्रिया कार्यक्रममा इन्सेकका कोशी प्रदेशका प्रमुख मनोहर पोख्रेलले प्रदेशको पछिल्लो मानवअधिकार अवस्थाबारे जानकारी दिँदै उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।यी ६ महिनामा महिला अधिकारसँग सम्बन्धित ६१ वटा, बाल अधिकारसँग सम्बन्धित १११ वटा तथा नागरिक अधिकारसँग सम्बन्धित १५९ वटा मानवअधिकार उल्लङ्घनका घटना अभिलेख भएका हुन् ।सन् २०२५ मा कोशी प्रदेशमा मानवअधिकार उल्लङ्घनका घ

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १२५ पटक पढिएको
  • रौतहटका २८ वर्षीय गौतमकुमार सहनीद्वारा आत्मदाह प्रयास

    गौरः आज राति करिब १ बजे रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।गरुडा–९ का वडाध्यक्ष राजेश सहनीका अनुसार गौतम केही दिनयता मानसिक तनाव र डिप्रेसनबाट पीडित थिए । उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आत्मदाहको प्रयास गरेका हुन् ।उनले गरुडा बजारस्थित झाझ पुलनजिक छाप्रे होटल सञ्चालन गर्दै आएका थिए । आत्मदाहको प्रयासलगत्तै परिवारका सदस्यले उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पताल लगेका थिए । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौंको कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको इलाका प्

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १२९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल