इटहरी । साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष शुरु भएसँगै नयाँ बजेट पनि कार्यान्वयनमा आएको छ । नयाँ बजेट कार्यान्वयनसँगै सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेटमार्फत् बढाइएको सरकारी कर्मचारीको तलब पनि आजदेखि कार्यान्वयनमा आएको छ ।सरकारले कर्मचारीको तलब २१ प्रतिशत बढाउने घोषणा बजेटमा गरेको थियो । जसअनुसार अब मुख्य सचिवले ९८ हजार ४२५ रुपैयाँ तलब पाउनेछन् । मुख्य सचिवको बेसिक तलब ७७ हजार २११ रुपैयाँबाट बढेर ८४ हजार ९३२ रुपैयाँ पुगेको छ । त्यसमा १० प्रतिशत प्रोत्साहन भत्ता र यसअघिको महँगी भत्ता थपिँदा कुल मासिक पारिश्रमिक ९८ हजार ४२५ रुपैयाँ पुगेको हो ।मुख्य सचिवको बेसिक तलब ७ हजार ७२१ रुपैयाँल
धरानः साउन १ गतेदेखि धरानको स्मार्ट बसपार्क पूर्ण रूपमा सञ्चालनमा आएको छ । धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा निर्माण गरिएको स्मार्ट बसपार्क असार १३ गते नै उद्घाटन भए पनि साउन १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।संघीय सरकार र धरान उपमहानगरपालिकाको साझेदारीमा करीब १ बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण भएको हो ।३३ करोड ७० लाख ४७ हजार ३३७ रुपैयाँ लागत अनुमान गरिएको बसपार्क निर्माणको जिम्मा बिकोइ गीताञ्जली जेभी, दुहबी सुनसरीले पाएको थियो । निर्माण कम्पनीले २५ करोड ४१ लाख ६७ हजार ३१९ रुपैयाँमा २०७८ असार ३० गते ठेक्का सम्झौता गरी निर्माण कार्य शुरु गरेको थियो । बसपार्क २४ क
आबुधाबीः आदिकवि भानुभक्त आचार्यको २१३ औँ जयन्ती संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधाबीमा आइतबार मनाइएको छ ।नेपाली राजदूतावास आबुधाबीको सभाकक्षमा आयोजित कार्यक्रममा नेपाली राजदूतावास आबुधाबीको आयोजना, तनहुँ सेवा समाज, युएईको सहकार्य तथा सिर्जना वाचन डबलीको समन्वय रहेको थियो ।कार्यक्रममा आबुधाबीका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको सभापतित्व कार्यक्रम संयोजक टक गुरुङले गर्नुभएको थियो ।सो कार्यक्रममा विभिन्न स्रष्टाका गजल, कविता, मुक्तक लगायत विभिन्न विधाका १० वटा साहित्यिक कृतिको सामूहिक लोकार्पण गरिएको थियो । लोकार्पित कृतिहरूमा राज यात्री लम्
गछियाः सुनसरीको गछियास्थित शेषनारायण दिव्यधाम तथा आचार्य सेवा गुरुकुलमा लायन्स र लियो क्लब अफ इटहरी पाथीभरा, लायन्स र लियो क्लब अफ इटहरी एक्टिभको संयुक्त आयोजनामा वृक्षरोपण तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमअन्तर्गत विभिन्न प्रजातिका १०० वटा बिरुवा रोपिनुका साथै दिव्यधामलाई कापी, कलम, चिउरा, चामललगायत खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी का सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन उदयनारायण बराल रहनुभएको थियो ।विशिष्ट अतिथिमा डिष्ट्रिक्ट एडिसनल क्याबिनेट ट्रेजरर लायन लोकेन्द्रप्रसाद ढका
विराटचोकः आजदेखि सुन्दरहरैंचाको विराटचोकमा नेपाल स्काउट स्थानीय समिति सुन्दरहरैंचाको आयोजना तथा हिमालय इङ्लिस स्कुल, सुन्दरहरैंचा १० को सहआयोजना एवं व्यवस्थापनमा ‘हिमालय मनसुन स्काउट क्याम्प २०८३’ शुरु भएको छ ।‘प्रकृतिसँग सङ्गत, स्काउटिङको जगत’ भन्ने नारासहित साउन १ देखि ३ गतेसम्म सञ्चालन हुने क्याम्पमा नगरका विभिन्न विद्यालयका ५० भन्दा बढी स्काउट विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ ।क्याम्पको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले स्काउटले विद्यार्थीमा अनुशासन सिकाउनुका साथै घरबाहिरको वातावरणमा घुलमिल हुन सहयोग गर्ने बताउनुभयो ।विद्यार्थीमा अनुशासन, नेतृत्व, आत्मनिर्भरत
केराबारीः सडक पार गर्दै गरेकी महिलालाई आज टिपरले ठक्कर दिँदा मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा ७० वर्षीया विष्णुमाया मगरको ज्यान गएको छ ।केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएकी मगरको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।दुर्घटनामा संलग्न टिपर र चालक सङ्खुवासभाको चैनपुर नगरपालिका–११ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय विक्रम माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको सम्बन्धमा अनुसन्धान शुरु भएको छ ।
विराटचोकः आजदेखि तीन दिनसम्म स्थानीय स्काउट कमिटीको आयोजना तथा हिमालय इङ्लिस स्कुलको सह–आयोजनामा ‘हिमालय मनसुन स्काउट क्याम्प–२०८३’ सञ्चालन हुने भएको छ ।सो क्याम्पबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार तीन दिनसम्म चल्ने क्याम्पमा स्काउटका आधारभूत सिद्धान्त, नेतृत्व विकास, अनुशासन, टोलीगत कार्य, प्राथमिक उपचार, विपद् व्यवस्थापन, वातावरण संरक्षण, सामुदायिक सेवा तथा व्यवहारिक शिक्षासम्बन्धी विविध गतिविधि सञ्चालन गरिने भएको छ ।सो क्याम्पले विद्यार्थीमा आत्मविश्वास, जिम्मेवारीबोध, सहकार्यको भावना र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको सुन्दरहरै
उर्लाबारीः नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा ‘स्थानीय सञ्चारमाध्यमको सुदृढीकरण, दिगोपना तथा प्रभावकारी सञ्चालनका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार मोरङको उर्लाबारीमा सम्पन्न भएको छ ।सञ्चार क्लब नेपाल उर्लाबारीको समन्वय तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गौतमले कोशी प्रदेश सरकारले सञ्चारसम्बन्धी विधेयक ल्याएर पत्रकार तथा सञ्चार क्षेत्रको हितमा काम गरिरहेको बताउनुभयो ।अन्तरक्रिया कार्यक्रमलाई
इटहरी । आजदेखि साउन महिना शुरु भएको छ । साउन महिनादेखि दक्षिणायण शुरु हुन्छ । आज नेपाली समाजमा लुतो फाल्ने दिनका रुपमा पनि चिनिन्छ ।असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण छालामा देखिन सक्ने सम्भावित रोगबाट मुक्ति पाउनको लागि भनेर यो संस्कार चलेको हो । यो एकातिर सांस्कृतिक महत्वको पर्व हो भने अर्काेतिर मानव स्वास्थ्यको लागि महत्वपूर्ण वनस्पति रक्षा गर्ने एउटा माध्यम पनि हो । हिजोआज लुतो फल्ने चलन कम भएको छ ।साउन १ गते लुतो फालेपछि छालासम्बन्धी विभिन्न रोगबाट मुक्ति पाउने शास्त्रीय विश्वास छ । पछिल्लो समय यो संस्कारमा कमी आइरहेको भए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक
इटहरीः नेपालको संविधान र सूचनाको हक सम्बन्धी ऐनले प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने तथा प्राप्त गर्ने अधिकार सुनिश्चित गरे पनि इटहरी उपमहानगरपालिकाले भने पटक–पटक माग गरिएका सूचनासमेत उपलब्ध नगराएको गुनासो बढ्दै गएको छ ।सूचनाको हक प्रयोग गर्दै योजना कार्यान्वयन, नगर अस्पतालको फार्मेसी ठेक्का, सवारीसाधन खरिद तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्बन्धी विवरण मागिएका निवेदनहरूमा उपमहानगरले समयमै सूचना नदिएको वा आंशिक मात्रै उपलब्ध गराएको सूचना मागकर्ताहरूको आरोप छ ।इटहरीका सुदीप पोखरेलले ११ फागुन २०८१ मा आर्थिक वर्ष २०८०÷८१ का योजना, सम्पन्न तथा सञ्चालनमा रहेका योजनाको