समाचार

    Showing ६१-७० of ५,७१३ items.
  • गत २४ घण्टामा झापाको अनारमनीमा १०८.६ मिलिमिटर वर्षा, पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा १७.६ मिलिमिटर वर्षा

    इटहरी ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  गत २४ घण्टामा झापाको अनारमनीमा सबैभन्दा धेरै १०८.६ मिलिमिटर वर्षा भएको छ । त्यसपछि सबैभन्दा धेरै मकवानपुरको मकवानपुरगढीमा ८९.८ मिलिमिटर वर्षा भएको छ । पछिल्लो १ घण्टामा झापाको बाहुनडाँगीमा सबैभन्दा धेरै १७.६ मिलिमिटर वर्षा भएको छ ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा बादल लागेको महाशाखाले जनाएको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्

    • प्रकाशित मितिः साउन ५, २०८३
    • ४६ पटक पढिएको
  • विश्व आदर्श एकेडेमीको नाट्य महोत्सवमा ‘पापशाला’ मञ्चन

    इटहरीः चर्चित नाटक ‘पापशाला’ को सफल मञ्चन गर्दै विश्व आदर्श एकेडेमीले आफ्नो वार्षिक नाट्य महोत्सव मनाएको छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा साउन ३ र ४ गते नाथ मञ्चन गरिएको थियो ।तीन हजारभन्दा बढी दर्शकको उल्लेखनीय उपस्थिति रहेको बताइएको महोत्सव विश्व आदर्श कलेजको आयोजना तथा साहित्यिक संस्था ‘लाभा’ को समन्वयमा भएको थियो । सो महोत्सवमा कलेजका पूर्वविद्यार्थी कलाकारहरूले सशक्त अभिनय गरेका थिए ।नाटक मञ्चनको पहिलो चरण विद्यार्थी तथा शिक्षकका लागि आयोजना गरिएको थियो । दोस्रो चरण इटहरीका विभिन्न शैक्षिक संस्थाका प्राचार्य, शिक्षक, साहित्यकार, नाट्यकर्मी, अभिभावक र सर्वसाधारण दर्शकका लागि मञ्चन गर

    • प्रकाशित मितिः साउन ५, २०८३
    • ८५ पटक पढिएको
  • नझरेका फूलहरूको आयोजनामा भएको ‘झरी र इन्द्रेणी’ कार्यक्रमको पहिलो शृङ्खलामा विवश बलिभद्र कोइरालाका रचना वाचन

    खोर्सानेः नझरेका फूलहरूको आयोजनामा साउन महिनाभर सञ्चालन हुने ‘झरी र इन्द्रेणी’ कार्यक्रमको पहिलो शृङ्खला शनिबार सुन्दरहरैँचा– १० स्थित सृजना क्याफे खोर्सानेमा सम्पन्न भएको छ । कार्यक्रममा इलामको चुलाचुलीका साहित्यकार विवश बलिभद्र कोइरालाले आफ्ना रचना सुनाउनुभएको थियो ।सो कार्यक्रममा विभिन्न साहित्यिक संस्थामा आबद्ध साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।आयोजक नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेका अनुसार अनुसार ‘झरी र इन्द्रेणी’ का कशृङ्खला साउन महिनाका हरेक शनिबार निरन्तर सञ्चालन हुनेछन् ।दोस्रो शनिबार कवि सबि मेवाहाङको साहित्यिक प्रस्तुति रहने घिमिरेले जानकारी दिनु

    • प्रकाशित मितिः साउन ५, २०८३
    • ६२ पटक पढिएको
  • च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला आए सम्पर्कमा, बाटो बिर्सिएर हराएको उनीहरूको भनाइ

    महेन्द्रनगरः अवैध तरिकाले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन बनेका १४ जना महिला परिवारको सम्पर्कमा आएका छन् ।भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारू चौधरीका अनुसार आज मध्याह्न सवा १२ बजेतिर उनीहरू परिवारको सम्पर्कमा आएका हुन् । हिजोदेखि सम्पर्कविहीन भएका उनीहरुले जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिएको बताएका छन् ।उनीहरूको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली समेत भीमदत्त नगरपालिका–१९ बागफाँटा पुगेको छ ।निकुञ्जमा अवैध रूपमा च्याउ टिप्न समूह बनाएर गएका उनीहरू सम्पर्कविहीन भएपछि आफन्त, परिवार र छिमेकीका साथै सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ६० पटक पढिएको
  • पहिरोले चैनपुर-वसन्तपुर सडक खण्ड अवरुद्ध

    वसन्तपुरः अविरल वर्षाका कारण आएको पहिरोले कोशी राजमार्ग अन्तर्गत चैनपुर-वसन्तपुर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।प्रहरीका अनुसार धर्मदेवी नगरपालिका–४ स्थित बाक्सिङ चोकमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । वर्षाका कारण स्थानीय शारदा माध्यमिक विद्यालयको प्राङ्गणबाट ढुंगा र माटोसहितको ठूलो पहिरो खसेर सडक थुनिएको हो ।सडक अवरुद्ध भएपछि चैनपुरबाट वसन्तपुर र वसन्तपुरबाट चैनपुरतर्फ आवतजावत गर्ने सवारी साधनहरू बीच बाटोमै ठप्प भएका छन् । यसले गर्दा लामो तथा छोटो दूरीका यात्रीहरू मर्कामा परेका छन् ।पहिरोका कारण शारदा माध्यमिक विद्यालयको भवन र परिसर समेत जोखि

    • प्रकाशित मितिः साउन ४, २०८३
    • १२४ पटक पढिएको
  • सुकुनाका विद्यार्थीसँग यौन दुर्व्यवहार गर्ने शिक्षक र कर्मचारी पक्राउपछि घटना सार्वजनिक गर्ने पेजले राख्यो अन्य पीडकको स्क्रिनसट

    विराटचोकः सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने तीन जना पक्राउ परेपछि यौन दुर्व्यवहारका प्रमाण सार्वजनिक गर्ने फेसबुक पेज S/K/N Confession & Meme ले अन्य शिक्षकले पनि विद्यार्थीसँग दुर्व्यवहार गरेको प्रमाण प्राप्त भएको जनाएको छ ।तीन जना पक्राउ पछि सो पेजले लेखेको छ । ‘हामीसँग अझै सार्वजनिक गर्न बाँकी केही जानकारी र प्रमाणहरू छन् । अब यस विषयलाई कानुनी प्रक्रियामार्फत् अगाडि बढाउँदैछौँ । यस सम्बन्धमा गृहमन्त्री सुदन गुरुङसँग पनि प्रत्यक्ष सम्पर्क भएको छ, त्यसैले अब आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ ।सम्पूर्ण पीडितहरूलाई अनुरोधः अब नडराउनुहोस् । यदि तपाईं

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ४५७ पटक पढिएको
  • विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा सुकुनाका शिक्षकसहित तीन जना पक्राउ

    विराटचोकः सामाजिक सञ्जालमा तथा विद्यालयमा विद्यार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयका शिक्षक र कर्मचारी गरी तीन जना पक्राउ परेका छन् ।पीडित विद्यार्थीले सामाजिक सञ्जालमा आफूमाथि भएको यौनजन्य च्याटको स्क्रिनसट राखेपछि अन्य विद्यार्थीले पनि आफूहरुलाई कक्षामा, फोनमा तथा भेटमा यौनजन्य दुर्व्यवहार गरेको बताएका थिए ।विद्यार्थीमाथि भएको भनिएको अमर्यादित व्यवहारमा संलग्न रहेको आरोपमा एक जना शिक्षकसहित ३ जना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार घटनाको अनुसन्धान शुरु गरिएको छ ।घटना सार्वजनिक भएपछि सुन्दरहरैंचा नगरपालिकाले विज्

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ५८ पटक पढिएको
  • लेटाङको वडा नम्बर १ ले गर्यो अगुवा किसान सम्मान र कृषि सामग्री वितरण

    लेटाङः मोरङको लेटाङ नगरपालिका वडा नम्बर १ को कार्यालयको आयोजनामा कृषि सामग्री वितरण तथा अगुवा कृषक सम्मान कार्यक्रम राजारानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको छ ।कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउने, उत्पादन वृद्धि गर्ने तथा उत्कृष्ट कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न कृषि सामग्री वितरण गर्नुका साथै अगुवा कृषकलाई सम्मान गरिएको हो ।कार्यक्रममा वडा कार्यालयले कृषि समूह तथा व्यक्तिगत रूपमा कृषि व्यवसाय सञ्चालन गरिरहेका लेटाङ–१ का विभिन्न टोलका कृषकलाई आवश्यक सामग्री वितरण गरेको छ ।जसअन्तर्गत समूहतर्फ कुईकुण्डा, आरुबोटे र अँधेरीलाई ३ वटा हाते ट्याक्टर व

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ३५ पटक पढिएको
  • मलंगवामा टेलिकम टावरमा चढेका युवकको उद्धार

    लालबन्दीः सर्लाहीको मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनको सुरक्षाकर्मीको सहयोगमा उद्धार भएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनको परिवारका सदस्यहरुलाई बोलाएर टेलिफोनमार्फत् कुरा गराएपछि हुसैन टावरबाट ओर्लिएका हुन् । टावरमा चढेर उनले आज बिहान ४ बजे साथीलाई फोन गरेका थिए ।त्यसपछि उनको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो । प्रहरीले उनका बुवा र दाजुलाई टावर भएको स्थानमा बोलाएर हुसेनसँग टेलिफोन संवाद गराएपछि उनी तल ओर्लिएका थिए ।

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ११३ पटक पढिएको
  • कमलपुर सामुदायिक वनको अध्यक्षमा मनकुमारी राई चयन

    लेटाङः लेटाङ नगरपालिका–३ स्थित कमलपुर सामुदायिक वन उपभोक्ता समूहको विशेष साधारणसभाले मनकुमारी राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।समितिको कार्यालय परिसरमा सम्पन्न सभाबाट नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमृतकुमार राई, सचिवमा कुशमणि राई, सहसचिवमा सुनिता तामाङ र कोषाध्यक्षमा तारादेवी लिम्बू चयन हुनुभएको छ ।नयाँ कार्यसमितिले सामुदायिक वन संरक्षण, पारदर्शी व्यवस्थापन तथा उपभोक्ताको हितमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ९२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल