समाचार

    Showing ५१-६० of ५,७१३ items.
  • स्थायी नियुक्ति रोक्ने निर्णयको विरोधमा युवा निस्किए सडकमा

    काठमाडौंः सरकारले स्थायी कर्मचारी नियुक्ति प्रक्रिया रोकेको विरोधमा युवा–विद्यार्थी सडकमा निस्किएका छन् । युवाले २ दिनअघिको सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृतिबिना लोकसेवाको पदपूर्ति नगर्न गरेको निर्णय खारेजीको माग गरेका छन् ।लोकसेवाको कार्यतालिका अनुसार विज्ञापन र परीक्षा सञ्चालन गर्नुपर्ने युवाहरूको माग छ ।काठमाडौंको माइतीघरमा विरोधमा निस्किएकाहरूले सरकारको यस निर्णयले वर्षौँदेखिको लोकसेवा तयारीमा गरिरहेको मिहिनेत खेर गएको र रोजगारीको सपनामा लात हानेको गुनासो पोखेका छन् ।करार प्रणालीको दुरुपयोग रोक्नुपर्ने, रिक्त दरबन्दीमा समयमै खुला प्रतिस्पर्धाबाट स्थायी प

    • प्रकाशित मितिः साउन ६, २०८३
    • ८२ पटक पढिएको
  • गणेश थापा र रेवतीप्रसाद ढकाल असार महिनाको ‘सर्वोत्कृष्ट’ प्रहरी घोषित

    इटहरी ।  कोशी प्रदेश प्रहरी कार्यालयले २०८३ साल असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । व्यावसायिकता र उच्च मनोबलका साथ कार्यसम्पादन गर्ने दुई जना प्रहरी असार महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित भएका हुन् ।कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अस्थायी प्रहरी चौकी चाँदबेला सुनसरीका प्रहरी सहायक निरीक्षक गणेश थापा र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार रेवतीप्रसाद ढकाल असार महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित हुनुभएको हो ।प्रहरी सहायक निरीक्षक थापाले गस्तीका क्रममा एक थान चाइनिज पेस्तोल र ३ राउन्ड गोलीसहित दुई जना प्रतिवादीलाई नियन्त्रणमा लिन सफल हुनुभएको थियो

    • प्रकाशित मितिः साउन ६, २०८३
    • ९१ पटक पढिएको
  • बेलबारीको इमान स्मृति टोल विकास संस्थाले शुरु गर्याे सरसफाइ अभियान

    बेलबारीः मोरङको बेलबारी नगरपालिका–४ स्थित इमानस्मृति टोल विकास संस्थाले ‘स्वच्छ टोल, स्वस्थ समाज’ भन्ने मूल नारासहित ‘एक घर, एक सहभागिता’ अभियान प्रारम्भ गर्दै सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ ।टोलवासीले इमानसिंह चोक, स्मृति चोक, महेन्द्र चोक तथा आसपासका सार्वजनिक स्थलहरू सफा गरेका थिए । सरसफाइका क्रममा सडक र नाली किनारमा उम्रिएका झारपात हटाउनुका साथै बाटोमा लत्रिएका र आवागमनमा अवरोध पुर्याउने रूखका हाँगाहरू काटेर व्यवस्थित बनाइएको थियो ।संस्थाले आगामी दिनमा वातावरण संरक्षण, फोहोर व्यवस्थापन, वृक्षारोपण तथा हरित टोल निर्माणसँग सम्बन्धित विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ

    • प्रकाशित मितिः साउन ६, २०८३
    • ४१ पटक पढिएको
  • अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिक विषयक अन्तरक्रिया

    इटहरीः भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा मंगलबार इटहरीमा बाल अधिकारको संरक्षण र अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने उद्देश्यले अन्तरक्रिया भएको छ ।‘बाल अधिकार प्रवर्द्धन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चार क्षेत्रको भूमिका सम्बन्धी कार्यशालामा बोल्दै भ्वाइस अफ चिल्ड्रेनका अध्यक्ष भरत थापाले बालबालिका कुनै पनि प्रकारको यौन दुर्व्यवहारको सिकार नबनून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।बाल अधिकारको संरक्षणमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको हुनाले जिम्मेवार समाचार सम्प्रेषण र जनचेतनामूलक सामग्रीमार्फत् बालबालिकाको सुरक्

    • प्रकाशित मितिः साउन ६, २०८३
    • ११४ पटक पढिएको
  • इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजीव गिरी उत्कृष्ट प्रहरी घोषित

    बेलबारीः जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार कार्यालय प्रमुख प्रहरी उपरीक्षक कबित कटवालको प्रमुख आतिथ्यतामा मातहतका सम्पूर्ण युनिट इन्चार्जहरुको उपस्थितिमा दैनिक कार्य सम्पादन मूल्याङ्कन ढाँचा कार्यान्वयन समीक्षा सम्पन्न गरेको छ ।सो कार्यक्रममा उत्कृष्ट कार्य गर्ने इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजीव गिरी र अस्थाई प्रहरी चौकी कटहरीका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक चन्द्रिकाकुमार श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरिएको छ ।गिरी र श्रेष्ठलाई कार्यालय प्रमुख कबित कटवालले प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो ।सो क्रममा आफूले पाएको जिम्मेवारीलाई अझ उत्कृष्ट तवरले न

    • प्रकाशित मितिः साउन ६, २०८३
    • ५५ पटक पढिएको
  • दोलखाको गौरीशंकरमा बाढीले बगाउँदा एक जना बेपत्ता, ४ जना कर्मचारी भीरमा बसेर उद्धारको पर्खाइमा

    काठमाडौंः दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा सिप्रिङ खोलामा आएको बाढीले बगाउँदा ७३ वर्षीय चसमान तामाङ बेपत्ता हुनुभएको छ । ४ जना जोखिमपूर्ण स्थानमा बसेर उद्धारको पर्खाइ गरिरहेको सो वडाका वडाध्यक्ष ङिमगेली शेर्पाले बताउनुभएको छ ।वडाध्यक्ष शेर्पाका अनुसार चसमानका गाई बाख्रा पहिरोले गोठसहित बगाएको छ । बाढीका कारण सिप्रिङ खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारी शुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरमा अडिएर बसेका छन् । सो ठाउँ पनि असुरक्षित रहेको तर निरन्तरको बाढीका कारण उद्धार गर्न कठिन भएको वडाध्यक्ष शेर्पा बताउनुहुन्छ ।अहिले प्रहरीहरू सिंगटी र रोल्वालिङबाट घ

    • प्रकाशित मितिः साउन ६, २०८३
    • ७४ पटक पढिएको
  • बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

    इटहरी । आज बिहान पश्चिम नेपालको बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।बिहान ४ बजेर ४० मिनेट जाँदा बझाङको कोटदेवल केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।भूकम्पले पुर्याएको क्षतिको विवरण भने हालसम्म नआएको बताइएको छ ।

    • प्रकाशित मितिः साउन ६, २०८३
    • ८८ पटक पढिएको
  • इटहरीको दिगो चार्ज प्वाइन्टमा सोलार ब्याट्री स्टोरेज प्रणाली विकास गरिने

    इटहरीः सुनसरीको इटहरीमा रहेको दिगो चार्ज प्वाइन्टमा सौर्य ऊर्जामा आधारित ब्याट्री ऊर्जा भण्डारण प्रणाली विकास गर्न दिगो ग्रुप र घाम पावरले रणनीतिक साझेदारी गरेका छन् ।दुवै कम्पनीबीच ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बीईएसएस) विकाससम्बन्धी सम्झौता भएको हो । यो सहकार्यले विद्युतीय सवारी साधन चार्जिङ पूर्वाधारलाई स्वच्छ, भरपर्दो र दिगो बनाउने अपेक्षा गरिएको छ ।सो परियोजनाअन्तर्गत सौर्य ऊर्जा उत्पादन प्रणालीलाई अत्याधुनिक ब्याट्री भण्डारण प्रविधिसँग एकीकृत गरेर उच्च विद्युत् माग हुने समयमा राष्ट्रिय प्रशारण प्रणालीमाथिको निर्भरता घटाउनुका साथै विद्युतीय सवारीसाधन चार्जिङमा नवीकरणीय ऊर्जाको प्रयोग बढ

    • प्रकाशित मितिः साउन ६, २०८३
    • १२६ पटक पढिएको
  • विपद्को समयमा कार्यालय नछाड्न निर्देशन

    इटहरी ।  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थिति भई सेवा प्रवाह गर्न जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गरेको छ ।मन्त्रालयले विपद्को संवेदनशील समयावधिभर आफ्नो कार्यालय नछाड्न तथा कार्यालयमा नियमति रूपमा उपस्थित भई आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय रहन निर्देशन दिएको छ ।देशका विभिन्न स्थानमा अविरल वर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाको जोखिम तथा प्रभावलाई दृष्टिगत गरी विपद व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयले आग्रह गरेको छ । कुन

    • प्रकाशित मितिः साउन ५, २०८३
    • ९८ पटक पढिएको
  • कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव

    काठमाडौंः आज दिउँसो काठमाडौंको कीर्तिपुरमा आगलागी भएको गाडीबाट एक जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी भएको थियो ।आगो निभाइएपछि सो गाडीबाट एक जना पुरुषको शव निकालिएको हो । घटनाको सम्बन्धमा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ५, २०८३
    • ९२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल